default_image

4 years ago

January 10, 2021

अर्जुनलाई समेट्दै गण्डकीको टोली घोषणा

145 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता २०७७ को लागि गण्डकी प्रदेशले विपिन खत्रीको कप्तानीमा १४ सदस्य टोली घोषणा गरेको छ ।

घोषित टोलीमा १४ वर्षिय ब्याट्सम्यान अर्जुन कुमाल लगायतका युवा खेलाडीको बाहुल्यता छ । अर्जुन गण्डकी प्रदेश छनोटमा उत्कृष्ट प्रर्दशन गर्दै सर्वोत्कृष्ट ब्याट्सम्यान चुनिएका थिए । गत वर्ष यू१६ राष्ट्रिय टोलीमा राम्रो प्रभाव छोडेका अर्जुनले गण्डकी छनोटमा ३ खेलमा १ सय ४२ रन बनाएका थिए ।

प्रधानमन्त्री कप माघ २ देखि १७ सम्म काठमाडौं र मुलपानी क्रिकेट मैदानमा हुँदैछ । गण्डकी समूह ए मा छ । समूह ए मा गण्डकीसँगै त्रिभुवन आर्मी, एपिएफ, प्रदेश नम्बर १ र कर्णाली छन् ।

गण्डकीले पहिलो खेल आर्मीसँग माघ २ मा टीयूमा खेल्ने छ । माघ ५ मा प्रदेश १ सँग मुलपानीमा खेल्ने छ । मुलपानीमै गण्डकीले माघ ६ मा कर्णालीसँग खेल्ने छ । माघ ८ मा एपिएफसँग खेल्ने छ ।

गण्डकीको टोली : विपिन खत्री (कप्तान), अशोक श्रेष्ठ (उपकप्तान), दीपेश खत्री, चन्द्रकान्त पौडेल, अमृत गुरुङ, राहुल उपाध्याय, दीपक डुम्रे, अभिषेक थापा, सुवास भण्डारी, समिर कंडेल, अर्जुन कुमाल, विशाल पौडेल, विष्णु पान्डे र दीनेश बुढा मगर

May 15, 2025

गुजरात प्ले अफमा पुगेको अवस्थामा बटलर नहुने सम्भावना

एजेन्सी –   इंग्ल्यान्डका जोस बटलरले गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा छनोट भएमा ती खेलहरु गुमाउने भएका छन्। बटलर वेस्ट इन्डिजविरुद् इंग्ल्याण्डको एकदिवसीय र टि ट्वान्टी सिरिजका लागि टोलीमा समेटिएपछि उनले आइपिएलका खेल गुमाउने भएका हुन्। विभिन्न टोलीबाट हाल आइपिएल खेलिरहेका ५ इंग्लिस खेलाडी मध्ये पूर्व कप्तान बटलर एक हुन् । भारत र […]

May 15, 2025

वर्षाले अन्तिम खेल बिथोले नेपाल सुपर थ्री पुग्ने

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत हङकङ र बहराइनबीच अन्तिम लिग खेल वर्षका कारण पूरा हुन नसके नेपाल सुपर थ्री मा प्रवेश गर्ने भएको छ । विहीबारको खेलमा बहराइनलाई ६ विकेटले हराएसँगै नेपालको सुपर थ्री मा पुग्ने सम्भावना जीवित भएको थियो । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको […]

May 15, 2025

कप्तान इन्दु चम्कँदा नेपाल विजयी

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनमाथि ६ विकेटको जित दर्ता गरेको छ । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो । कप्तान इन्दुले ७ बलमा २४ रन प्रहार गरेपछि नेपालले लक्ष्य प्राप्त गरेको हो । उनले ४ चौका र १ छक्का प्रहार गरिन् । पुजा […]

Success

Thank you for your time.