default_image

4 years ago

December 31, 2020

आदिलको दोहोरो शतकमा ललितपुरको फराकिलो जित

88 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विकेटकिपर ब्याट्सम्यान आदिल खानको दोहोरो शतकको सहयोगमा काठमाडौंमा जारी प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत बागमती छनोटमा ललितपुरले त्रिभुवन विश्वविद्यालय (टियु) लाई २ सय ९१ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

जितका लागि ३ सय ७६ रनको विशाल लक्ष्य पछ्याएको टीयू २९.४ ओभरमा ८४ रनमा अल आउट भयो । टीयूका पृथु बास्कोटाले ४८ बलमा ४ चौका र ३ छक्का सहित सर्वाधिक ४३ रन बनाउन बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । सुमित झाले ६.४ ओभरमा २ मेडन सहित १४ रन खर्चेर ४ विकेट लिए । युनिस थापा र तिलक भण्डारीले २-२ विकेट लिए ।

त्यसअघि टीयुमा टस जितेर पहिला ब्याटिङ रोजेको ललितपुरले ४० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ७५ रन बनाएको थियो । ओपनर आदिल खानले १ सय २१ बलमा १६ चौका र १५ छक्का सहित २ सय १ रनको दोहोरो शतकीय इनिङ खेले ।

आदिलले शतक ८५ बलमा पूरा गरेका थिए । दोहोरो शतक १ सय २० बलमा पूरा गरेका थिए । आदिलले सुरुवाती ५० रन ४५ बलमा पूरा गरेका थिए । १ सय ५० रन आदिलले १ सय ४ बलमा पूरा गरेका थिए । आदिललाई अभय घर्तीमगरले क्याच आउट गराएका थिए ।

आशुतोष घिरायले ५८ बलमा १२ चौका र ३ छक्का सहित ८३ रन जोडे । पहिलो विकेटका लागि आशुतोष र आदिलले १८.३ ओभरमा १ सय ७४ रनको साझेदारी गरेका थिए ।

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

March 17, 2025

ललितको ६ विकेटमा पुलिसको लगातार पाँचौ जित

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]

March 17, 2025

पिएम कप – मधेशमाथि लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]

Success

Thank you for your time.