4 years ago
January 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री राष्ट्रिय पुरुष प्रतियोगिता अन्तर्गत बागमती छनोटमा टीयूलाई हराउँदै चितवन फाइनलमा पुगेको छ ।
शनिबार टीयूलाई ३ विकेटले हराउँदै चितवन समूह बी बाट शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको टीयू ४० ओभरमा १ सय ४६ रनमा अलआउट भएको थियो । टीयूका सुसान्त तिमिल्सिना २१ र पृथु वास्कोटा २८ रनको योगदान दिए । चितवनका दीपेश श्रेष्ठ, दिवास आचार्य र प्रसान्त महत २–२ विकेट लिए ।
जितका लागि १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको चितवनले ३५.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरिन् । आकाश थापा १९, रोविन शर्मा २८, अजित भण्डारीलाई १७, विकाल कुमार गुप्ता २२ र संघर्ष पौडेल २० रनको योगदान दिए । आयुश बानियाँले सर्वाधिक २ विकेट लिए ।
अर्को खेलमा मवकानपुरले भक्तपुरलाई ६ विकेटले हरायो । टीयूमा टस जितेर पहिला ब्याटिङ गरेको भक्तपुर ३५.२ ओभरमा १ सय ३६ रनमा अल आउट भएको थियो । धिजल अधिकारीले ३६, प्रसान्त पन्डितले २९, अदित सुवेदीले १४ र कृष कार्कीले १९ रन बनाए । रिजन ढकालले ३, पियुष शर्मा र विशाल फुर्यालले २–२ विकेट लिए ।
जितका लागि १ सय ३७ रनको लक्ष्य पछ्याएको मवकानपुरले २८ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । तक्षक सिम्खडाले ५६ बलमा १० चौका र १ छक्का सहित ६४ रनमा अविजित रहे । विशाल र सुभले २२–२२ रन बनाए । सुवास खत्री र सुसान श्रेष्ठले २–२ विकेट लिए ।
समूह ए मा मवकानपुर, काठमाडौं, भक्तपुर र नुवाकोट छन् । समूह बी मा चितवन, ललितपुर र टीयू थिए । फाइनल पुष २१ म हुने छ ।
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीविरुद्ध वलियो योगफल तयार गरेको छ । बागमतीले गण्डकी प्रदेशविरुद्ध २ सय ८८ रनको बलियो योगफल तयार गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको योगफल तयार गर्यो । […]