default_image

4 years ago

January 3, 2021

दुवै कप्तानको उपाधि जित्ने लक्ष्य

96 views

0 Bookmark

दाङ (हाम्रो खेलकुद) – लमहीमा जारी प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता फाइनलमा आइतबार विभागीय टोली एपिएफ र प्रदेश १ भिड्ने छन् ।

चार संस्करण सकिँदा एपिएफले एक पटक मात्र उपाधि गुमाएको छ । एपिएफ र प्रदेश १ पनि अपराजित रहँदै फाइनलमा पुगेको छन् । समूह चरण र सेमिफाइनलमा सहज जित निकालेका यी दुई टोलीबीच फाइनलमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

राष्ट्रिय खेलाडीले भोरिएको यी दुई टोलीमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुविना र उपकप्तान सीता रानामगर हुँदा खेलमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । दुवै टोलीका कप्तानले आफ्नो लक्ष्य उपाधि जित्ने बताएका छन् । शनिबार सेमिफाइनल खेल सकिएपछि दुबै टोलीका कप्तानले हाम्रो खेलकुदसँग कुराकानी गर्दै उपाधि जित्ने लक्ष्य भएको बताएका हुन् ।

प्रदेश १ की कप्तान रुविनाले यस पटक आफूहरु च्याम्पियन बनेर फर्किने सोच बनाएको बताउँछिन् । ‘टिम सन्तुलन छ । खेलाडीमा आत्माविश्वास बढेको छ । केहि कमजोरीहरु सुधार गर्नै पर्ने हुन्छ । कमजोरीहरु देखिएका छन् । हामी सल्लाह गछौं र फाइनलमा उत्कृष्ट क्रिकेट खेल्ने छौं’, रुविनाले भनिन् ।

‘पहिला भन्दा अहिले हाम्रो टोलीले धेरै मिहिनेत गरेर आएको छ । जित्न सबैलाई मन हुन्छ । हरेक फाइनल जित्ने तरिकालेनै खेलेका हुन्छौं । फाइनलमा जसले राम्रो खेल्छ उसैले जित्छ । हाम्रो मुख्य ब्याटिङ लाइनअप बलियो छ । हरेक दिन सुधार भएको छ ।’

‘आज पनि राम्रो ब्याटिङ गयौं । हाम्रो ब्याटिङमा निर्भर पनि हुने छ । बलिङ त हाम्रो बलियो पक्ष्य हो । म उत्कृष्ट क्रिकेट खेल्न चाहँन्छु । हामी बलियोनै प्रस्तुत गछौं । उपाधि जित्नेमा आत्माविश्वासी छु । हार्नु कसैलाई मन लाग्दैन । यो पटक उपाधि जित्ने तयारीका साथनै आएका हौं’, रुविनाले भनिन् ।

एपिएफकी कप्तान सीता पनि उपाधि जित्न आफू तयार बताएकी छिन् । ‘आज खासमा तीन खेलाडी भए पनि कम थियो । तीव्र गतिकी बलर राजमती ऐरी, ईश्वरी विष्ट र ब्याटर ममता चौधरी एपिएफको परिक्षा दिएर आज रातीसम्म आइपुग्ने छन् । यस पटक प्रदेश १ राम्रो भएर आएको छ । आज योजना अनुसार ब्याटिङमा भएन । आवश्यक परेमा खेलाडी आक्रामक खेल्ने सक्षम छन् । बलिङमा तीव्र गतिका बलरले नराम्रो गरेको होईन करुणाको प्रर्दशन उत्कृष्ट देखिएको हो’, सीताले भनिन् ।

‘डिफेन्डिङ च्याम्पियन भएपछि आफ्नो साख जोगाउन पर्छ । चुनौती भने हुने छ । कोरोना महामारीको कारण हाम्रो मैदान बन्द थियो । हामी यसमै खुसी हुनुपर्छ । अभ्यास सुरु भएको तीन दिनमै खेल तालिका सार्वजनिक भएको थियो । उपाधि रक्षा गर्ने सोच हुने छ । च्याम्पियननै बन्न चाहन्छौं’, सीताले भनिन् ।

एपिएफ समूह ए बाट तीनै खेलमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको हो । पहिलो खेलमा कर्णालीलाई २ सय ४ रनले हराएको एपिएफले दोस्रो खेलमा प्रदेश नम्बर २ लाई ८ विकेट र लुम्बिनीलाई ६१ रनले पराजित गरेको थियो । सेमिफाइनलमा एपिएफले सुदूरपश्चिमलाइृ ९ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

प्रदेश १ ले बागमतीलाई ४६ रन, सुदूरपश्चिमलाई ५ विकेट र गण्डकीलाई १ सय ४० रनले हराएको थियो । सेमिफाइनलमा लुम्बिनीलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

March 18, 2025

कोशीविरुद्ध कर्णालीको मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]

March 18, 2025

गण्डकीविरुद्ध बागमतीको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीविरुद्ध वलियो योगफल तयार गरेको छ । बागमतीले गण्डकी प्रदेशविरुद्ध २ सय ८८ रनको बलियो योगफल तयार गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको योगफल तयार गर्यो । […]

Success

Thank you for your time.