4 years ago
January 3, 2021
दाङ (हाम्रो खेलकुद)– लमहीमा जारी प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता फाइनलमा विभागीय टोली एपिएफविरुद्ध प्रदेश १ ले पहिला ब्याटिङ गर्ने भएको छ ।
देउखुरी क्रिकेट मैदानमा भएको टसमा प्रदेश १ की कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकी हुन् । एपिएफ र प्रदेश १ पनि अपराजित रहँदै फाइनलमा पुगेको छन् । समूह चरण र सेमिफाइनलमा सहज जित निकालेका यी दुई टोलीबीच फाइनलमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
राष्ट्रिय खेलाडीले भोरिएको यी दुई टोलीमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुविना र उपकप्तान सीता रानामगर हुँदा खेलमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । दुवै टोलीका कप्तानले आफ्नो लक्ष्य उपाधि जित्ने बताएका छन् । शनिबार सेमिफाइनल खेल सकिएपछि दुबै टोलीका कप्तानले हाम्रो खेलकुदसँग कुराकानी गर्दै उपाधि जित्ने लक्ष्य भएको बताएका थिए ।
एपिएफ समूह ए बाट तीनै खेलमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको हो । पहिलो खेलमा कर्णालीलाई २ सय ४ रनले हराएको एपिएफले दोस्रो खेलमा प्रदेश नम्बर २ लाई ८ विकेट र लुम्बिनीलाई ६१ रनले पराजित गरेको थियो । सेमिफाइनलमा एपिएफले सुदूरपश्चिमलार्इ ९ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
प्रदेश १ ले बागमतीलाई ४६ रन, सुदूरपश्चिमलाई ५ विकेट र गण्डकीलाई १ सय ४० रनले हराएको थियो । सेमिफाइनलमा लुम्बिनीलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
एपिएफले आज टोलीमा दुई परिवर्तन गरेको छ । तीव्र गतिकी बलर राजमती ऐरी र ममता चौधरीले मौका पाउँदा प्यारी चौधरी र खिना कुमारी थापा बेन्चमा बसेका छन् ।
एपिएफको प्लेइङ ११ : सीता रानामगर (कप्तान), ज्योती पान्डे, सुष्मा श्रेष्ठ, ममता चौधरी, सुमन बिष्ट, सरिता मगर, ईन्दु बर्मा, करुणा भण्डारी, सोनु खड्का, रेखा रावल र राजमती ऐरी
प्रदेश १ को प्लेइङ ११ : रुविना क्षेत्री बेलबासे (कप्तान), अप्सरी बेगम, निग्मा तामाङ, सबनम राई, रोमा थापा, लाखिता राजवंशी, संगिता राई, काजल श्रेष्ठ, निसा शाह, एलिसा कदिया, स्मृति कटवाल
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]