4 years ago
January 2, 2021
एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिगमा होबार्ट हरिकेन्सबाट मेलबर्न स्टार्सविरुद्ध राम्रो प्रर्दशन गरेका छन् ।
पूर्व टोली समेत रहेको स्टार्सविरुद्ध सन्दीपले ४ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । सन्दीपलाई होबार्टले छैटौं ओभरमा बलिङमा ल्याएको थियो । पहिलोे बलमा हिल्टन कार्टराइटलाई सन्दीपले एक रन दिँदै सुरुवात गरेका थिए । दोस्रो बलमा ग्लेन म्याक्सवेलले चौका प्रहार गर्दै सन्दीपको स्वागत गरेका थिए ।
यस अघिका दुई संस्करण सन्दीप म्याक्सवेलकै कप्तानीमा खेलेका थिए । तेस्रो बलमा एक रन दिए । चौथो बलमा सन्दीपले कार्टराइटलाई गुगली बलमा बोल्ड आउट गर्दै पहिलो विकेट लिएका थिए । पाँचौ बलमा निकोलस पुरनलाई एक रन दिए । अन्तिम बलमा सन्दीपलाई म्याक्सवेलले चौका प्रहार गरेका थिए । समग्रमा सन्दीपले आफ्नो पहिलो ओभरमा ११ रन खर्चेर १ विकेट लिए ।
सन्दीपको आठौं ओभरको सुरुवाती तीन बलमा म्याक्सवेलले रन जोड्न सकेनन् । चौथो र पाँचौ बलमा सन्दीपले एक एक रन खर्चिए । तर छैटौं बलमा सन्दीपलाई म्याक्सवेलले लङअफमा छक्का प्रहार गरेका थिए ।
१२ औं ओभरमा सन्दीप आफ्नो ब्यक्तिगत तेस्रो ओभर लिएर आएका थिए । पहिलो बल म्याक्सवेललाई एक रन दिँदा दोस्रो बल पुरनलाई डट राखे । तर तेस्रो बलमा पुरनले डीप एक्स्ट्रा कभरमा छक्का प्रहार गरेका थिए । चौथो र पाँचौ बलमा एक एक रन खर्चिदा अन्तिम बल डट राखेका थिए ।
१५ औं ओभरको पहिलो बलमा साम रैनबिडलाई डट राखे । त्यसपछि लगातार दुई वाइड फालेका थिए । दोस्रो बलमा एक रन दिए । तेस्रो बलमा बेन डंकलाई विकेटकिपर बेन म्याकडरमोटबाट २ रनमा क्याच आउट गराउँदै दोस्रो सफलता हात पारे । चौथो बलमा एक, पाँचौमा तीन रन र चौका खर्चिए ।
त्यसअघि टस हारेर ब्याटिङ थालेको होबार्टले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो । होबार्टका ५६ बलमा ७ चौका र ३ छक्का सहित ७५ रन बनाए । बेन म्याकडरमोट ३१, कोलिन इनग्राम २६ र डार्सी सट १२ रनमा आउट भए । स्टार्सका बिली स्टानलेकले सर्वाधिक ३ विकेट लिए ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – वुमेन्स डे टि ट्वान्टी आई सिरिज खेल्न युगाण्डा गएको नेपाली टोली बुधवार स्वदेश आइपुग्ने भएको छ। नेपाल क्रिकेट संघ(क्यान) का अनुसार नेपाली टोली बुधवार बिहान ८ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने छ । ४ टोली सहभागी सिरिजमा नेपाल चौथो भएको थियो । नेपालले सिरिजमा युगाण्डा र हङकङसँगको समान १ खेल जितेको थियो […]
March 17, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस ११ ले इन्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा थन्डर्स ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस ११ च्याम्पियन बनेको हो । मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थन्डर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थन्डर्सका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]