4 years ago
January 4, 2021
दाङ (हाम्रो खेलकुद) – महिला क्रिकेटको सदाबहार दाबेदार विभागिय टोली एपिएफलाई हराउँदै प्रदेश १ आइतबार सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि ट्वान्टी क्रिकेट प्रतियोगिताको नयाँ च्याम्पियन बनेको थियो । पहिलो पटक उपाधि जितेको प्रदेश १ ले एपिएफलाई फाइनलमा ६ रनले हराएको थियो ।
कप्तान रुविना क्षेत्री बेलबासेसँगै प्रदेश १ मा ६ जना राष्ट्रिय खेलाडी छन् । अपराजित रहँदै उपाधि जितेको प्रदेश १ ले राम्रो तयारी गर्न सके महिला क्रिकेटमा अघि बढ्न सकिन्छ भन्ने सन्देश अन्य प्रदेशलाई पनि दिएको छ । फाइनलमा नतिजाका लागि अन्तिम बल सम्म पर्खनु परेको थियो । अन्तिम २ बलमा ८ रन चाहिएको अवस्थामा एपिएफकी कप्तान सीता रानामगर पाँचौ बलमा स्टम्पिङ आउट भएसँगै प्रदेश १ को जित लभभग निश्चित बनेको थियो ।
‘मलाई खेल अन्तिम ओभर सम्म जान्छ भन्ने अनुमान भइसकेको थियो । त्यहिँ भएर प्रमुख बलरलाई बचाएर राखेको थिए । कठिन समयमा सहयोग हुन्छ भनेर राखेको थिए । अन्तिम २ ओभरमा बल भन्दा रन बढी छ भने यो पिचमा रन बनाउन गाह्रो हुन्छ । मैले जुन बलरलाई बलिङमा लगाए उसले विश्वास गरे अनुसारको प्रदर्शन गरिन् । त्यो पनि फाइदा भयो, उपाधि जित्यौं’, रुविनाले खेलपछि हाम्रो खेलकुदसँग कुरा गर्दै भनिन् ।
‘अन्तिम बलपछि म मैदान दौडिरहँदा सबै मिहिनेत आँखामा आइरहेका थिए । ६/७ महिना देखि योजनावद्ध रुपमा मिहिनेत गरिरहेका थियौं । यो प्रतियोगिता आउँदै छ भनेर कमैलाई थाहा थियो । हामीलाई कुनै न कुनै प्रतियोगिता हुन्छ भन्ने थियो । जव संगिताले लास्ट बल गरिन् र म दौडदै थिए । मेरो मनमा सबै याद आइरहेका थिए । गर्व त लाग्ने भयो’, रुविनाले खुसी हुँदै भनिन् ।
ओपनिङ रणनीति अनुसार नै प्रदर्शन भएको जनाउँदै रुविनाले भनिन्, ‘रणनीति अनुसारनै अप्सरीले खेलिन् । बीचमा आशा गरिएका ब्याटर आउट हुँदा केहि दबाबमा परेका थियौं । ‘
सुरुमा प्रदेश १ ले फिल्डिङ कमजोर गरेको थियो । रुविना फिल्डिङ कमजोर नभएर फाइनलको दबाब भएको बताउँछिन् । ‘यसैलाई निरन्तरता दिन अर्को वर्ष चुनौती पनि रहने छ’, उनले भनिन् ।
प्रदेश १ लाई उपाधि जिताउन युवा खेलाडी स्पिनर एलिसा खडिया र मध्यगतिका बलर निग्मा तामाङले प्रतियोगिता भर राम्रो प्रर्दशन गरे। रुविनाले थपिन् ‘यी दुई युवा खेलाडीको प्रर्दशनबाट म एकदमै खुसी छु । उनीहरुले सधैं हामीहरुसँगै अभ्यास गरि रहेको हुँदा अझ फाइदा पनि भयो । समग्रमा नेपाली क्रिकेटमा नयाँ युवा प्रतिभा देख्दा म खुसी छु।’
आउने दिनमा टोलीले ब्याटिङमै अझै सुधार गर्नुपर्नेमा उनको जोड थियो । ‘खेलको अनुभव कम भएर रन हान्न नसकेका हौं । सकरात्क कुरा युवा प्रतिभा देख्न पाइयो । सबैलाई धन्यावाद । यो समयमा महिला क्रिकेट कति विकास भएको रहेछ । कति युवा खेलाडी रहेछन् भन्ने पनि देख्न पाइयो, उनले भनिन् । युवा खेलाडी तयार पार्न प्रदेश र जिल्लाले योजनावद्ध रुपमा अघि बढ्नु पर्ने उनले सुझाव दिइन् ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]