default_image

4 years ago

January 2, 2021

सन्दीपको राम्रो प्रर्दशनमा होबार्ट विजयी

125 views

0 Bookmark

एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेको राम्रो प्रर्दशनमा बिग ब्यास लिगमा होबार्ट हरिकेन्सले मेलबर्न स्टार्सलाई २१ रनले हराएको छ । जितका लागि १ सय ६५ रनको विजयी लक्ष्य पछयाउने क्रममा स्टार्सले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४३ रन बनायो ।

स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले ३७ बलमा ६ चौका र ५ छक्का सहित सर्वाधिक ७० रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । आन्द्रे फ्लेचर १०, निकोलस पुरन १४ र साम रैनबर्दिनले १५ रन बनाउन वाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । सन्दीपले ४ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । स्कोट बोल्यान्डले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । नाथन इल्सले २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको होबार्टले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो । होबार्टका ५६ बलमा ७ चौका र ३ छक्का सहित ७५ रन बनाए । बेन म्याकडरमोट ३१, कोलिन इनग्राम २६ र डार्सी सट १२ रनमा आउट भए । स्टार्सका बिली स्टानलेकले सर्वाधिक ३ विकेट लिए ।

सन्दीपको यस्तो रह्यो चार विकेट

सन्दीपलाई होबार्टले छैटौं ओभरमा बलिङमा ल्याएको थियो । पहिलोे बलमा हिल्टन कार्टराइटलाई सन्दीपले एक रन दिँदै सुरुवात गरेका थिए । दोस्रो बलमा ग्लेन म्याक्सवेलले चौका प्रहार गर्दै सन्दीपको स्वागत गरेका थिए । यस अघिका दुई संस्करण सन्दीप म्याक्सवेलकै कप्तानीमा खेलेका थिए । तेस्रो बलमा एक रन दिए ।

चौथो बलमा सन्दीपले कार्टराइटलाई गुगली बलमा बोल्ड आउट गर्दै पहिलो विकेट लिएका थिए । पाँचौ बलमा निकोलस पुरनलाई एक रन दिए । अन्तिम बलमा सन्दीपलाई म्याक्सवेलले चौका प्रहार गरेका थिए । समग्रमा सन्दीपले आफ्नो पहिलो ओभरमा ११ रन खर्चेर १ विकेट लिए ।

सन्दीपको आठौं ओभरको सुरुवाती तीन बलमा म्याक्सवेलले रन जोड्न सकेनन् । चौथो र पाँचौ बलमा सन्दीपले एक एक रन खर्चिए । तर छैटौं बलमा सन्दीपलाई म्याक्सवेलले लङअफमा छक्का प्रहार गरेका थिए । १२ औं ओभरमा सन्दीप आफ्नो ब्यक्तिगत तेस्रो ओभर लिएर आएका थिए । पहिलो बल म्याक्सवेललाई एक रन दिँदा दोस्रो बल पुरनलाई डट राखे । तर तेस्रो बलमा पुरनले डीप एक्स्ट्रा कभरमा छक्का प्रहार गरेका थिए । चौथो र पाँचौ बलमा एक एक रन खर्चिदा अन्तिम बल डट राखेका थिए ।

१५ औं ओभरको पहिलो बलमा साम रैनबिडलाई डट राखे । त्यसपछि लगातार दुई वाइड फालेका थिए । दोस्रो बलमा एक रन दिए । तेस्रो बलमा बेन डंकलाई विकेटकिपर बेन म्याकडरमोटबाट २ रनमा क्याच आउट गराउँदै दोस्रो सफलता हात पारे । चौथो बलमा एक, पाँचौमा तीन रन र अन्तिम बलमा चौका खर्चिए । योसँगै होबार्ट ७ खेलमा ५ मा जित र २ मा हार सहित दोस्रो स्थानमा छ । होबार्टले अव सोमबार मेलबर्न स्टार्ससँग खेल्ने छ ।

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

March 18, 2025

कोशीविरुद्ध कर्णालीको मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]

March 18, 2025

गण्डकीविरुद्ध बागमतीको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीविरुद्ध वलियो योगफल तयार गरेको छ । बागमतीले गण्डकी प्रदेशविरुद्ध २ सय ८८ रनको बलियो योगफल तयार गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको योगफल तयार गर्यो । […]

Success

Thank you for your time.