4 years ago
January 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित होबार्ट हरिकेन्स बिग ब्यासमा सोमबार मेलबर्न स्टारसँग १० रनले पराजित भएको छ ।
१ सय ८४ रनको लक्ष्य पछ्याएको हरिकेन्सले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७३ रन मात्र बनाउन सक्यो । टोलीका लागि बिआर म्याक डर्मोटले ५८ बलमा ९१ रनको योगदान गरे । डिजे मालनले २६, पिएसपी ह्यान्ड्ससकम्बले २१, सिए इन्ग्रामले १७, डिजेएम शर्टले ८ रन जोडेका थिए ।
त्यसअघि टस हारेर ब्याटिङ थालेको मेलबर्न स्टार्सले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८३ रन बनायो । स्टार्सका मार्कस स्टोइनिस ५५ बलमा ७ चौका र ७ छक्का सहित ९७ रनमा अविजित रहे । आन्द्रे फ्लेचर १०, निक लर्किन ४, ग्लेन म्याक्सवेल ६ र निकोलस पुरन २६ रनमा आउट भए ।
हिल्टन कार्टराइट २४ बलमा ३ छक्का र १ चौका सहित ३६ रनको योगदान दिए । राइली मेरेडीथले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानलेले ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिए । नाथन इल्सले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए ।
सन्दीपले छैटौं ओभरमा मात्र तीन रन दिएका थिए । पहिलो बलमा कप्तान ग्लेन म्याक्सवेलले एक दिए । त्यसपछि दुई बल सन्दीपले मार्कस स्टोइनिसलाई डट राखे । चौथो र पाँचौ बलमा एक एक रन खर्चिदा अन्तिम बल डट राख्दै राम्रो सुरुवात गरेका थिए ।
आठौं ओभरमा सन्दीपले पहिलो बलमा मार्कस स्टोइनिसलाई एक रन दिए । दोस्रो बलमा ग्लेन म्याक्सवेललाई ६ रनमा एलबिडब्लू आउट गरे । रिभर्स स्विप सट खेल्नेक्रममा मिस भएपछि एलबिडब्लू आउट भएका थिए । तेस्रो बलमा पुरनलाई डट राखे । चौथो बलमा एक रन दिँदा अन्य दुई बल डट राखे । समग्रमा सन्दीपले आठौं ओभरमा एक महत्वपूर्ण विकेट लिँदै दुई रन खर्चे ।
सन्दीपले आफ्नो ब्यक्तिगत तेस्रो ओभर १६ औं ओभरमा पाएका थिए । पहिलो बलमा दुई रन खर्चे पनि दोस्रो बलमा मार्कस स्टोइनिसले छक्का प्रहार गरेका थिए । अन्य चार बलमा १–१ रन खर्चिए । समग्रमा सन्दीपले यस ओभरमा १२ रन खर्चिन पुगे ।
१८ औं ओभरको पहिलो बलमा कार्टराइटले छक्का प्रहार गरे । दोस्रो बलमा एक रन दिँदा तेस्रो बलमा चौका खर्चिए । चौथो बलमा एक र पाँचौ बलमा कार्टराइटले छक्का प्रहार गरेका थिए । अन्तिम बलमा १ रन दिए ।
समग्रमा सन्दीपले आफ्नो अन्तिम ओभरमा १९ रन खर्चेका थिए । सुरुवाती २ ओभरमा ५ रन खर्चेका सन्दीपले अन्तिम दुई ओभरमा ३१ रन खर्चिन पुगे । सन्दीपले पहिलो खेलमा स्टार्सविरुद्धनै ४ ओभरमा ३८ रन खर्चेर २ विकेट लिएका थिए । बिग ब्यास लिगमा होबार्टको १८ अंक र मेलबर्नको १५ अंक छ ।
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीविरुद्ध वलियो योगफल तयार गरेको छ । बागमतीले गण्डकी प्रदेशविरुद्ध २ सय ८८ रनको बलियो योगफल तयार गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको योगफल तयार गर्यो । […]