default_image

4 years ago

January 2, 2021

प्रदेश १ लाई सरप्राइज नजिता दिने सोचमा लुम्बिनी

92 views

0 Bookmark

दाङ (हाम्रो खेलकुद) – लमहीमा जारी सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो सेमिफाइनलमा प्रदेश १ र घरेलु टोली लुम्बिनी भिड्दै छन् । खेल दिउँसो १ बजेबाट देउखुरी क्रिकेट मैदानमा सुरु हुनेछ ।

समूह ‘ए’ लुम्बिनी प्रदेश उपविजेताको र समूह ‘बी’ बाट प्रदेश १ समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएका हुन् । प्रदेश १ अपराजित रहँदै सेमिफाइनलमा स्थान बनाएको हो । उपाधिको दाबेदार प्रदेश १ मा राष्ट्रिय खेलाडीको बाहुल्याता छ । कप्तान रुविना बेलबासे, रोमा थापा, अप्सरी बेगम, काजल श्रेष्ठ, सबनम राई र संगिता राई जस्ता नेपालबाट खेलेको खेलाडी हुँदा लुम्बिनीमाथि सहज जित निकाल्न चाहन्छ ।

सबै खेलाडी लयमा पनि देखिएका छन् । गण्डकीविरुद्ध रोमा र काजलले अर्धशतक प्रहार गरेका थिए । जसले यी दुबै खेलाडीको मनोबल उच्च छ । सबनम राईले ४ र संगिता राईले ५ विकेट लिएपछि गण्डकी ७ रनमै अल आउट भएको थियो । संगिताले पिचको फाइदा उठाउँदै उच्च प्रर्दशन गरि रहेकी छिन् ।

सबनमले पनि उत्कृष्ट प्रर्दशन गर्दै टोलीको जित सहज बनाउँदै आएकी छिन् । सबनमको स्विङ बल विपक्ष्य ब्याटरलाई बुझ्नै गाह्रो परि रहेको देखिन्छ । रुविना र सबनम प्रमुख हतियार हुन् । नेपालबाट यू१९ खेलेका युवा अलराउन्डर निग्मा तामाङ, बलर निसा तामाङ, लाखिता राजवंशी हुँदा टोली सन्तुलित पनि बनेको छ । प्रदेश १ सहज जित निकाल्दै फाइनलमा पुग्ने रणनीतिमा छ ।

यता लुम्बिनी पनि खेलमा प्रदेश १ लाई सरप्राइज नतिजा दिन चाहन्छ । घरेलु टोली लुम्बिनीकी कप्तान नेरी थापा, युवा तीव्र गतिकी सुमिस्ता भुषाल र स्पिनर कृतिका मरासिनीको प्रर्दशन टोलीलाई महत्वपूर्ण हुने छ । कागजी रुपमा कमजोर देखिएपनि मैदानमा लुम्बिनी उच्च प्रदशन गर्न चाहन्छ । लक्ष्मी चौधरी, सरस्वती पुन र नितु भण्डारीलाई शीर्षक्रममा उत्कृष्ट प्रर्दशन गर्न आवश्यक देखिन्छ ।

लुम्बिनीको तुलनात्मक रुपमा ब्याटिङ कमजोर छ । कप्तान नेरी थापालाई आफ्नो अनुभवको फाइदा उठाउँदै उत्कृष्ट प्रर्दशन गर्न आवश्यक देखिन्छ । पिच स्पिनर उपयोगी हुँदा कृतिका र नेरीको प्रर्दशन महत्वपूर्ण हुने छ ।

लुम्बिनीले पहिलो खेलमा प्रदेश २ र कर्णालीलाई ९–९ विकेटले पराजित गर्दा एपिएफसँग ६१ रनले पराजित हुन पुगेको थियो । प्रदेश १ ले बागमतीलाई ४६ रन, सुदूरपश्चिमलाई ५ विकेट र गण्डकीलाई १ सय ४० रनले हराएको थियो ।

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

March 17, 2025

ललितको ६ विकेटमा पुलिसको लगातार पाँचौ जित

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]

March 17, 2025

पिएम कप – मधेशमाथि लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]

Success

Thank you for your time.