default_image

4 years ago

January 2, 2021

प्रदेश १ लाई लुम्बिनीको सामान्य लक्ष्य

101 views

0 Bookmark

दाङ (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले लमहीमा जारी सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता दोस्रो सेमिफाइनलमा प्रदेश १ लाई ५३ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ रोजेको घरेलु टोली लुम्बिनी १४.१ ओभरमा ५२ रनमा अल आउट भयो । लुम्बिनीकी विकेटकिपर नितु भण्डारीले ३० बलमा १ चौका सहित २१ रन बनाइन् । अन्य कुनैपनि ब्याटरले राम्रो प्रर्दशन गर्न सकेनन् । लुम्बिनीका पाँच ब्याटर रन आउट भएका थिए ।

पहिलो ओभरको पाँचौ बलमा ओपनर गिता गोसाई २ रनमा रन आउट भएकी थिइन् । दोस्रो विकेट पनि लुम्बिनीले रन आउटै रुपमा गुमाएको थियो । दोस्रो ओभरको पाँचौ बलमा सरस्वती घर्तीमगर १ रनमा रन आउट भइन् । पाँचौं ओभरको तेस्रो बलमा युवा मध्यगतिकी बलर निग्मा तामाङले लक्ष्मी चौधरीलाई निसा शाहबाट ६ रनमा क्याच आउट भइन् ।

त्यसै ओभरको अन्तिम बलमा कप्तान नेरी थापा शून्यमा एलबिडब्लू आउट भएपछि लुम्बिनी २०–४ को अवस्थामा पुगेको थियो । कप्तान रुविना बेलबासे क्षेत्रीको छैटौं ओभरको चौथो बलमा ठूलो सट खेलेकी सरस्वती पुन रोमा थापाबाट शून्यमा क्याच आउट भएपछि पहिलो पावर प्लेमै लुम्बिनी संकटमा परेको थियो ।

रन आउटबाट विकेट गुमाउने शिलशिला भने यतिकैमा रोकिएन । स्वस्तिका बजागाईं २ र एलिसा केसी ५ रनमा रन आउट हुन पुगे । सर्मिला रोका मगर ७ रनमा अविजित रहिन् । प्रदेश १ की निग्मा तामाङ र संगिता राईले २–२ विकेट लिए । कप्तान रुविनाले १ विकेट लिइन् ।

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

March 17, 2025

ललितको ६ विकेटमा पुलिसको लगातार पाँचौ जित

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]

March 17, 2025

पिएम कप – मधेशमाथि लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]

Success

Thank you for your time.