4 years ago
January 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) को पाँचौ वार्षिक साधरण सभा सम्पन्न भएको छ । काठमाडौंमा भएको तेस्रो अधिवेशनले शनिबार आगमी दुई वर्षको कार्यकालको लागि पूर्व सचिव रहेका नारायण पराजुलीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गर्दै साधारण सभा सम्पन्न भएको छ ।
एनसिएसएस साथैं समर्थक समाजले सातै प्रदेश सम्वन्य समिति गठन गर्ने प्रस्ताव पारित समेत गरेको छ । सर्वसम्मत भएको नयाँ कार्यसमिति चयमा उपाध्यक्षमा रेजिना बस्नेत, सचिवमा सुभ दुलाल, सहसचिवमा मोहन ज्ञावली र कोषाध्यक्षमा अच्युत पान्डे चयन भएका छन् । सदस्यमा तारा पाठक, केदार घिमिरे, मनिष कार्की र सिर्जन दुलाल चुनिएका छन् ।
प्रदेश सम्योजकको रुपमा साधारणसभाले प्रदेश न १ मा ईश्वर रेग्मी, प्रदेशमा ३ मा विशाल पौडेल र प्रदेश न ५ मा सागर पङेनी चयन समेत गरेको छ । बाँकी प्रदेशमा कार्यसमितिले सम्योजक तोक्ने छ ।
सस्थाका संस्थापक सदस्य, आजिब सदस्य, विभिन्न जिल्ला सम्वन्वय समितीका सम्योजक साथै जनरल सदस्य सदस्यहरु सहभागी साधारण सभामा संस्थाको संगठनात्मक अवस्था बारे निवर्तमान अध्यक्ष विराज घिमिरेले, गतिबिधी : प्रगती विवरण सचिव नारायण पराजुलीले प्रस्तुत गरेका थिए भने आर्थिक विवरण कोषाध्यक्ष कपिल श्रेष्ठले प्रस्तुत गरेका थिए ।
संस्थाले वर्षभरी गरेको गतिविधीको आधारमा चितवन जिल्ला सम्वन्वय समितीलाई उत्कृष्ट जिल्ला समेत घोषणा गरिएको छ । त्यस बाहेक सहभागीहरुले संस्थाको विभिन्न नितिगत योजना साथै आगामी २ वर्षको कार्यक्रमहरुमा आः आफ्नो धारणा ब्यक्त गरेका थिए ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]