default_image

4 years ago

January 1, 2021

क्यानको बाध्यताले कर्णालीलाई जुरेको अवसर

79 views

0 Bookmark

भुपेन्द्र जिसी, दाङ

सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता अन्तर्गत समूह ए मा रहेको कर्णालीको प्रर्दशन निकै कमजोर रह्यो । सबै खेलमा फराकिलो हार बेहोरेको कर्णालीले तीन खेलमा कुल ८७ रन बनायो ।

स्कोरकार्ड हेर्ने हो भने कर्णालीको प्रदर्शन हेर्दा संकोच नमान्ने सायदै कोहि नहोला । तर कर्णालीको प्रदर्शन र उक्त प्रदर्शन गर्न पाएको अवसरको कथा बेग्लै छ । प्रतियोगिता सुरु हुनुभन्दा केहि दिन अघिसम्म क्रिकेट नै नखेलेका खेलाडी पनि मैदानमा उत्रेका थिए । कर्णालीको सहभागिताबारे अनिश्चितताका बीच अन्त्यमा क्यानले आफ्नो बाध्यताका कारण नै कर्णालीलाई प्रतियोगितामा सहभागी गराएको थियो ।

प्रतियोगिता सुरु हुन चार पाँच दिन अघि मात्र कर्णालीले खेल हुने पक्का भएको थाहा पाएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को नियम अनुसार आठ टोली राष्ट्रिय प्रतियोगितामा खेल्नै पर्ने भएपछि कर्णालीलाई सहभागी गराएको बुझिएको छ । त्यसैले पनि कमजोर कर्णालीका खेलाडी प्राविधिक पाटोमा कमजोर थिए, तर आत्मविश्वासले भरिएका खेलाडीले आफ्नो बलबुताले भ्याएसम्म प्रयास गरे ।

पहिलो खेलमा एपिएफसँग २ सय ४ रनको फराकिलो अन्तरले पराजित भयो । पुस ११ मा पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको एपिएफले कर्णालीविरुद्ध २० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ३५ रन बनयो । जवाफी उक्त लक्ष्य पछ्याएको कर्णाली १४.१ ओभरमा ३१ रनमा अल आउट भयो । कर्णालीको कमजोर प्रर्दशनको भन्दा उसले एपिएफविरुद्ध खचेर्को ६७ एस्क्ट्रा रनले नेपाली समर्थकमा बढी चर्चा पायो ।

धेरैले मजाकको रुपमा सामाजिक सञ्जालमा उडाए । तर कर्णालीको दुई दिनको अभ्यास र मागेर ल्याएको सामग्रीको भरमा राष्ट्रिय प्रतियोगिता खेल्न आएका कर्णालीको संघर्षभने कमैलाई थाहा छ । कर्णालीमा एपिएफविरुद्ध खर्चेको एक्स्ट्रा रनले स्तर र तयारी कस्तो छ सजिलै अनुमान गर्न सकिन्थ्यो । ४१ वाइड, १८ नो बल, ७ वाई र १ लेग वाईको फालेका थिए । खेलाडीमा सामान्य नियम पनि राम्रोसँग हेक्का थिएन ।

कर्णाली लुम्बिनीविरुद्ध ९ विकेट र प्रदेश २ सँग १ सय ४३ रनको फराकिलो अन्तरले पराजित हुँदै बाहिरियो । लुम्बिनीविरुद्ध केहि सुधारिएको प्रर्दशन गर्दा निर्धारित १३ ओभरमा ६ विकेट गुमाउँदै ३४ रन जोडेको थियो । प्रदेश २ विरुद्ध कर्णाली १ सय ६६ रनको विजयी लक्ष्य पछ्याउने क्रममा २० ओभर पुरै खेल्दै २२ रन जोडेका थियो ।

मैदानमा कर्णालीका एक दुई जना बाहेक अन्य भर्खर क्रिकेट सिक्दै गरेका जस्ता देखिन्थे । राष्ट्रिय खेलाडीको बाहुल्यता भएको टोलीविरुद्ध समूह ए मा परेको कर्णालीका खेलाडीले जुन प्रर्दशन गरे त्यसले तयारीले भने कमजोर भन्न मिल्दैन । बल थ्रो फाल्न मात्र होईन नियम पनि राम्रोसँग हेक्का थिएन । तर खेलाडीको साहस र खेल्ने रुचि भने उत्कृष्ट थियो ।

