default_image

4 years ago

January 4, 2021

होबार्टलाई मेलबर्नको बलियो लक्ष्य, सन्दीपको औसत प्रर्दशन

135 views

0 Bookmark

एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेको औसत प्रर्दशनमा बिग ब्यास लिगमा मेलबर्न स्टार्सले होबार्ट हरिकेन्सलाई १ सय ८४ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ थालेको मेलबर्न स्टार्सले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८३ रन बनायो । स्टार्सका मार्कस स्टोइनिस ५५ बलमा ७ चौका र ७ छक्का सहित ९७ रनमा अविजित रहे । आन्द्रे फ्लेचर १०, निक लर्किन ४, ग्लेन म्याक्सवेल ६ र निकोलस पुरन २६ रनमा आउट भए । हिल्टन कार्टराइट २४ बलमा ३ छक्का र १ चौका सहित ३६ रनको योगदान दिए ।

राइली मेरेडीथले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानलेले ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिए । नाथन इल्सले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए ।

सन्दीपले छैटौं ओभरमा मात्र तीन रन दिएका थिए । पहिलो बलमा कप्तान ग्लेन म्याक्सवेलले एक दिए । त्यसपछि दुई बल सन्दीपले मार्कस स्टोइनिसलाई डट राखे । चौथो र पाँचौ बलमा एक एक रन खर्चिदा अन्तिम बल डट राख्दै राम्रो सुरुवात गरेका थिए ।

आठौं ओभरमा सन्दीपले पहिलो बलमा मार्कस स्टोइनिसलाई एक रन दिए । दोस्रो बलमा ग्लेन म्याक्सवेललाई ६ रनमा एलबिडब्लू आउट गरे । रिभर्स स्विप सट खेल्नेक्रममा मिस भएपछि एलबिडब्लू आउट भएका थिए । तेस्रो बलमा पुरनलाई डट राखे । चौथो बलमा एक रन दिँदा अन्य दुई बल डट राखे । समग्रमा सन्दीपले आठौं ओभरमा एक महत्वपूर्ण विकेट लिँदै दुई रन खर्चे ।

सन्दीपले आफ्नो ब्यक्तिगत तेस्रो ओभर १६ औं ओभरमा पाएका थिए । पहिलो बलमा दुई रन खर्चे पनि दोस्रो बलमा मार्कस स्टोइनिसले छक्का प्रहार गरेका थिए । अन्य चार बलमा १–१ रन खर्चिए । समग्रमा सन्दीपले यस ओभरमा १२ रन खर्चिन पुगे ।

१८ औं ओभरको पहिलो बलमा कार्टराइटले छक्का प्रहार गरे । दोस्रो बलमा एक रन दिँदा तेस्रो बलमा चौका खर्चिए । चौथो बलमा एक र पाँचौ बलमा कार्टराइटले छक्का प्रहार गरेका थिए । अन्तिम बलमा १ रन दिए ।

समग्रमा सन्दीपले आफ्नो अन्तिम ओभरमा १९ रन खर्चेका थिए । सुरुवाती २ ओभरमा ५ रन खर्चेका सन्दीपले अन्तिम दुई ओभरमा ३१ रन खर्चिन पुगे ।

सन्दीपले पहिलो खेलमा स्टार्सविरुद्धनै ४ ओभरमा ३८ रन खर्चेर २ विकेट लिएका थिए ।

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

March 18, 2025

कोशीविरुद्ध कर्णालीको मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]

March 18, 2025

गण्डकीविरुद्ध बागमतीको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीविरुद्ध वलियो योगफल तयार गरेको छ । बागमतीले गण्डकी प्रदेशविरुद्ध २ सय ८८ रनको बलियो योगफल तयार गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको योगफल तयार गर्यो । […]

Success

Thank you for your time.