4 years ago
January 11, 2021
एजेन्सी – अन्तिम सेसनमा हनुमा विहारी र रविन्द्रन आश्विनले संयमित ब्याटिङ गरेपछि भारत र अष्ट्रेलियाबीच सिरिजको तेस्रो टेस्ट बराबरीमा सकिएको छ ।
पाँचौं दिन भारतलाई अघिल्लो दिन ९८-२ बाट जितको लागि थप ३ सय ९ रन आवश्यक थियो भने अष्ट्रेलियालाई ८ विकेट चाहिएको थियो । तर मुख्य ब्याट्सम्यान आउट भएपछि भारतले सम्हालिएर बराबरीका लागि खेल्ने रणनीति लियो । भारत दिनको खेल समाप्त हुँदा १ सय ३१ अोभरमा ३३४-५ को स्थितिमा रहयो । यस बराबरीसँगै ४ टेस्टको सिरिज १-१ को बराबरीमा रहेको छ । अन्तिम टेस्ट शुक्रबारदखि ब्रिसबेनमा हुनेछ ।
दिनको सुरुवात ९८-२ को स्थितिमा गरेको भारतले कप्तान अजिंक्या रहानेलाई सुरुवातमै गुमाएको थियो । उनी ४ रन जोड्दै नाथन लायनको बलमा क्याचआउट भए । तर त्यसपछि ऋषभ पन्तले आक्रामक ब्याटिङ गर्दै खेल भारतको पक्षमा लगेका थिए ।
पन्तले ९७ रनमा खेलिरहँदा क्याच आउट हुनुअघि १२ चौका र ३ छक्का प्रहार गरे । उनले चेतेश्वर पुजारासँग मिलेर चौथो विकेटका लागि १ सय ४८ रनको साझेदारी गरेका थिए । पुजारा ७७ रन जोड्दै आउट भएपछि अष्ट्रेलिया खेलमा फर्कने सम्भावना देखिएको थियो । उनी हेजलवुडको बलमा बोल्ड हुनुअघि २ सय ५ बलको सामना गरे ।
तर आश्विन र हनुमाले अन्तिम सेसनमा विकेट बचाएर खेल्न सफल रहे । यी दुईले अन्तिम ४२ अोभर ब्याटिङ गर्दै मात्र ६२ रन जोडेका थिए । हनुमाले १ सय ६१ बलको सामना गर्दै ४ चौकाको मदतले २३ रन जोडे । आश्विन १ सय २८ बलमा ७ चौकासहित ३९ रनमा नटआउट रहे । अष्ट्रेलियाले केहि क्याच छोड्दा खेल आफ्नो पकडबाट गुमाएको थियो ।
त्यसअघि अघिल्लो दिन दोस्रो इनिङमा भारतका ओपनर रोहित शर्मा र सुभमन गिलले पहिलो विकेटका लागि २२.१ ओभरमा ७१ रनको साझेदारी गरेका थिए । जोश हेजलवुडले गिललाई ३१ रनमा कप्तान टिम पेइनबाट क्याच गराउँदै पहिलो सफलता दिलाए । गिलले ६४ बलमा ४ चौका प्रहार गरे । रोहित शर्मालाई प्याट कमिन्सले मिचेल स्टार्कबाट ५२ रनमा क्याच आउट गराए । रोहितले ९८ बलमा ५ चौका र १ छक्का प्रहार गरेका थिए ।
चौथो दिन अष्ट्रेलियाले दोस्रो इनिङमा ८७ ओभरमा ३१२–६ को अवस्थामा इनिङ समाप्तिको घोषणा गर्दै विशाल लक्ष्य दिएको थियो । पहिलो इनिङमा ९४ रनको अग्रता लिएको अष्ट्रेलियाले समग्रमा उक्त लक्ष्य प्रस्तुत गरेको थियो ।
अष्ट्रेलियालाई विशाल योगफलमा पुर्याउन दोस्रो इनिङमा युवा ब्याट्सम्यान क्यामरन ग्रिन, स्टिभ स्मिथ र मार्नस लाबुसेनलले उत्कृष्ट अर्ध शतक प्रहार गरेका थिए । चौथो दिन ४७ औं ओभरको पहिलो बलमा लाबुसेनलाई नवदीप सैनीले ७३ रनमा ऋद्धिमान शाहबाट क्याच आउट गराए ।
लाबुसेनलले १ सय १८ बलमा ९ चौका प्रहार गरे । स्टिभ स्मिथ १ सय ६७ बलमा ८ चौका र १ छक्का सहित ८१ रनमा एलबिडब्लू आउट भए । स्मिथलाई रविचन्द्रन आश्विनले आउट गरे । तेस्रो विकेटका लागि लाबुसेन र स्मिथले १ सय ३ रनको साझेदारी गरेका थिए ।
