default_image

4 years ago

January 1, 2021

चितवन र मवकानपुर विजयी

74 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय पुरुष प्रतियोगिता अन्तर्गत बागमती प्रदेश छनोट दोस्रो दिन चितवन र मवकानपुर विजयी भएका छन् ।

मकवानपुरले चितवनलाई २ सय १३ रनको फराकिलो अन्तरले हराएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको मवकानपुरले निर्धारित ४० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६८ रन बनाएको थियो । गौरव खड्काले ७४ बलमा ५ चौका सहित सर्वाधिक ६० रनको योगदान दिए । विशाल फुर्याल ५४ र राम नरेश गिरीले ४४ रन बनाए । अभिराज यादव, सकर रावत, अनुप श्रेष्ठले २–२ विकेट लिए ।

जितका लागि २ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको नुवाकोट २१.५ ओभरमा ५५ रनमा अल आउट भयो । राजेश रिमाल १५ र प्रमोद रेग्मीले ११ रनको योगदान दिए । पियुश शर्मा र सुवरन भट्टले ३–३ विकेट लिए । राम नरेश गिरी र रिजन ढकालले २–२ विकेट लिए ।

अर्को खेलमा चितवनले ललितपुरमाथि १ विकेटको रोमान्चक जित हात पार्यो । टीयू मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको ललितपुरले ६ विकेट गुमाउँदै निर्धारित ४० ओभरमा १ सय ९६ रन बनायो । ललितपुरका विवेक रानामगरले ४५, विपिन आचार्य ३५, दुर्गेश थापा २२ र आदिल खान २१ रनमा आउट भए । चितवनका दिपेश श्रेष्ठले ३ विकेट लिए ।

जितका लागि १ सय ९७ रनको विजयी लक्ष्य पछ्याएको चितवनले ३७.४ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरे । चितवनको जितमा गौतम केसीले २६ बलमा ३ चौका र ६ छक्का सहित ५५ रनको योगदान दिए । प्रतिक श्रेष्ठ ५७, आकाश थापा ४० र सुजन चापागाईंले १२ रनको योगदान दिए । विपिन आचार्य र सुमित झाले ३–३ विकेट लिए ।

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

March 17, 2025

ललितको ६ विकेटमा पुलिसको लगातार पाँचौ जित

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]

March 17, 2025

पिएम कप – मधेशमाथि लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]

Success

Thank you for your time.