default_image

4 years ago

January 9, 2021

भारतविरुद्ध अष्ट्रेलिया बलियो स्थितिमा

114 views

0 Bookmark

एजेन्सी – भारतविरुद्ध तेस्रो टेष्ट खेलमा घरेलु टोली अष्ट्रेलियाले फराकिलो अग्रता लिएको छ । तेस्रो दिनको समाप्तिमा अष्ट्रेलियाले दोस्रो इनिङमा २९ ओभरमा २ विकेट गुमाउँदै १ सय ३ रन बनाएको छ ।

पहिलो इनिङमा ९४ रनले अघि रहेको अष्ट्रेलियाले समग्रमा १ सय ९७ रनको अग्रता लिएको छ । अष्ट्रेलिया युवा ब्याट्सम्यान मार्नस लाबुसेन ६९ बलमा ६ चौका सहित ४७ रनमा अविजित छन् । स्टिभ स्मिथ ६३ बलमा ३ चौका सहित २९ रनमा अविजित छन् । तेस्रो विकेटका लागि स्मिथ र लाबुसेनले ६८ रनको अविजित साझेदारी गरिसकेका छन् ।

छैटौं ओभरको पाँचौ बलमा मोहम्मद सिराजले ओपनर विल पुकोव्स्कीलाई १० रनमा ऋद्धिमान शाहबाट क्याच आउट गराउँदै पहिलो सफलता दिलाए । पहिलो इनिङमा ब्याटिङ गर्नेक्रममा विकेटकिपर ऋषभ पन्तको हातमा चोट लागेपछि उनको स्थान शाहले लिएका थिए । रविचन्द्रन आश्विनले डेभिड वार्नरलाई १३ रनमा एलबिडब्लू आउट गरे ।

पहिलो इनिङमा भारत १००ं.४ ओभरमा २ सय ४४ रनमा अल आउट भएको थियो । समग्रमा भारत पहिलो इनिङमा ९४ रनले पछि परेको थियो । भारतका सुभमन गिल र चेतेश्वर पुजाराले सर्वाधिक ५०–५० रनको योगदान दिए । गिलले १ सय १ बलमा ८ चौका प्रहार गरे । पुजाराले १ सय ७६ बलमा ५ चौका प्रहार गरे ।

रोहित शर्मा २६, अजिक्या रहाने २२, ऋषभ पन्त ३६ र रविन्द्र जडेजाले २४ रनको योगदान दिए । अष्ट्रेलिया तीव्र गतिका बलर प्याट कमिन्सले सर्वाधिक ४ विकेट लिए । जोश हेजलवुडले २ र मिचेल स्टार्कले १ विकेट लिए ।

त्यसअघि सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलिया १०५.४ ओभरमा ३ सय ३८ रनमा अल आउट भएको थियो । अष्ट्रेलिया स्टिभ स्मिथले २ सय २६ बलमा १६ चौका सहित १ सय ३१ रनमा आउट भए । अन्तिम विकेटका रुपमा स्मिथ रविन्द्र जडेजाको उत्कृष्ट डाइरेक्ट थ्रो मा रन आउट भएका थिए । स्मिथको यो टेष्ट करिअरको २७ औं शतक हो ।

७१ औं ओभरमा मार्नस लाबुसेन ९१ रनमा क्याच आउट हुन पुगे । स्पिनर रविन्द्र जडेजाको बलमा कप्तान अजिक्या रहानेबाट क्याच आउट हुँदै लाबुसेन पेभिलिएन फर्केका थिए । शतक नजिक पुगेका लाबुसेनलले १ सय ९६ बलमा ११ चौका प्रहार गरे ।

जडेजालेनै म्याथ्यु वेडलाई ७७ औं ओभरमा जस्प्रित बुमराहबाट १३ रनमा क्याच आउट गरे । जस्प्रित बुमराहले युवा अलराउन्डर क्यामरन ग्रिनलाई शून्यमा एलबिडब्लू र कप्तान टिम पेइनलाई १ रनमा बोल्ड आउट गरे । जडेजाले प्याट कमिन्सलाई शून्यमा बोल्ड आउट गरे । मिचेल स्टार्क ३० बलमा २ चौका र १ छक्का सहित २४ रनको योगदान दिए ।

ओपनर डेभिड वार्नर चौथो ओभरको तेस्रो बलमा मोहम्मद सिराजले चेतेश्वर पुजराबाट ५ रनमा क्याच आउट भए । दोस्रो विकेटका लागि विल पुकोव्स्की र लाबुसेनले १ सय रनको साझेदारी गर्दै इनिङलाई अघि बढाएका थिए ।

डेब्यू खेलमै उत्कृष्ट अर्धशतक प्रहार गरेका पुकोव्स्कीलाई ३५ औं ओभरको दोस्रो बलमा नवदीप सैनीले ६२ रनमा एलबिडब्लू आउट गरेका थिए । पुकोव्स्कीले १ सय १० बलमा ४ चौका प्रहार गरे ।

स्पिनर रविन्द्र जडेजाले १८ ओभरमा ३ मेडन राख्दै ६२ रन खर्चेर ४ विकेट लिए । नवदीप सैनी र जस्प्रित बुमराहले २–२ विकेट लिए । मोहम्मद सिराजको नाममा १ विकेट रह्यो । चार टेष्ट खेलको सिरिज दुई खेल सकिँदा १–१ को अवस्थामा छ ।

March 18, 2025

इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको जित

काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]

March 18, 2025

कर्णालीले कोशीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

Success

Thank you for your time.