4 years ago
January 7, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सन आगमी महिना हुने सम्भावना छ । इएसपिएनक्रिकइन्फोका अनुसार आइपिएल अक्सन फ्रेब्रुअरी ११ मा हुने सम्भावना छ ।
फ्रेन्चाइज टोलीले खेलाडी फुवुका तथा अनुबन्ध (रिलिज तथा रिटेन) गर्ने मिति २० जनवरी रहेको बुझिएको छ । सन् २०२१ को अक्सन मेगा हुने वा नहुने आइपिएल गर्भनिङ काउन्सिलले औपचारिक रुपमा कुनै जानकारी दिएको छैन । भारतीय सञ्चार माध्यमका अनुसार कोरोना महामारीको कारण २०२१ को अक्सन मेगा नहुने बताउँदै आएका छन् ।
हरेक तीन वर्षको अन्तरमा आइपिएल मेगा अक्सन हुने गर्दछ । मेगा अक्सन भएमा हरेक टोलीले पाँच प्रमुख खेलाडीमात्र टोलीमा राख्न पाउछन् । पाँच बाहेक अन्य सबै खेलाडी अक्सनको लागि फुकुवा गर्नुपर्ने हुन्छ । मेगा अक्सन नभएमा फ्रेन्चाइज टोलीले आन्तरिक छलफलमा खेलाडी फुकुवा र अनुबन्ध गर्ने छन् ।
१३ औं संस्करणको आइपिएल संयुक्त अरव इमिरेट्स (यूएई) मा नोभेम्बरमा सम्पन्न भएको थियो । जसक्रममा फाइनलमा मुम्बईले दिल्लीलाई हराउँदै आइपिएलको पाँचौ उपाधि जितेको थियो । २०२२ देखि भने आइपिएलमा १० टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
नेपाली लेगस्पिनर सन्दीपले २०२१ मा नयाँ टोलीबाट आइपिएल खेल्ने सम्भावना छ । दिल्लीले सन्दीपलाई सन् २०१८ को अक्सनमा न्यूनतम २० लाख भारतीय रुपैयाँमा तीन वर्षको लागि अनुबन्ध गरेको थियो । सन्दीपले २०१८ मा तीन खेल र २०१९ मा ६ खेल खेल्ने मौका पाएका थिए । २०१८ मा ५ र २०१९ मा ८ विकेट लिएका थिए । २०२० मा भने दिल्लीले सन्दीपलाई पूरै बेन्चमा राखेको थियो । सन्दीपलाई दिल्लीले २०२१ को आइपिएलमा फुकुवा गर्ने उच्च सम्भावना छ ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]