4 years ago
January 3, 2021
दाङ (हाम्रो खेलकुद) – सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि ट्वान्टी क्रिकेट प्रतियोगिता २०७७ मा सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द सिरिज) प्रदेश नम्बर एक की स्पिनर संगिता राई चुनिएकी छिन् ।
प्रदेश १ लाई अपराजित रहँदै उपाधि दिलाउन स्पिनर संगिताले उत्कृष्ट प्रर्दशन गरेकी थिइन् । प्रतियोगिता उत्कृष्ट ब्याटर एपिएफकी ज्योती पान्डे र बलर करुणा भण्डारी चुनिएकी छिन् । आइतबार भएको फाइनलमा एपिएफलाई ६ रनले हराउँदै प्रदेश एकले पहिलो पटक उपाधि जितेको थियो ।
विजेता प्रदेश १ ले पाँच लाख प्राप्त गरेको छ । उप–विजेता एपिएफले ३ लाख रुपैयाँ प्राप्त गरेका छन् । सेमिफाइनलबाट बाहिरिएका सुदूरपश्चिम र लुम्बिनीले २५–२५ हजार प्राप्त गरे । संगिताले कुल ५ खेलमा ५ खेलमा १७.१ ओभर बलिङ गर्दै २ मेडन सहित ६२ रन खर्चेर कुल ११ विकेट लिइन् । उत्कृष्ट प्रर्दशन गण्डकी प्रदेशविरुद्ध ४ ओभरमा २ मेडन सहित ३ रन खर्चेर ५ विकेट लिएकी थिइन् ।
बागमतीविरुद्ध पहिलो खेलमा विकेट विहीन बनेपनि त्यसपछि उत्कृष्ट प्रर्दशन गरेकी थिइन् । सुदूरपश्चिमविरुद्ध उनले ३ र लुम्बिनीविरुद्ध २ विकेट लिएकी थिइन् । उनी पाँच खेल मध्य तीन खेलमा ‘प्लेयर अफ द म्याच’ चुनिएकी थिइन् । संगिता समूह चरणमा गण्डकी र सुदूरपश्चिम तथा सेमिफाइनलमा बागमतीविरुद्ध ‘प्लेयर अफ द म्याच’ चुनिएकी थिइन् ।
उत्कृष्ट ब्याटर एपिएफकी ओपनर तथा विकेटकिपर ज्योती पान्डे चुनिएकी छिन् । उनले १० हजार प्राप्त गरिन् । ज्योतीले ५ खेलमा १ सय ५१ रन बनाइन् । उत्कृष्ट प्रर्दशन ४९ रहँदा स्ट्राइकरेट ८५ को रह्यो । उनको कुल रनमा ११ चौका सामेल छ । ज्योतीले कर्णालीविरुद्ध ३२, प्रदेश २ विरुद्ध ३०, लुम्बिनीविरुद्ध ४९, सुदूरपश्चिमविरुद्ध २६ र प्रदेश १ विरुद्ध १४ रन जोडेकी थिइन् ।
स्पिनर करुणा भण्डारीले ५ खेलमा १९.१ ओभरमा २ मेडन सहित ५८ रन खर्चेर १३ विकेट लिएकी थिइन् । उनले ५ हजार प्राप्त गरिन् । उनको उत्कृष्ट प्रर्दशन कर्णालीविरुद्ध पहिलो खेलमा ३.१ ओभरमा २ मेडन सहित २ रन खर्चेर ५ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएकी छन् । प्रदेश २ विरुद्ध १ र लुम्बिनीविरुद्ध ३ विकेट लिएकी थिइन् । सेमिफाइनलमा सुदूरपश्चिमविरुद्ध ४ ओभरमा ११ रन खर्चेर ३ विकेट लिएकी थिइन् ।
‘प्लेयर अफ द म्याच फाइनल’ कप्तान रुविना क्षेत्री बेलबासे चुनिन् । फाइनलमा उनले १८ रन बनाउनुको साथैं महत्वपूर्ण विकेट लिएकी थिइन् । पुष ११ देखि सुरु भएको प्रतियोगितामा समूह ‘ए’ मा कर्णाली, लुम्बिनी, प्रदेश २ र एपिएफ थिए ।
समूह ‘बी’ मा प्रदेश १, बागमती, सूदूरपश्चिम र गण्डकी थिए । समूह ‘ए’ बाट लुम्बिनी उप विजेता र एपिएफ समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेका थिए । समूह ‘बी’ बाट प्रदेश १ समूह विजेता र सुदूरपश्चिम समूह उप विजेताको रुपमा सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा एपिएफले सुदूरपश्चिम तथा प्रदेश एक ले लुम्बिनीलाई हराउँदै फाइनलमा पुगेका थिए ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]