default_image

4 years ago

January 8, 2021

विक्रमको घातक बलिङमा रुपन्देही विजयी

78 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत लुम्बिनी प्रदेश छनोटमा रुपन्देहीले सानदार विजयी सुरुवात गरेको छ ।

रुपन्देहीले शुक्रबार पहिलो खेलमा नवलपरासीलाई १ सय ६३ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । जितका लागि २ सय १४ रनको विजयी लक्ष्य पछ्याएको नवलपरासी २२.१ ओभरमा ५० रनमा अल आउट भयो ।

नवलपरासीका अमिर रसाइलीले १४ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । रुपन्देहीका स्पिनर बिक्रम भुषालले ४.१ ओभरमा ७ रन खर्चेर ५ विकेट लिए । नितेश थापाले ३ र अनिल खरेलले २ विकेट लिए ।

त्यसअघि सिद्धार्थ रंगशाला भैरहवामा टस जितेर पहिला ब्याटिङ थालेको रुपन्देहीले निर्धारित ३८ ओभरमा ५ विकेट गुमाउँदै २ सय १३ रन बनाएको थियो । ओपनर सन्दीप सुनारले ६४ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ५९ रनको योगदान दिए । प्रकाश केसी ३९ बलमा १ चौका र ४ छक्का सहित ४४ रनमा अविजित रहे । देव खनाल ४७, सन्दीप रजाली २६ र कृष्ण कार्की १० रनमा आउट भए । नवलपरासीका अजित यादवले २ विकेट लिए ।

लुम्बिनी प्रदेश छनोट माघ १ गतेसम्म चल्ने छ । समूह ए मा रुपन्देही, पाल्पा, कपिलवस्तु र नवलपरासी छन् । समूह बी मा बाँके, बर्दिया र दाङ छन् । समूह ए का सबै खेल सिद्धार्थ रंगशाला र समूह बी का लमहीमा देउखुरी क्रिकेट मैदानमा हुने छन् । फाइनलमा दुवै समूहका शीर्ष दुई टोली सिद्धार्थ रंगशालामा भिड्ने छन् ।

सबै प्रदेशले छनोट सम्पन्न गरि सकेका छन् । प्रदेश २ को सेमिफाइनल र फाइनल हुन बाँकी छ । प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता माघ २ गतेदेखि काठमाडौंमा हुने सम्भावना छ ।

March 18, 2025

इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको जित

काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]

March 18, 2025

कर्णालीले कोशीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

Success

Thank you for your time.