default_image

4 years ago

January 2, 2021

सन्दीपले डेब्यू गर्ने बलियो सम्भावना

108 views

0 Bookmark

एजेन्सी – बिग ब्यास लिग २०२०/२१ अन्तर्गत २३ औं खेलमा आज होबार्ट हरिकेन्स र मेलबर्न स्टार्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार विहान ११ः५० मा हुनेछ ।

मेलबर्न ५ खेलमा समान २ मा जित र २ मा हार सहित पाँचौं स्थानमा छ । होबार्ट ६ खेलमा ४ मा जित र २ मा हार सहित तेस्रो स्थानमा छ । स्टार्सविरुद्ध नेपाली लेगस्पिनर सन्दीप लामिछानेले होबार्टका लागि डेब्यू गर्ने सम्भावना छ ।

सन्दीपले वेस्टइन्डिजका अलराउन्डर किमो पलको स्थान लिने सम्भावना छ । पलले होबार्टबाट सुरुवाती दुई खेलमा कमजोर प्रर्दशन गरेका छन् । पलले मेलबर्न रेनेगड्सविरुद्ध २ ओभरमा २७ रन खर्चिदा विकेट विहिन बनेका थिए । ब्रिस्बेन हीटविरुद्ध ८ रनमा आउट हुँदा बलिङमा ३ ओभरमा ४१ रन खर्चेर १ विकेट लिएका थिए ।

होबार्टमा डेविड मलान, डार्सी सर्ट, कोलिन इनग्राम, राइली मेरिडीथ र कप्तान पिटर ह्यान्डस्कोम्ब लगायतका खेलाडी छन् । उता स्टार्स सन्दीपको पूर्व टोली हो । बलियो स्टार्समा कप्तान ग्लेन म्याक्सवेल, निकोलस पुरन, आन्द्रे फ्लेचर र एडम जाम्पा लगायतका चर्चित खेलाडी छन् ।

यस अघि दुई सिजन स्टार्सबाट खेलेका सन्दीप यस पटक भने होबार्टबाट खेल्न थालेका हुन् । सन्दीपलाई स्टार्सका खेलाडीको कमजोरी राम्रोसँग थाहा छ । त्यसैले पनि सन्दीपलाई पहिलो रोजाईमा होबार्टले मैदान उतार्ने बलियो सम्भावना छ । सन्दीपले पनि आफ्नो अनुभवको फाइदा उठाउँदै उत्कृष्ट प्रर्दशन गर्न खोज्नेछन् ।

सन्दीप बिग ब्यास लिग खेल्न मंसिर ३० मा अष्ट्रेलियातर्फ लागेका थिए । १४ दिनको क्वारेनटाइनको बसाईपछि मैदानमा फर्किएका सन्दीप सन् २०२१ मा उत्कृष्ट सुरुवात गर्न चाहन्छन् ।

यता एक महिना अघि संयुक्त अरव इमिरेट्स (यूएइ) मा सम्पन्न इन्डिय प्रिमियर प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले सन्दीपलाई पुरै संस्करण बेन्चमा राखेर फर्काएको थियो । उत्कृष्ट प्रर्दशन गर्दै दिल्लीलाई बेन्चमा बस्ने स्तरको खेलाडी नभएको गतिलो जवाफ दिने अवसर सन्दीपलाई बिग ब्यासमा देखिन्छ ।

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

March 17, 2025

ललितको ६ विकेटमा पुलिसको लगातार पाँचौ जित

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]

March 17, 2025

पिएम कप – मधेशमाथि लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]

Success

Thank you for your time.