4 years ago
January 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कोहलपुर ओपन क्रिकेट प्रतियोगिताको उपाधि बिबी वारियर्स नेपालगन्जले जितेको छ । शनिवार कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा बिबी वारियर्सले आयोजक टिम कोहलपुर क्रिकेट एकेडेमीलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
जितका लागि पाएको ९४ रनको विजयी लक्ष्य बिबी वारियर्सले १५.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । वारियर्सका अमरसिंह रौटेलाले सर्वाधिक २९ रन बनाए । सुनिल भण्डारीले २६ रन र विजय चौधरीले १३ रन बनाए । रुपेश कुर्मीले २, अजय शहानी, रोशन शाह, लभकुश यादव र सुरज दासले १-१ विकेट लिए।
त्यस अघि टस हारेर ब्याटिङ गरेको कोहलपुर क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९३ रन बनाएको थियो । सन्दीप नेपालीले सर्वाधिक अविजित ३१ रन बनाए । शेर बहादुर ओलीले १४ रन र रमेश सिंहले १० रन बनाए । विशाल पौडेलले सर्वाधिक ३ विकेट लिए । सिद्धान्त राज शाही, अमर सिंह रौटेला र आकाश विष्टले २-२ विकेट लिए।
प्रतियोगिताको उपाधि सहित बिबी वारियर्सले ५० हजार रुपैयाँ प्राप्त गर्यो भने उपविजेता टोलि कोहलपुर क्रिकेट एकेडेमीले २५ हजार रुपैयाँ प्राप्त गर्यो। प्रतियोगिताको उत्कृस्ट खेलाडी बिबी वारियर्सका कप्तान सिद्धान्त राज शाही चुनिए । सिद्धान्तले १० हजार रुपैया पाए । प्रतियोगिताको उत्कृष्ट बलर आकाश विष्ट तथा उत्कृष्ट ब्याट्सम्यान शुबेन्दु पाण्डे चुनिए । जनही ५ हजार रुपैयाँ चुनिए ।
विजेता खेलाडीहरुलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षक दीपेन्द्र प्रताप सिंह, विशिष्ट अतिथि राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान लेख बहादुर क्षेत्री, बाँके जिल्ला क्रिकेट संघका सदस्य तथा अन्तर्राष्ट्रिय अम्पायर मनमोहन लम्साल, बिबी साइकलका प्रोपाइटर सरिफ बागवान लगायतले पुरस्कार वितरण गरे। पुष २० गते देखि सुरु भएको प्रतियोगितामा देशभरका १६ टोलिहरु सहभागी रहेका थिए।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]