युवा अलराउन्डर क्यामरन ग्रिनले आक्रामक ब्याटिङ गर्दै बलियो योगफलमा पुर्याएका थिए । ग्रिन १ सय ३२ बलमा ८ चौका र ४ छक्का सहित ८४ रनमा क्याच आउट भए । जस्प्रित बुमराहको बलमा एज लागेर ग्रिन शाहबाट क्याच आउट हुन पुगेपछि शतकबाट चुकेका थिए । टिम पेइन ५२ बलमा ६ चौका सहित ३९ रनमा अविजित रहे । छैटौं विकेटका लागि पेइन र ग्रिनले आक्रामक ब्याटिङ गर्दै १ सय ४ रनको शतकीय साझेदारी गरेपछि अष्ट्रेलियाले बलियो योगफल बनाएको थियो । ओपनर डेभिड वार्नर १३ र विल पुकोव्स्की १० रनमा आउट भएका थिए ।
त्यसअघि पहिलो इनिङमा भारत १००ं.४ ओभरमा २ सय ४४ रनमा अल आउट भएको थियो । भारतका सुभमन गिल र चेतेश्वर पुजाराले सर्वाधिक ५०–५० रनको योगदान दिए । गिलले १ सय १ बलमा ८ चौका प्रहार गरे । पुजाराले १ सय ७६ बलमा ५ चौका प्रहार गरे ।
रोहित शर्मा २६, अजिक्या रहाने २२, ऋषभ पन्त ३६ र रविन्द्र जडेजाले २४ रनको योगदान दिए ।अष्ट्रेलिया तीव्र गतिका बलर प्याट कमिन्सले सर्वाधिक ४ विकेट लिए । जोश हेजलवुडले २ र मिचेल स्टार्कले १ विकेट लिए ।
त्यसअघि सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलिया १०५.४ ओभरमा ३ सय ३८ रनमा अल आउट भएको थियो । अष्ट्रेलिया स्टिभ स्मिथले २ सय २६ बलमा १६ चौका सहित १ सय ३१ रनमा आउट भए । अन्तिम विकेटका रुपमा स्मिथ रविन्द्र जडेजाको उत्कृष्ट डाइरेक्ट थ्रो मा रन आउट भएका थिए । स्मिथको यो टेष्ट करिअरको २७ औं शतक हो ।
७१ औं ओभरमा मार्नस लाबुसेन ९१ रनमा क्याच आउट हुन पुगे । स्पिनर रविन्द्र जडेजाको बलमा कप्तान अजिक्या रहानेबाट क्याच आउट हुँदै लाबुसेन पेभिलिएन फर्केका थिए । शतक नजिक पुगेका लाबुसेनलले १ सय ९६ बलमा ११ चौका प्रहार गरे ।
जडेजालेनै म्याथ्यु वेडलाई ७७ औं ओभरमा जस्प्रित बुमराहबाट १३ रनमा क्याच आउट गरे । जस्प्रित बुमराहले युवा अलराउन्डर क्यामरन ग्रिनलाई शून्यमा एलबिडब्लू र कप्तान टिम पेइनलाई १ रनमा बोल्ड आउट गरे । जडेजाले प्याट कमिन्सलाई शून्यमा बोल्ड आउट गरे । मिचेल स्टार्क ३० बलमा २ चौका र १ छक्का सहित २४ रनको योगदान दिए ।
ओपनर डेभिड वार्नर चौथो ओभरको तेस्रो बलमा मोहम्मद सिराजले चेतेश्वर पुजराबाट ५ रनमा क्याच आउट भए । दोस्रो विकेटका लागि विल पुकोव्स्की र लाबुसेनले १ सय रनको साझेदारी गर्दै इनिङलाई अघि बढाएका थिए । डेब्यू खेलमै उत्कृष्ट अर्धशतक प्रहार गरेका पुकोव्स्कीलाई ३५ औं ओभरको दोस्रो बलमा नवदीप सैनीले ६२ रनमा एलबिडब्लू आउट गरेका थिए ।
पुकोव्स्कीले १ सय १० बलमा ४ चौका प्रहार गरे । स्पिनर रविन्द्र जडेजाले १८ ओभरमा ३ मेडन राख्दै ६२ रन खर्चेर ४ विकेट लिए । नवदीप सैनी र जस्प्रित बुमराहले २–२ विकेट लिए । मोहम्मद सिराजको नाममा १ विकेट रह्यो ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]