टोलीका खेलाडीले क्रिकेटको प्राविधिक ज्ञान कम भएपनि प्रतिस्पर्धा अन्तिम सम्म गर्नुपर्छ भन्ने भावना देखाएका थिए । फिल्डिङ, बलिङ र ब्याटिङ निकै कमजोर थियो । कर्णाली प्रर्दशन भन्दा पनि सहभागी जनाउन मात्रै आएको जस्तो देखिन्थ्यो । राष्ट्रिय प्रतियोगिता जुन तयारीका साथ आएको थियो त्यसले प्रादेशिक र जिल्ला संघ क्रिकेट विकाशमा कतिको जिम्मेवार अनुमान गर्न सकिन्छ ।

राष्ट्रिय प्रतियोगिताले कुनैपनि देशको भविष्य संकेत गर्दछ । युवा खेलाडीलाई राष्ट्रिय टोलीसम्म आउने सबैभन्दा ठूलो अवसर यहि नै हो । टोली बाहिर रहेका खेलाडीलाई पूनरागमन गर्ने असल माध्यम पनि राष्ट्रिय प्रतियोगितानै हो । त्यसैले हरेक खेलाडीले उत्कृष्ट प्रर्दशन गर्न चाहन्छन् । संघ पनि त्यति नै गम्भीर र जिम्मेवार बन्न आवश्यक पर्दछ ।

कर्णालीको प्रर्दशन कमजोर हुनुमा खेलाडीसँगै लुम्बिनी प्रदेश र नेपाल क्रिकेट संघ (क्यान) पनि त्यतिकै जिम्मेवार देखिन्छन् । राष्ट्रिय प्रतियोगिताको मुख्य उदेश्य नयाँ प्रतिभा पहिचान गर्नु हो । नयाँ युवा खेलाडीलाई मौका सिर्जना गर्नु हो । तर कर्णाली प्रतिभा भन्दा पनि सहभागी हुनका लागि आएको जस्तो देखिन्थ्यो । कर्णालीका खेलाडी दुई दिनको अभ्यासको भरमा राष्ट्रिय प्रतियोगिता खेल्न आएका थिए ।

अधिकांश खेलाडी मागेको सामग्री लिएर आएका थिए । कर्णालीका खेलाडीले नयाँ बलले अभ्यासनै गर्न पाएनन् । बल्लतल्ल १४ खेलाडी पुर्याए कर्णाली राष्ट्रिय प्रतियोगिता खेल्न आएको थियो । त्यहि कर्णालीले घरेलु प्रतियोगिताको सर्वाधिक बलियो टोली एपिएफविरुद्ध पहिलो खेल खेल्यो । प्रर्दशन स्तर र तयारी अनुसारकै आयो । यसमा कुनै आश्चर्य मान्नुपर्दैन ।

‘टोलीलाई कमजोर भन्न मिल्दै मिल्दैन । स्कोर हेरेर बोल्नेलाई थाहा हुँदैन । जसले मैदानमा आएर हेर्नु भएको छ उहाँले कमजोर भन्ने भन्नु भएको छैन । भर्खर १३–१४ वर्षका नानीहरुपनि छन् । स्कोरकार्ड हेर्दा नराम्रो लागेको होला । मेरै साथीभाईहरुले पनि स्कोरको स्क्रिनसर्टहरु हानेर पठाउनु भयो । तर उहाँहरुले मैदानमा आएर हेर्नु भएको छैन । खेलाडीहरुको पीडा र संघर्षको बारेमा थाहा पनि छैन’, कर्णालीका प्रशिक्षक रोशन शाहीले हाम्रो खेलकुदसँग भने ।

शाहीका अनुसार अधिकांश खेलाडी क्रिकेट खेल्न थालेको धेरै समय भएको छैन । ‘क्रिकेट सिकेको दुई हप्ता भएका खेलाडी सम्म हाम्रो टोलीमा छन् । यो भन्दा कस्तो प्रर्दशन गर्न सक्छन् ? दुई दिनको अभ्यासले केनै हुन्छ ? कसैले कसैलाई चिनेको छैन । एक्कासी मैदानमा आएर खेल्न गाह्रो छ । धेरै जना पहिलो पटक खेलेका छन्’, शाहीले भने ।

