default_image

4 years ago

January 4, 2021

विलियम्सनको शतकमा न्युजिल्यान्ड बलियो अवस्थामा

100 views

0 Bookmark

एजेन्सी – कप्तान केन विलियम्सनको शतकको सहयोगमा पाकिस्तानविरुद्ध दोस्रो टेष्ट खेलमा न्युजिल्यान्ड पहिलो इनिङमा बलियो अवस्थामा छ । दोस्रो दिनको समाप्तिमा न्युजिल्यान्डले पहिलो इनिङमा ८५ ओभरमा ३ विकेट गुमाउँदै २ सय ८६ रन बनाएको छ । समग्रमा न्युजिल्यान्ड ११ रनपछि छ ।

कप्तान विलियम्सन १ सय ७५ बलमा १६ चौका सहित १ सय १२ रनमा अविजित छन् । विलियम्सनको यो टेष्ट करिअरको २४ औं शतक हो । हेनरी निकोल्स १ सय ८६ बलमा ८ चौका सहित ८९ रनमा अविजित छन् ।

चौथो विकेटका लागि निकोल्नस र विलियम्सनले ३ सय ३७ बलमा २ सय १५ रनको दोहोरो शतकीय अविजित साझेदारी गर्दै बलियो योगफलतर्फ लम्काएका छन् । ओपनर टम लाथम ३३, रस टेलर १२ र टम ब्लन्डेल १६ रनमा आउट भए । शाहिन अफ्रिदी, मोहम्मद अब्बास र फहिम अशराफले एक एक विकेट लिए ।

पहिलो दिन टस हारेर ब्याटिङ थालेको पाकिस्तान पहिलो इनिङमा ८३.५ ओभरमा २ सय ९७ रनमा अल आउट भएको थियो । पाकिस्तानका अजहर अलीले १ सय ७२ बलमा १२ चौका सहित सर्वाधिक ९३ रनको योगदान दिए । ६३ औं ओभरमा म्याट हनेरीले रस टेलरबाट क्याच आउट गराएपछि अजहर शतक बनाउन चुकेका थिए ।

तेस्रो ओभरको तेस्रो बलमै टिम साउथीले ओपनर शन मसूदलाई शून्यमा एलबिडब्लू आउट गरेका थिए । दोस्रो विकेटका लागि अजहर अली र आविद अलीले १ सय ५ बलमा ६२ रनको साझेदारी गर्दै इनिङ अघि बढाएका थिए । आविद अलीलाई २० औं ओभरको अन्तिम बलमा काइल जामिसनले साउथीबाट क्याच गराउँदै तोडेका थिए ।

विकेटकिपर मोहम्मद रिजवान ७१ बलमा ११ चौका सहित ६१ रन बनाए । आविद अली २५, फहिम अशराफ ४८, जफार गोहर ३४, अफ्रिदी ४ र नसीम शाह १२ रनमा आउट भए । हरिस सोहेल १ र फवाद आलम २ रनमा आउट भएपछि पाकिस्तान दबाबमा परेको थियो । तर पाँचौ विकेटका लागि अजहर र मोहम्मद रिजवानले १ सय ३२ बलमा ८८ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।

युवा अलराउन्डर काइल जामिसनले २१ ओभरमा ८ मेडन सहित ६९ रन खर्चेर ५ विकेट लिए । टिम साउथी र ट्रेन्ट बोल्टको नाममा २–२ विकेट रह्यो । म्याट हेनरीले १ विकेट लिए । पहिलो टेष्ट खेलमा पाकिस्तान न्युजिल्यान्डसँग १ सय १ रनले पराजित भएको थियो ।

March 18, 2025

इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको जित

काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]

March 18, 2025

कर्णालीले कोशीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

Success

Thank you for your time.