default_image

4 years ago

January 1, 2021

सन्दीप स्टार्सविरुद्ध खेल्ने होबार्टको टोलीमा

93 views

0 Bookmark

एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछाने बिग ब्यास लिग २०२०/२१ अन्तर्गत होबाट हुरिकेन्सले शनिबार खेल्ने मेलबर्न स्टार्सविरुद्ध टोलीमा उपलब्ध हुने भएका छन् ।

होबार्टले स्टार्सविरुद्ध उपलब्ध भएका सुरुवाती १७ खेलाडीको नाम सार्वजनिक गरेको छ । सन्दीप गत मंसिर ३० बिग ब्यास खेल्न अष्ट्रेलियातर्फ लागेका थिए । अष्ट्रेलिया सरकारको नियम अनुसार १४ दिन अनिवार्य क्वारेन्टाइनलमा बस्नुपर्ने हुन्छ । जसको कारण १४ दिनको क्वारेन्टाइनको बसाईपछि सन्दीप टोलीमा उपलब्ध भएका हुन् । सन्दीप होबार्टसँगै अभ्यासमा जोडी सकेका छन् ।

यस सिजनमा सन्दीपले सुरुवाती ६ खेल गुमाएका छन् । होबार्ट ६ खेलमा ४ मा जित र २ मा हार सहित तेस्रो स्थानमा छ । यसअघि दुई संस्करण स्टार्सबाट खेलेका सन्दीपले यस पटक भने होबार्टबाट खल्ने छन् ।

होबार्टबाट सुरुवात भने स्टार्सविरुद्धनै गर्नेछन् । होबार्टमा सन्दीपले प्लेइङ मा स्थान बनाउने बलियो सम्भावना छ । सन्दीप, मिचेल ओवेन, चार्ली वाकिम र निक विन्टर होबार्टको टोलीमा डेब्यूको पर्खाईमा हुने छन् । उक्त १७ खेलाडीबाट होबार्टले खेलमा प्लेइङ ११ घोषणा गर्ने छ ।

होबार्टको स्टार्सविरुद्ध उपलब्ध १७ खेलाडी : सक्ट बोल्यान्ड, जोहन बथा, टिम डेविड, नथान इल्स, पिटर ह्यान्डस्कोम्ब, कोलिन इनग्राम, सन्दीप लामिछाने, डविड मलान, बेन मक्डरमट, राइली मेरेडिथ, डविड मुडे, मिचेल ओवेन, विल परकेर, डार्सी सर्ट, चार्ली वाकिम, निक विन्टर र म्याकलिस्टर राइट ।

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

March 17, 2025

ललितको ६ विकेटमा पुलिसको लगातार पाँचौ जित

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]

March 17, 2025

पिएम कप – मधेशमाथि लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]

Success

Thank you for your time.