4 years ago
January 2, 2021
दाङ (हाम्रो खेलकुद) – प्रदेश १ लमहीमा जारी सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता फाइनलमा पुगेको छ ।
शनिबार भएको दोस्रो सेमिफाइनलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई १० विकेटले हराउँदै फाइनलमा पुगेको हो । प्रदेश १ ले उपाधिको लागि आइतबार एपिएफसँग फाइनलमा प्रतिस्पर्धा गर्ने छ । एपिएफले पहिलो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै फाइनलमा पुगि सकेको छ ।
जितका लागि पछ्याएको ५३ रनको सामान्य लक्ष्य प्रदेश १ ले ८.५ ओभरमा कुनै विकेट गुमाइ पूरा गर्यो । प्रदेश १ की ओपनर रुविना बेलबासे क्षेत्री ३० बलमा २ चौका र १ छक्का सहित २६ रनमा अविजित रहिन् । अर्की ओपनर काजल श्रेष्ठ २३ बलमा २ चौका सहित २२ रनमा अविजित रहिन् ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको घरेलु टोली लुम्बिनी १४.१ ओभरमा ५२ रनमा अल आउट भयो । लुम्बिनीकी विकेटकिपर नितु भण्डारीले ३० बलमा १ चौका सहित २१ रन बनाइन् । अन्य कुनैपनि ब्याटरले राम्रो प्रर्दशन गर्न सकेनन् । लुम्बिनीका पाँच ब्याटर रन आउट भएका थिए ।
पहिलो ओभरको पाँचौ बलमा ओपनर गिता गोसाई २ रनमा रन आउट भएकी थिइन् । दोस्रो विकेट पनि लुम्बिनीले रन आउटै रुपमा गुमाएको थियो । दोस्रो ओभरको पाँचौ बलमा सरस्वती घर्तीमगर १ रनमा रन आउट भइन् । पाँचौं ओभरको तेस्रो बलमा युवा मध्यगतिकी बलर निग्मा तामाङले लक्ष्मी चौधरीलाई निसा शाहबाट ६ रनमा क्याच आउट भइन् ।
त्यसै ओभरको अन्तिम बलमा कप्तान नेरी थापा शून्यमा एलबिडब्लू आउट भएपछि लुम्बिनी २०–४ को अवस्थामा पुगेको थियो । कप्तान रुविना बेलबासे क्षेत्रीको छैटौं ओभरको चौथो बलमा ठूलो सट खेलेकी सरस्वती पुन रोमा थापाबाट शून्यमा क्याच आउट भएपछि पहिलो पावर प्लेमै लुम्बिनी संकटमा परेको थियो ।
रन आउटबाट विकेट गुमाउने शिलशिला भने यतिकैमा रोकिएन । स्वस्तिका बजागाईं २ र एलिसा केसी ५ रनमा रन आउट हुन पुगे । सर्मिला रोका मगर ७ रनमा अविजित रहिन् । प्रदेश १ की निग्मा तामाङ र संगिता राईले २–२ विकेट लिए । कप्तान रुविनाले १ विकेट लिइन् ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]