default_image

4 years ago

January 5, 2021

सन्दीप पिएसएल ड्राफ्टको सर्वाधिक महँगो क्याटेगोरीमा

114 views

0 Bookmark

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा परेका छन् । सन्दीप पिएसएलको सर्वाधिक उच्च मूल्यको क्याटगेरी प्लेटिनममा परेका हुन् ।

सन्दीप, अफगानिस्तानका स्पिनर राशिद खान, वेस्टइन्डिजका आक्रामक ब्याट्समयान क्रिस गेल लगायत २५ खेलाडी प्लेटिनम क्याटेगोरीमा परेका छन् । जुन पिएसएल ड्राफ्टमा सर्वाधिक बढी मूल्य पर्ने क्याटेगोरी हो । उक्त क्याटेगोरीमा अनुवन्ध हुने खेलाडीले १ लाख ४० हजार देखि २ लाख ३० हजार अमेरिकी डलर प्राप्त गर्ने छन् । यस क्याटेगोरीबाट एक फ्रेन्चाइज टोलीले एक खेलाडीमात्र अनुबन्ध गर्न पाउछ ।

सन्दीपले लेन्डन सिमन्स, कार्लोस ब्रेथवेट, किस गेल, डेविड मलान, राशिद खान, मुजिब उर रहमान लगायतका खेलाडीसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । गतवर्ष सन्दीपलाई यसै क्याटेगोरीमा कुनैपनि टोलीले अनुबन्ध गरेका थिएन । पिएसएलको ड्राफ्ट आगमी जनवरी १० मा लाहोरमा हुने छ ।

सन् २०१८ मा सन्दीपलाई लाहोर कलन्दर्सले खरिद गरेको थियो । गोल्ड क्याटागोरीमामा लाहोरमा सन्दीप अनुबन्ध भएका थिए । सन्दीपले ७ खेलमा ११ विकेट लिएका थिए । केटा ग्याडियर्टस, लाहोर कलन्दर्स, मुल्तान सुल्तान, इस्लामबाद युनाइटेड, पेशवार जाल्मी र कराँची किङ्स गरि ६ फ्रेन्चाइज टोली छन् ।

पिएसएलको ड्राफ्टमा खेलाडीलाई ५ क्याटगेरीमा राख्ने गरिन्छ । प्लेटिनम सर्वाधिक महँगो क्याटेगेरी हो । डाइमन्ड क्याटगेरीमा अनुबन्ध हुने खेलाडीले ७० देखि ८५ हजार अमेरिकी डलर पाउने गर्दछन् ।

गोल्ड क्याटेगोरीमा अनुबन्ध हुनेले ५० देखि ६० हजार अमेरिकी डलरमा बिक्छन् । सिल्भरमा अनुबन्ध हुनेले २२ देखि ३३ हजार अमेरिकी तथा इमर्जिङमा पर्नेले १० देखि १२ हजार अमेरिकी डलर प्राप्त गर्ने गर्दछन् ।

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

March 18, 2025

कोशीविरुद्ध कर्णालीको मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]

March 18, 2025

गण्डकीविरुद्ध बागमतीको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीविरुद्ध वलियो योगफल तयार गरेको छ । बागमतीले गण्डकी प्रदेशविरुद्ध २ सय ८८ रनको बलियो योगफल तयार गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको योगफल तयार गर्यो । […]

Success

Thank you for your time.