कर्णालीबाट यसअघि अन्शु शाक्य, दीक्षा पुरी, लक्ष्मी रिमाल, लक्ष्मी पुरी र दीपा रानाले खेलेका थिए । कर्णाली प्रदेश छनोटको कुरा छाडौ जिल्ला छनोट गर्नपनि कठिन छ । सुर्खेत जिल्लाका चार खेलाडी छन् । ‘अन्जु गुरुङले क्रिकेट सिकेको दुई हप्ता भएको छैन । अन्य खेलाडीलाई हामीले खोजेर लिएका हौं । उनीहरु खेल्ने थाहा पाएर सिधैं बोलाएर दुई दिन प्रशिक्षणको भरमा आएका हौं । बल्लतल्ल १४ जना खेलाडी बनाएर लिएका हौं । हाम्रो एउटा राम्रो मैदान छैन । भएको सामान्य मैदानमा ७० प्रतिशत ढुंगा छ । यहाँको आउटफिल्ड स्लो छ । अरु टोलीमा जस्तो हाम्रो खेलाडीमा प्राविधिक ज्ञान पनि थिएन’, शाहीले भने ।

‘म कुनै संघको मान्छे पनि होईन । म एउटा खेलाडीको रुपमा सहयोग गरिरहेको छु । खेलाडीले खेलाडीको मर्म बुझ्छ । आगमी दिनमा कर्णाली राम्रो हुन्छ । यो वर्ष सिकेर फर्किका छौं । अर्को वर्ष राम्रो बनेर आउने छौं । केहि वर्षमा राम्रा टोलीलाई हराउने छौं । प्रर्दशनबाट खेलाडी र म दुवै खुसी छौं,’ शाहीले थपे,’ खेलाडीसँग व्यक्तिगत किट, ब्याट, बल, देखि चाहिँने सामग्री छैन । भने यो भन्दा अरु दुःखको कुरा के हुन सक्छ ? तीन चार वटा प्याड छ । त्यहिँलेनै पालो गरेर चेन्ज गरि खेल्यौं ।’

‘एक दुई जना बहिनीसँग आफ्नो छ । हैन भने सबै मागेर लिएका हौं । एमएस क्रिकेट एकेडेमीबाट ठूलो सहयोग भयो । उक्त एकेडेमी नभएको भए सायद कर्णाली खेल्नै नआउन पनि सक्थ्यो । १५–२० दिन अघिनै बोलाएर अभ्यास गरौं भनेको थिए । तर मेरो कुरा कसैले सुन्दै सुनेनन्’, शाहीले भने ।

‘क्रिकेटमा नियम धेरै गाह्रो छन् । ब्याटले हानेपछि रन लिनुपर्छ भनेर दौडिएका पनि छैनन् । एलबिडब्लू हुँदा म बोल्ड र क्याच भएन कसरी आउट भएँ भन्ने खेलाडी पनि देख्यौं । अनि कसरी राम्रो प्रर्दशन हुन्छ ?,’ शाहीले थपे, ‘त्यो गल्ती संघको हो । संघले टोली पठाएर इज्जत बचाउन मात्र खोजेको हो । कर्णालीमा केहि यस्ता खेलाडी छन् जसले नेपालबाट प्रतिनिधित्व गर्ने सम्भावना देखाएका छन् । तर उनीहरुलाई स्तरिय प्रशिक्षणको आवश्यक पर्दछ ।’

यता सुर्खेत जिल्ला क्रिकेट संघका अध्यक्ष श्रीधर केसीले आफूले तयारी गर्ने समयनै नपाएको बताउँछन् । ‘हामीले पुष १ देखि ८ गतेसम्म अभ्यास गर्ने तयारी गरि रहेका थियौं । माथिबाट दुईवटा (महिला÷पुरुष) प्रतियोगिता सर्ने भन्ने खबर आयो । खेलाडीलाई बोलाएर खेल सर्यो भने के गर्ने डरले हामीले बोलाउन सकेनौं,’ अध्यक्ष केसीले हाम्रो खेलकुदसँग भने, ‘एकै पटक सन्जय गुरुङले पुस ६ गते खेल हुने भयो भनेपछि हामीले ७ गते नै गते खेलाडी बोलाएका थियौं हामीसँग खेलाडीलाई लामो समय राख्ने क्षमता पनि छैन । हाम्रो मुख्य उदेश्य प्रतिनिधित्व गर्नुमात्र थियो ।’

