4 years ago
January 10, 2021
एजेन्सी – पाकिस्तान सुपर लिग (पिएसएल) २०२१ को ड्राफ्टमा नेपालका कुनैपनि खेलाडी अनुबन्ध भएनन् । आइतबार साँझ सम्पन्न ड्राफ्टमा नेपालका कुनै पनि खेलाडीलाई फ्रेन्चाइज टोलीले अनुबन्ध गरेनन् ।
नेपालबाट पूर्वकप्तान पारस खड्का, स्पिनर सन्दीप लामिछाने सहित १० खेलाडी ड्राफ्टमा सहभागी थिए । यसपटक सन्दीप प्लेटिनम क्याटेगोरीमा थिए । सिल्भर विदेशी कोटामा उप कप्तान दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, कुशल मल्ल, पारस खड्का, अभिनाष बोहोरा, पवन सरार्फ, सुवास खकुरेल र आसिफ शेख थिए । पिएसएल ड्राफ्टमा २० देशका ४ सय भन्दा बढी विदेशी खेलाडी सहभागी थिए ।
इस्लामबाद युनाइटेडले पाकिस्तानका तीव्र गतिका बलर हसन अलीलाई सोझै छनोट गरेको थियो । तीव्र गतिसँगै हसनले तल्लोक्रममा उत्कृष्ट ब्याटिङ गर्ने गर्दछन् । चोटबाट फर्किंएका हसन उत्कृष्ट लयमा छन् ।
प्लेटिनमतर्फ मुल्तान सुल्तान्सले अष्ट्रेलिया ओपनर क्रिस लिन, लाहोर कलन्दर्सले अफगानिस्तानका स्पिनर राशिद खान, पेशावार जाल्मीले दक्षिण अफ्रिका ब्याट्सम्यान डेभिड मिलर, क्वेटा ग्याडियटर्सले वेस्टइन्डिजका क्रिस गेल र इंग्ल्यान्डका टम ब्यान्टनलाई अनुबन्ध गरेका थियो ।
अफगानिस्तान, इंग्ल्यान्ड र वेस्टइन्डिजका खेलाडी बढी अनुबन्ध भएका छन् । ड्राफ्टमा प्लेटिनम, डाइमन्ड, गोल्ड, सिल्भर र इमर्जिङ क्याटेगोरीमा खेलाडी थिए । प्लेटिनममा वर्तमान टि२० विश्व वरियतामा शीर्ष स्थानमा रहेका डेविड मलान पनि अनुबन्ध हुन सकेनन् ।
गत वर्षको पिएसएलमा पनि नेपालका कुनैपनि खेलाडी अनुबन्ध भएका थिएनन् । गतवर्ष सन्दीप सहित ८ खेलाडी ड्राफ्टमा थिए । पिएसएल २०२१ फेब्रुअरी २० देखि २२ मार्च सम्म लाहोर र कराँचीमा हुने सम्भावना छ ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]