4 years ago
January 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – शारदा एजुकेशन पार्कको आयोजनामा कोहलपुरमा ‘कोहलपुर’ ओपन क्रिकेट प्रतियोगिता सुरु भएको छ। कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो दिन सम्पन्न दुईवटा खेलमा न्यु दर्पण युथ क्लब र कारकाँदो स्पोर्टस क्लब विजयी हुँदै क्वार्टरफाइनल स्थान बनाएका छन् ।
पहिलो खेलमा न्यु दर्पण युथ क्लबले जगवार क्रिकेट क्लबलाई ३० रनले पराजित गर्यो । न्यु दर्पणले दिएको १ सय २१ रनको लक्ष्य पछ्याउने क्रममा जगवारले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो। मोहम्मद सलमानले सर्वाधिक २३ रनको योगदान दिए ।
अंकुर कुमार सिंहले १२ रन तथा अस्लम हलवाई र अरमान सल्मानीले १०-१० रन बनाए। न्यु दर्पणका रेशम सिंह ठकुरी र दिप रानाले समान २ विकेट लिए । सिमोन थापा, करन भण्डारी र प्रेम सुनारको नाममा १-१ विकेट रह्यो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्यु दर्पणले निर्धारित १५ ओभरमा ५ विकेट गुमाउँदै १ सय २१ रन बनाएको थियो । दीप रानाले सर्वाधिक ३३ रन बनाए । गजेन्द्र ओलीले २८ रन तथा दीप बिसीले २२ रन जोडे । जगवारका मुजिब अन्सारी, इमरान आलम, हसिब अन्सारी र बिकाश साउँदले १-१ विकेट लिए ।
दोश्रो खेलमा कारकाँदो स्पोर्ट्स क्लबले कोहलपुर स्ट्राइकर्सलाई ३ विकेटले पराजित गर्यो। कोहलपुरले दिएको ७४ रनको लक्ष्य कारकाँदोले १३.१ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो। कारकाँदोका संगम कंडेलले सर्वाधिक अविजित ३० रन बनाए । उत्कर्ष विश्वकर्माले १४ रन बनाए। कोहलपुरका मेग राज बिस्टले सर्वाधिक ३ विकेट लिए।
टस जितेर पहिले ब्याटिङ गरेको कारकाँदो १२.१ ओभरमा ७३ रनमा अल आउट भएको थियो । सौगात पौडेलले सर्व्धिक २७, मन बहादुर मल्लले १४ तथा सुमन परियारले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
कोहलपुरका संगम कंडेलले सर्वाधिक ४ विकेट लिए । कुशल न्यौपानेले २ विकेट तथा जीवन रावल, नबिन गौतम र हुसेन अलिले समान १ विकेट लिए। प्रतियोगिता अन्तर्गत सोमबार तिन वटा खेलहरु हुनेछन् ।
पहिलो खेलमा विहान ८ बजे च्याम्पियन्स स्पोर्ट्स क्लब र रनियापुर स्पोर्ट्स क्लब, दोश्रो खेलमा विहान ११ बजे कोहलपुर क्रिकेट एकेडेमी र ढकेरी किंग्स तथा तेश्रो खेलमा २ बजे बिबि वारियर्स र रझेना टर्मिनेटरले प्रतिस्पर्धा गर्नेछन्।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]