default_image

4 years ago

January 3, 2021

एपिएफलाई हराउँदै प्रदेश एक पहिलो पटक च्याम्पियन

157 views

0 Bookmark

दाङ (हाम्रो खेलकुद) – साविक विजेता तथा विभागीय टोली एपिएफलाई हराउँदै प्रदेश नम्बर एक सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता च्याम्पियन बनेको छ ।

आइतबार फाइनलमा एपिएफलाई ६ रनले हराउँदै प्रदेश एक पहिलो पटक च्याम्पियन बनेको हो । विजेता प्रदेश १ ले पाँच लाख र उप विजेता एपिएफले तीन लाख रुपैयाँ पाउने छन् । जितको लागि १ सय ६ रनको विजयी लक्ष्य पछ्याएको एपिएफले २० ओभरमा ७ विकेट गुमाउँदै ९९ रन बनाउन सक्यो । अन्तिम ओभरमा एपिएफलाई जितको लागि १३ रन चाहिएको थियो । स्पिनर संगिता राईले २ विकेट लिँदै ६ रन खर्चेपछि प्रदेश एक च्याम्पियन बन्न सफल भएको थियो ।

अन्तिम ओभरको पहिलो बलमा ममता चौधरीलाई २ रन दिएकी थिइन् । दोस्रो बलमा ममता चौधरी दुई रन लिनेक्रममा रन आउट भएपछि खेल थप रोमान्चक बनेको थियो । तेस्रोबलमा सीता रानामगरले दुई रन लिँदा चौथो बल डट राखेकी थिइन् । पाँचौ बलमा सीता स्टम्पिङ आउट भएपछि नतिजा प्रदेश १ को पक्षमा गएको थियो । अन्तिम बलमा संगिताले एक रन दिँदै खेल जिताइन् ।

एक समय ६.५ ओभरमा ३२–५ को कमजोर अवस्थामा रहेको एपिएफलाई छैटौं विकेटका लागि करुणा भण्डारी र ममता चौधरीले ६४ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई जित नजिक पुर्याएका थिए । ममता ४७ बलमा ३४ रनमा रन आउट भइन् । करुणा ३६ बलमा १ चौका सहित २६ रनमा अविजित रहिन् । एपिएफलाई जितको लागि अन्तिम १२ बलमा १७ रन चाहिएको थियो । सबनम राईले १९ औं ओभरमा ३ रन खर्चेपछि खेल रोमान्चक बनेको थियो ।

कप्तान रुविना क्षेत्री बेलबासेले दोस्रो ओभरको चौथो बलमा ओपनर राजमती ऐरीलाई शून्यमा बोल्ड आउट गरेकी थिइन् । कप्तान सीता घाइते भएपछि राजमती ओपनरका रुपमा आएकी थिइन् । चौथो ओभरको पाँचौ बलमा रुविनाले इन्दु बर्मालाई ७ रनमा बोल्ड आउट गरेपछि खेलमा प्रदेश एक हाबी बनेको थियो ।

छैटौं ओभरमा युवा स्पिनर अलिसा खदियाले दुई महत्वपूर्ण सफलता दिलाएपछि एपिएफको जित कठिन बनेको थियो । पहिलो बलमै सरिता मगरलाई ६ रनमा एलबिडब्लू आउट गरिन् । अन्तिम बलमा ज्योती पान्डेलाई १४ रनमा एलबिडब्लू आउट गरेपछि एपिएफ पहिलो पावर प्लेमै २९–४ को कमजोर अवस्थामा पुगेको थियो ।

सातौं ओभरको पाँचौं बलमा सोनु खड्कालाई रोमा थापाले १ रनमा रन आउट गराएपछि एपिएफ संकटमा परेको थियो । एलिसा खदियाले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिइन् । कप्तान रुविनाले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिइन् । संगिता राईको नाममा एक विकेट रह्यो ।

त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश १ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५ रन बनाएको थियो । प्रदेश १ की ओपनर अप्सरी बेगमले ४५ बलमा ५ चौका सहित सर्वाधिक ३४ रनको योगदान दिइन् । विकेटकिपर काजल श्रेष्ठ २६ बलमा ३ चौका सहित २९ र संगिता २ रनमा अविजित रहिन् ।

ओेपनर अप्सरी र कप्तान रुविना क्षेत्री बेलबासेले पहिलो विकेटका लागि १२.४ ओभरमा ५८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएकी थिए । एपिएफकी कप्तान सीता राना मगरको बलमा अघि बढेर सट खेल्ने धुनमा बिट भएपछि विकेटकिपर ज्योती पान्डेले रुविनालाई १८ रनमा स्टम्पिङ आउट गरेकी थिइन् ।

रुविनाले ३२ बल खेल्दा बाउन्ड्री भने प्रहार गर्न सकिनन् । एक बलपछि अप्सरीले फाइन लेगमा सट खेल्न खोजेपनि एज लागेर सिल्ली मिड अनमा सोनु खड्काबाट क्याच आउट हुन पुगेकी थिइन् ।

१७ औं ओभरको तेस्रो बलमा सीताले रोमा थापालाई ३ रनमा एलबिडब्लू आउट गरिन् । १९ औं ओभरको चौथो बलमा करुणा भण्डारीले निसा शाहलाई ५ रनमा बोल्ड आउट गरिन् । सीता राना मगरले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिइन् । करुणा भण्डारीको नाममा १ विकेट रह्यो ।

March 18, 2025

इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको जित

काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]

March 18, 2025

कर्णालीले कोशीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

Success

Thank you for your time.