default_image

4 years ago

January 9, 2021

संकटमा भारत!

96 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलिया भ्रमणमा रहेको भारतीय क्रिकेट टोली खेलाडीको एकपछि अर्को चोटका कारण गम्भीर समस्यामा परेको छ । तीन ओडिआई २–१ ले गुमाएको भारतले टि२० आई सिरिज २–१ ले जितेको थियो ।

चार टेष्ट खेलको सिरिजमा सुरुवाती दुई खेल सकिँदा १–१ को अवस्थामा छ । तेस्रो टेष्ट सिड्नी क्रिकेट मैदानमा जारी छ । तर भारतीय टोली चोटका कारण भने गम्भीर समस्यामा परेको छ । शनिबार मात्र भारतका महत्वपूर्ण दुई खेलाडी घाइते हुन पुगेका छन् । शनिबार ब्याटिङ गर्नेक्रममा विकेटकिपर ऋषभ पन्त र अलराउन्डर रविन्द्र जडेजा घाइते हुँदा अष्ट्रेलिया दोस्रो इनिङमा मैदान उत्रन सकेनन् ।

तेस्रो टेष्टको तेस्रो दिन ब्याटिङ गर्नेक्रममा ऋषभ पन्तलाई तीव्र गतिका बलर प्याट कमिन्सको ८५ औं ओभरको पाँचौं बलले बाँया हातको कुइनोमा लागेको थियो । उक्त बलले लागेसँगै पन्तले गल्भ्स निकालेर फिजियोलाई बोलाएका थिए । निकै पिडा महसुस गरेका पन्तले फिजियोको सहयोगमा केहि समयपछि पुन : ब्याटिङ गरेका थिए । पट्टी बाँधेर बल्लतल्ल ब्याटिङ गर्ने प्रयास गरेका थिए ।

तर ८८ औं ओभरमा जोश हेजलवुडको बलमा एज लागेर डेभिड वार्नरबाट क्याच आउट हुन पुगे । पन्तलाई लागेको बलको स्पीड १४१.४ किलोमिटर प्रतिघण्डा थियो । पन्त आउट भएपछि उनी निकै पिडाका साथ बाहिर गएका थिए । लगत्तै पन्तको हातको एक्सरे गर्न अस्पताल लगिएको थियो । भारत अलआउट भएपछि पन्तको स्थानमा ऋद्धिमान शाह विकेटकिपरको रुपमा मैदानमा आएका थिए ।

त्यस्तै ९९ औं ओभरको चौथो बलमा रविन्द्र जडेजाको बाँया हातको औंलामा मिचेल स्टार्कको बलले लाग्न पुग्यो । स्टार्कको बाउन्स बललाई रोक्ने प्रयास गर्दा जडेजा मिस हुँदा उनको बाँया हातको बुढी औंलाको भागमा लागेको थियो । जडेजाको स्थानमा मयंक अग्रवाल फिल्डिङ गर्न आएका थिए । जडेजालाई पनि एक्सरे गर्न लगिएको थियो ।

पहिलो इनिङमा ९४ रनले पछि परेको भारतलाई यी दुई खेलाडी दोस्रो इनिङमा उपलब्ध हुन नसके ठूलो संकटमा पर्ने छ । तेस्रो दिनको समाप्ति सम्म अष्ट्रेलियाले १ सय ९७ रनको अग्रता लिई सकेको छ । यी दुबै खेलाडी घाइते भएको हुँदा अर्को खेलाडीले ब्याटिङ गर्न पाउने छैनन् । जसले गर्दा भारतलाई दोस्रो इनिङमा ९ खेलाडीले मात्रै ब्याटिङ गर्नुपर्ने अवस्था आउने हो की भन्ने डर पनि बढेको छ ।

जडेजा राम्रो लयमा छन् । तेस्रो टेष्टको पहिलो इनिङमा ४ विकेट लिएका जडेजाले स्टिभ स्मिथलाई ३० यार्ड सर्कलबाट उत्कृष्ट रन आउट गराएका थिए । अष्ट्रेलिया भ्रमणमा ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा उत्कृष्ट प्रर्दशन गरेका जडेजा टोलीमा उपलब्ध हुन नसके भारत थप ठूलो संकटमा पर्ने छ ।

अष्ट्रेलिया भ्रमणमा रहेको भारतलाई चोट प्रमुख समस्या र चिन्ताको विषय बनेको छ । प्रमुख तीव्र गतिका बलर मोहम्मद शामी र उमेश यादव चोटका कारण भारत फर्कि सकेका छन् । कप्तान विराट कोहली पारिवारिक कारण एडिलेडमा भएको पहिलो टेष्टपछि भारत फर्किएका थिए । अर्कोतर्फ भारतीय खेलाडी एकपछि अर्को घाइते हुन पुगेका छन् ।

पहिलो टेष्टको क्रममा शामी दोस्रो इनिङमा प्याट कमिन्सको बाउन्स बलले हातमा लागेपछि पुन : ब्याटिङ गर्न सकेनन् । शामी खेल्न नसक्दा भारत ३६ रनमा अल आउट भएको थियो । जुन भारतको टेष्ट इतिहासकै सर्वाधिक कम योगफल हुन पुग्यो । अर्का तीव्र गतिका बलर उमेश यादव दोस्रो टेष्टमा मेलबर्न क्रिकेट मैदानमा बलिङ गर्ने क्रममा खुट्टा चोट बोकेका थिए ।

मेलबर्न क्रिकेट मैदानमा अभ्यास गर्नेक्रममा गत शनिवार बाँया हातमा चोट लागेपछि ओपनर लोकेश राहुल पनि टोलीबाट बाहिरि सकेका छन् । टेष्ट स्पेलिष्ट ईशान्त शर्मा चोटका कारण अष्ट्रेलिया भ्रमण गर्न सकेनन् । भुवनेश्वर कुमार पनि चोटकै कारण भारतीय टोली बाहिर छन् ।

रोहित शर्मा चोटकै कारण अन्तिम दुई टेष्ट खेलको लागि मात्र उपलब्ध हुन भएका हुन् । अन्य केहि प्रमुख खेलाडी पनि घाइते भएका छन् । एक पछि अर्को खेलाडी घाइते हुँदा भारतीय क्रिकेट टोली यतिबेला गम्भीर समस्यामा देखिएको छ ।

March 18, 2025

इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको जित

काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]

March 18, 2025

कर्णालीले कोशीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

Success

Thank you for your time.