default_image

4 years ago

January 4, 2021

भक्तपुर र काठमाडौंको सहज जित

78 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत बागमती छनोटको छैटौैं दिन काठमाडौं र भक्तपुर विजयी भएका छन् । मुलपानीमा भएको खेलमा काठमाडौंले मकावनपुरलाई ७ विकेटले पराजित गर्यो ।

टस जितेर पहिला ब्याटिङ थालेको मकवानपुर ३०.१ ओभरमा ७३ रनमा अल आउट भएको थियो । मकावनपुरका युविन बुढाथोकी १० र गौरभ खड्काले १५ रन बनाउन बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् ।

काठमाडौैंका युवा स्पिनर अरियो पौडेलले ७.१ ओभरमा १ मेडन सहित १७ रन खर्चेर ५ विकेट लिए । सञ्जम रेग्मीको नाममा २ विकेट रह्यो । जितका लागि पछ्याएको ७४ रनको लक्ष्य काठमाडौंले २०.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । काठमाडौंका ईशान पान्डे ३२ रनमा अविजित रहे ।

जितेन्द्रसिंह ठकुरी १४ रनमा आउट भए । विपुल खनाल, राम नरेश गिरी र पियुष शर्माले १–१ विकेट लिए । त्यस्तै टीयू मैदानमा भएको अर्को खेलमा भक्तपुरले नुवाकोटलाई ८ विकेटले पराजित गर्यो ।

टस जितेर पहिला ब्याटिङ थालेको नुवाकोट ३८ ओभरमा १ सय ३५ रनमा अल आउट भएको थियो । कप्तान राजेश रिमाल ३६, प्रदीप परियार १६, आयुश बस्नेत २१, पवन राई १० र अभिराज यादवले १४ रनको योगदान दिए । कृष कार्की, सुवास खत्री र सुसान श्रेष्ठले २–२ विकेट लिए ।

जितका लागि पछ्याएको १ सय ३६ रनको विजयी लक्ष्य भक्तपुरले ३२.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नविन यादव र अदित सुवेदी ६०–६० रनमा अविजित रहे । अभिराज यादव र सकर रावतले १–१ विकेट लिए ।

March 18, 2025

इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको जित

काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]

March 18, 2025

कर्णालीले कोशीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

Success

Thank you for your time.