default_image

4 years ago

January 2, 2021

सुदूरपश्चिमलाई हराउँदै एपिएफ फाइनलमा

113 views

0 Bookmark

दाङ (हाम्रो खेलकुद) – एपिएफ लमहीमा जारी सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता फाइनलमा पुगेको छ ।

शनिबार भएको पहिलो सेमिफाइनलमा एपिएफले सुदूरपश्चिमलाई ९ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । जितका लागि ६१ रनको विजयी लक्ष्य पछ्याएको एपिएफले १५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर ज्योती पान्डे ३८ बलमा १ चौका सहित २६ रनमा अविजित रहिन् । सरिता मगर ३५ बलमा १ चौका सहित १९ रनमा अविजित रहिन् । कप्तान सीता राना मगर ७ रनमा आउट भइन् । कविता कुवँरले १ विकेट लिइन् ।

त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित १६ ओभरमा विकेट ७ गुमाउँदै ६० रन बनाएको थियो । सुदूरपश्चिमकी कविता जोशी २१ बलमा २ चौका सहित सर्वाधिक २२ रनमा अविजित रहिन् । लक्ष्मी साउँद ३ रनमा अविजित रहिन् ।

सातौं ओभरको तेस्रो बलमा ओपनर कविता कुवँरलाई स्पिनर करुणा भण्डारीले विकेटकिपर ज्योती पान्डेबाट क्याच गराउँदै पहिलो सफलता दिलाएकी थिइन् । कविताले २५ बलमा ९ रन जोडिन् । नवौं ओभरको पाँचौं बलमा ऋतु कनौजिया ४ रनमा रन आउट हुन पुगिन् ।

लगत्तै अर्को बलमा ओपनर रेवती धामीलाई करुणाले १२ रनमा एलबिडब्लू आउट गरेपछि सुदूरपश्चिम दबाबमा परेको थियो । विन्दु रावललाई सीता राना मगरले शून्यमा बोल्ड आउट गरेकी थिइन् । करुणा भण्डारीले ११ औं ओभरको तेस्रो बलमा रुवि पोद्दरलाई १ रनमा बोल्ड आउट गरेपछि सुदूरपश्चिम ३९–५ को अवस्थामा पुगेको थियो ।

सोमु विष्टको १३ औं ओभरको पहिलो बलमा डली भट्ट दुई रन लिनेक्रममा कविता जोशीसँग तालमेल गर्न नसक्दा शून्यमा रन आउट भएपछि बलियो योगफल टाढिएको थियो । सम्झना खड्का ३ रनमा रन आउट भइन् । सुदुरपश्चिमका तीन ब्याटर रन आउट भएका थिए । एपिएफकी स्पिनर करुणा भण्डारीले ४ ओभरमा ११ रन खर्चेर ३ विकेट लिइन् । कप्तान सीता राना मगरको नाममा एक विकेट रह्यो ।

एपिएफले उपाधिको लागि आइतबार दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ । दोस्रो सेमिफाइनलमा आजनै लुम्बिनी र प्रदेश १ भिड्ने छन् ।

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

March 17, 2025

ललितको ६ विकेटमा पुलिसको लगातार पाँचौ जित

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]

March 17, 2025

पिएम कप – मधेशमाथि लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]

Success

Thank you for your time.