‘हामी कर्णालीको नाम मात्र रहोस् भनेर पठाएको छैन । अर्कोतर्फ खेलाडी पाउनैमा मुश्किल छ । खेलाडी पुस ७, ८ र ९ मा यहाँ बसेर गएका हुन् । एक्कासी मिति घोषणा गर्नु र खेलाडीको अभाव पनि दुई दिनको तयारी गर्नुको कारण हो’, केसीले थपे, ‘पुरुष भन्दा महिला क्रिकेटमा हाम्रो जिल्ला र प्रदेशमा हाम्रो राम्रो सम्भावना देखेका छौं । प्रत्येक स्कुलबाट ४–५ जना खेलाडी ल्याउने योजना छ । त्यसबाट पनि छनोट गरेर ३५ जना खेलाडीलाई अभ्यास गराउने भन्ने सोच बनाएका छौं, केसीले भने ।’

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का प्रमुख प्रशिक्षक जगट टमाटाले यस प्रतियोगितालाई निकै नजिकैबाट नियालीरहेका छन् । उनले कर्णालीले सहभागी जनाउनुै ठूलो कूरा भएको बताउँछन् । ‘जहाँ टिम थिएन । त्यहाँबाट टिम बनाए । कम उमेरका खेलाडी छन् । अनुभवको आवश्यक छ । त्यहाँको जिल्लाले खेल खेलाउन सकेमा राम्रो हुन्छ । उनीहरुमा देखिएको सबैभन्दा सकरात्मक कुरा एकदमै भित्रै देखि खेल्ने रहर र जोश छ । गाउँबाट आएको हुँदा अरुले भन्दा उनीहरुले राम्रो गर्न सक्छन्’, टमाटाले भने, ‘केहि यस्ता खेलाडी पनि छन् जसले नियमित खेली राखेभने नेपाली टोलीमा चाँडै प्रतिनिधित्व गर्ने सम्भावना पनि छ ।’

नेपालमा हुने अधिकांश प्रतियोगिता खेलाडीको स्तर वृद्धि गर्नभन्दा पनि प्रतियोगिता नाममा सिमित हुन्छन् । जुन टोली प्रतियोगिता खेल्ने हुन् उनीहरुको स्तर वृद्धि गर्नमा कमै लगानी र योजना गरेको पाइन्छ । यसबाट नेपाली क्रिकेटको दीर्घकालीन क्रिकेट विकाशको आशा भने गर्न सकिदैन । बजेट सक्न र देखाउन भन्दा पनि साँच्चै क्रिकेट विकासकै लागि प्रतियोगिता गर्न आवश्यक देखिन्छ ।

जब सम्म प्रदेशका टोलीले राष्ट्रिय प्रतियोगितामा विभागीय टोलीलाई बलियो चुनौती दिने हैसियतमा पुग्दैनन् तब सम्म नेपालले ठूलो फड्को मार्न सक्दैन । त्यसको लागि सामान्य संघले ग्रासरुटलाई विशेष प्राथमिकतामा राखेर अघि बढाउन आवश्यक देखिन्छ ।

ग्रासरुटको स्तर वृद्धि र बलियो नबनाए सम्म कर्णालीमात्र होइन अन्य प्रदेशको प्रर्दशन पनि भन्नै लाज लाग्ने खालको हुने गर्दछ । ग्रासरुट नेपालको कुन अवस्थामा छ यसै प्रतियोगितालाई हेरेर अनुमान गर्न सकिन्छ । यसमा क्यानको समयमै विशेष ध्यान जान आवश्यक छ ।

यो पनि :

कर्णालीबाट झन्डै २ साताअघि क्रिकेट सिकेर आएकी अन्जु गुरुङको कथा : अब त क्रिकेट नै खेल्ने हो, तर..

टिनएज नपुग्दै राष्ट्रिय क्रिकेटर बनेकी ज्योत्स्निका

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

September 19, 2024

झाले दिलाए ओमानी कप्तानको विकेट

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ । ओमानका कप्तान अकिब इल्यासलाई गुमाएको हो २५औं ओभरको तेस्रो बलमा इल्यास गुलसन झाको बलमा करण केसीबाट समातिएका हुन् । इल्यास ३३ बलमा २९ रन बनाउदै आउट भएका हुन् । त्यसअघि ओमानका ओपनर कश्यप प्रजापतीलाई आरिफ शेखले भाई आसिफ शेखको […]

Success

Thank you for your time.