default_image

4 years ago

January 3, 2021

प्रदेश १ र एपिएफको उपाधि भिडन्त

73 views

0 Bookmark

दाङ (हाम्रो खेलकुद) – लमहीमा जारी सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता फाइनलमा आज विभागीय टोली एपिएफ र प्रदेश १ भिड्दै छन् ।

नेपाली घरेलु क्रिकेटमा विरलै उपाधि गुमाउने एपिएफलाई यस पटक भने प्रदेश १ लाई हराउन सहज हुने छैन । देउखुरी क्रिकेट मैदानमा बिहान ११ बजेबाट सुरु हुने खेलमा प्रदेश एक एपिएफलाई स्तब्ध पार्दै उपाधि जित्न चाहन्छ । यसअघिका चार संस्करण मध्य एपिएफले तीन पटक उपाधि जितेको छ । पहिलो संस्करणमा एपिएफले २०७२ सालमा पोखरामा भएको खेलमा फाइनलमा जनकपुरसँग हारेको थियो ।

२०७३ सालमा भएको सातौं राष्ट्रिय प्रतियोगितासँग एपिएफले फाइनलमा लक्ष्य पछ्याउने क्रममा चौका विवादको कारण खेल वहिष्कार गरेपछि पूर्वाञ्चलले स्वर्ण जितेको थियो । प्रदेश १ पनि एपिएफलाई हराउँदै पहिलो उपाधि जित्न चाहन्छ । दुवै टोलीमा राष्ट्रिय खेलाडीको बाहुल्यता छ । यी दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका कारण फाइनलमा अग्नीपरिक्षा हुने छ ।

प्रदेश १ मा कप्तान रुविना क्षेत्री बेलबासे, रोमा थापा, काजल श्रेष्ठ र अप्सरी बेगमको प्रर्दशन निकै महत्त्वपूर्ण हुने छ । नेपाली क्रिकेट टोलीका प्रमुख सदस्य समेत रहेका यी चार ब्याटरमा प्रदेश १ निर्भर छ । यी चार मध्य एक क्रिजमा लामो समय मैदानमा रहँदा विजयी इनिङ खेल्न सक्छन् ।

यु१९ का खेलाडी लाखिता राजवंशी र निग्मा तामाङले पनि तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् । बलिङमा एपिएफका ब्याटर प्रदेश १ की तीव्र गतिकी बलर सबनम राई र स्पिनर संगिता राईबाट बच्न भने आवश्यक देखिन्छ । संगिता चार खेल मध्य तीनमा प्लेयर अफ द म्याच चुनिएकी छिन् ।

जारी प्रतियोगितामा उनले १० र सबनमले ७ विकेट लिएकी छिन् । देउखुरी क्रिकेट मैदानमा तीव्र गतिका बलरलाई लाइन एण्ड लेन्थ समाउन मुश्किल परिरहँदा सबनमले भने आफ्नो स्विङमा दबाब कायम गर्दै आएकी छिन् । यू१९ की निग्मा तामाङले पनि उत्कृष्ट प्रर्दशन गर्दै आएकी छिन् । प्रदेश एक ले एपिएफलाई हराउँदै उपाधि जित्न कप्तान रुविनाको प्रर्दशन निकै महत्वपूर्ण हुने छ ।

यता एपिएफमा ज्योती पान्डे, कप्तान सीता राना मगर, सरिता मगर, इन्दु बर्मा र ममता चौधरी जस्ता चर्चित ब्याटर छन् । एपिएफको ब्याटिङमा गहिराई देखिन्छ । सोनु खड्का, प्यारी चौधरी, करुणा भण्डारी पनि तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् । ज्योतीले नियमित रन जोडेकी छिन् ।

बलिङमा स्पिनर करुणा भण्डारी प्रदेश १ का खेलाडीलाई घातक बन्न सक्छिन् । उनले ४ खेलमा १२ विकेट लिएकी छिन् । तीव्र गतिका बलरलाई भने उत्कृष्ट प्रर्दशन गर्न आवश्यक देखिन्छ । राजमती ऐरी, सोनु खड्का, सोमु विष्ट, ईश्वरी विष्ट, रेखा रावल र सुश्मा श्रेष्ठ तीव्र गतिका बलरमा हुँदा बलिङ आक्रामक पनि बलियो देखिन्छ । सोनु, सीता र इन्दुको प्रर्दशन निकै महत्वपूर्ण हुने छ ।

यस पटक भने एपिएफलाई उपाधि रक्षा गर्न सहज हुने देखिदैन । एपिएफ आफ्नो इतिहासलाई रक्षा गर्न चाहँदा फेरिएको प्रदेश १ इतिहास रच्न चाहन्छ । एपिएफ समूह ए बाट तीनै खेलमा अपराजित रहँदै सेमिफाइनल हुँदै फाइनलमा पुगेको हो ।

पहिलो खेलमा कर्णालीलाई २ सय ४ रनले हराएको एपिएफले दोस्रो खेलमा प्रदेश नम्बर २ लाई ८ विकेट र लुम्बिनीलाई ६१ रनले पराजित गरेको थियो । सेमिफाइनलमा एपिएफले सुदूरपश्चिमलाइृ ९ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

प्रदेश १ समूह बी बाट अपराजित हुँदै फाइनलमा पुगेको हो । प्रदेश १ ले बागमतीलाई ४६ रन, सुदूरपश्चिमलाई ५ विकेट र गण्डकीलाई १ सय ४० रनले हराएको थियो । सेमिफाइनलमा लुम्बिनीलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

प्रतियोगिताको विजेताले नगद ५ लाख प्राप्त गर्ने भएका छन् । उप-विजेता टोलीले ३ लाख र सेमिफाइनलबाट बाहिरिने बाँकी दुई टोलीले २५-२५ हजार प्राप्त गर्नेछन् । विधागततर्फ सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) ले २१ हजार, उत्कृष्ट ब्याटरले १० हजार र उत्कृष्ट बलरले ५ हजार प्राप्त गर्ने छन् ।

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

March 18, 2025

कोशीविरुद्ध कर्णालीको मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]

March 18, 2025

गण्डकीविरुद्ध बागमतीको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीविरुद्ध वलियो योगफल तयार गरेको छ । बागमतीले गण्डकी प्रदेशविरुद्ध २ सय ८८ रनको बलियो योगफल तयार गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको योगफल तयार गर्यो । […]

Success

Thank you for your time.