default_image

4 years ago

January 6, 2021

सुबेन्दुको आक्रामक शतक

98 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– शारदा एजुकेशन पार्कको आयोजनामा बाँकेको कोहलपुरमा जारी ‘कोहलपुर ओपन क्रिकेट प्रतियोगिता’ अन्तर्गत तेश्रो दिन युभिसिसी कोहलपुर, बिबिसीसी कीर्तिपुर र यस एक्स्पर्टले क्वार्टरफाइनल पुगेका छन् ।

तेस्रो खेलमा विकेटकिपर समेत रहेका सुबेन्दु पान्डेले शतक प्रहार गरेका छन् । यस एक्स्पर्टबाट न्यू रोड ११ विरुद्ध सबेन्दुले शतक प्रहार गरेका हुन् । कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको एक्स्पट्र्सले निर्धारित १५ ओभरमा ४ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो ।

ओपनर सुबेन्दुले ५३ बलमा ११ चौका र ९ छक्का सहित १ सय १७ रनको शतकीय योगदान गरे । विमल सुनारले १९ तथा सुनिल खड्काले १८ रन बनाए । न्यू रोडका क्षितिज मल्लले २ तथा मदन शर्मा र किरन रावलले समान १ विकेट लिए ।

एक्स्पर्टले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याउने क्रममा न्यू रोड ११ ले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर ६४ रन मात्र बनाउन सक्यो । न्यु रोडको लागि महात्मा ओलीले सर्वाधिक १९ रन बनाए । यस एक्स्पर्टका बलर चित्र शर्माले ३ विकेट, नासिर अन्सारीले २ विकेट तथा सन्दिप खत्री र विरेन्द्र नाथ योगीले समान १ विकेट लिए।

त्यसअघि पहिलो खेलमा युभिसिसी कोहलपुरले नेपालगञ्ज च्याम्पलाई ३४ रनले पराजित गर्यो । युभिसिसी कोहलपुरले दिएको ९२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालगञ्ज च्याम्पले १२.५ ओभरमा सबै विकेट गुमाएर ५७ रन मात्र बनाउन सक्यो।

नेपालगञ्जका फर्दीन खानले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । युभिसिसीका आलोक चौधरी र सुमन गुरुङले समान ३ विकेट लिए । विरेन्द्र शाही र गोपाल केसीले समान २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको युभिसिसीले निर्धारित १५ ओभरमा सबै विकेट गुमाएर ९१ रन बनाएको थियो । सुमन गुरुङले सर्वाधिक २७, कमल थापाले १८ तथा गोपाल केसीले १२ रन बनाए । नेपालगञ्ज च्याम्पको बलिङ अनिमेष जंग शाहीले सर्वाधिक ४ विकेट लिए । रबिश वर्मा र क्रितेश कार्कीले समान २ विकेट लिए।

दोश्रो खेलमा बिबिसिसी कीर्तिपुरले राझा स्पोट्र्स क्लबलाई ८ विकेटले पराजित गर्यो। राझाले दिएको ६४ रनको लक्ष्य बिबिसिसीले ५।४ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो। बिबिसिसीको लागि सन्दिप कुँवरले सर्वाधिक ३१ रन बनाए । उनले १० बलमा ५ छक्का प्रहार गरेका थिए । निरज सिंह धामीले १९ रन बनाए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको राझाले १२.१ ओभरमा सबै विकेट गुमाएर ६३ रन बनाएको थियो । राझाको लागि सद्दाम खानले ३६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बिबिसिसी निरज सिंह धामीले सर्वाधिक ४ विकेट लिए । जनक विष्टले २ विकेट लिए ।

March 18, 2025

इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको जित

काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]

March 18, 2025

कर्णालीले कोशीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

Success

Thank you for your time.