4 years ago
January 6, 2021
एजेन्सी– चार टेष्ट खेलको सिरिज अन्तर्गत तेस्रो खेल बिहीबार सिड्नी क्रिकेट मैदानमा सुरु हुँदैछ । खेल नेपाली समय अनुसार बिहान ५ः१५ बजे सुरु हुने छ । सुरुवाती दुई टेष्ट सकिँदा सिरिज १–१ को अवस्थामा छ ।
पहिलो टेष्टमा अष्ट्रेलिया र दोस्रोमा भारत समान ८ विकेटले विजयी भएका थिए । दुबै टोलीलाई सिरिजमा अग्रता लिने अवसर छ । दुवै टोली सन् २०२१ मा उत्कृष्ट सुरुवात गर्ने सोचमा हुने छन् ।
अष्ट्रेलिया टोलीको ओपनिङ विल पुकोवस्की र डेभिड वार्नरले गर्ने सम्भावना छ । घरेलु क्रिकेटमा उत्कृष्ट प्रर्दशन गर्दै आएका पुकोवस्की टेष्ट डेब्यूमै सानदार सुरुवात गर्न चाहन्छन् । वार्नरले उत्कृष्ट पूनरागमन गर्न खोज्नेछन् । सुरुवाती दुई टेष्टमा कमजोर प्रर्दशन गरेका प्रमुख ब्याट्सम्यान स्टिभ स्मिथलाई उत्कृष्ट प्रर्दशन गर्न आवश्यक देखिन्छ ।
स्मिथले कमजोर प्रर्दशनमा अष्ट्रेलियालाई जितसम्म पुग्न कठिन हुने देखिन्छ । स्मिथ पहिलो टेष्टमा १, १ र दोस्रो टेष्टमा ८ र शून्यमा आउट भएका थिए । मार्नस लाबुसेन राम्रो लयमा देखिएका छन् । बलिङमा प्याट कमिन्स, मिचेल स्टार्क र जोश हेजलवुडको जोडीको प्रर्दशन निकै महत्वपूर्ण हुने छ ।
उता भारतले तेस्रो टेष्टको लागि प्लेइङ ११ सार्वजनिक गरि सकेको छ । रोहित शर्मा र सुभमन गिलले ओपनिङ गर्नेछन् । गिलले दोस्रो टेष्टमा राम्रो ब्याटिङ गर्दा रोहित उत्कृष्ट पूनरागमन गर्न खोज्ने छन् । रोहित टेष्ट टोलीमा १४ महिनापछि फर्किएका छन् ।
चेतेश्वर पुजरा र कप्तान अजिंक्या रहानेको प्रर्दशन निकै महत्वपूर्ण हुने छ । रहानेले पछिल्लो खेलमा भारतलाई जित सम्म पुर्याउन १ सय १२ रनको शतकीय इनिङ खेलेका थिए ।
चोटका कारण उमेश यादव टोलीमा नहुँदा नवदीप सैनीले टेष्टमा डेब्यू गर्ने छन् । मोहम्मद सिराज, जस्प्रित बुमराह र सैनी तीव्र गतिका बलिङ हतियार हुने छन् । सिराज र सैनीमा टेष्ट अनुभव नहुँदा त्यसको फाइदा अष्ट्रेलिया ब्याट्सम्यान उठाउन सक्छन् ।
दुवै टोलीमा आक्रामक ओपनरले पूनरागमन गर्दै छन् । अष्ट्रेलियातर्फबाट वार्नर र भारतबाट रोहितले पूनरागमन गर्ने हुँदा यस टेष्टलाई निकै महत्वपूर्ण रुपमा समेत हेरिएको छ ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]