4 years ago
December 31, 2020
दाङ (हाम्रो खेलकुद) – लमहीमा जारी सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेटमा गण्डकी प्रदेश १ विरुद्ध ७ रनमा अल आउट भएको छ ।
गण्डकी प्रदेश १ सँग १ सय ४० रनको फराकिलो अन्तरले पराजित भएको थियो । योसँगै प्रदेश १ समूह बी बाट विजेताको रुपमा सेमिफाइनलमा पुगेको छ । जितका लागि १ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी ८ ओभरमा ७ अल आउट भएको थियो । गण्डकीका ९ खेलाडी शून्यमा आउट भए । कुसुम गोदर र सोनिया थापाले २–२ रन बनाए । अन्य कुनैपनि ब्याटरले रन बनाउन सकेनन् । गण्डकीले बनाएको ७ मध्य तीन वाइडको रुपमा थियो ।
पहिलो ओभरको दोस्रो बलमा ओपनर पुर्णता शाहीलाई सबनम राईले शून्यमा बोल्ड आउट गरिन् । पाँचौ बलमा प्रमिला बानिया शून्यमा बोल्ड आउट भइन् । अर्को बलमा सृष्टि पौडेललाई शून्यमै एलबिडब्लू आउट गरिन् । पहिलो ओभरमै कर्णाली २–३ को कमजोर अवस्थामा पुगेको थियो । जोडेको दुबै रन वाइडको रुपमा थियो ।
दोस्रो ओभरको दोस्रो बलमा संगिता राईले कप्तान शीला रेग्मी क्षेत्रीलाई शून्यमै बोल्ड आउट भइन् । पाँचौ बलमा एलिसा लामिछाने शून्यमा एलबिडब्लू आउट भइन् । तेस्रो ओभरको दोस्रो बलमा सबनमले सीमा केसीलाई बोल्ड आउट गर्दा गण्डकी २–६ को कमजोर अवस्थामा पुगेको थियो । शीर्षक्रमका कुनैपनि ब्याटरले रन जोड्न सकेनन् ।
चौथो ओभरको चौथो बलमा संगिताले सृष्टि पौडेललाई शून्यमै बोल्ड आउट गरेकी थिइन् । तल्लोक्रमका ब्याटर पनि शून्यमै आउट हुन पुगे । तीव्र गतिका बलर सबनम राईले ३ ओभरमा १ मेडन सहित ३ रन खर्चेर ४ विकेट लिइन् । स्पिनर संगिता राईले ४ ओभरमा २ मेडन सहित ३ रन खर्चेर ५ विकेट लिइन् । अप्सरी बेगमको नाममा १ विकेट रह्यो ।
त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला रोजेको प्रदेश १ ले निर्धारित २० ओभरमा १ विकेट गुमाउँदै १ सय ४७ रन बनाए । विकेटकिपर काजल श्रेष्ठ ५७ बलमा ४ चौका सहित ५२ रनमा अविजित रहिन् । काजलले अन्तिम ओभरको चौथो बलमा अन्जली विश्वकर्मालाई लङअफमा चौका प्रहार गर्दै ५६ बलमा अर्ध शतक पूरा गरेकी थिइन् ।
रोमा थापा ४९ बल खेल्दै ८ चौका सहित ५१ रनमा अविजित रहिन् । रोमाले ४६ बलमा अर्ध शतक प्रहार गरेकी थिइन् । १९ औं ओभरको तेस्रो बलमा कप्तान शीला रेग्मी क्षेत्रीलाई चौका प्रहार गर्दै यस प्रतियोगितामा आफ्नो पहिलो अर्धशतक पूरा गरेकी थिइन् ।
दोस्रो विकेटका लागि रोमा थापा र काजल श्रेष्ठले १ सय ११ रनको शतकीय साझेदारी गरेका थिए । जुन यस प्रतियोगिताको कुनैपनि विकेटलाई भएको सवार्धिक ठूलो साझेदारी पर्दछ । कप्तान रुविना बेलबासे क्षेत्रीलाई सातौं ओभरको चौथो बलमा कुसुम गोदरले कप्तान शीला रेग्मी क्षेत्रीबाट १५ रनमा क्याच आउट भइन् । रुविनाले १७ बलमा ३ चौका प्रहार गरिन् । गण्डकीले ७ बलर प्रयोग गरेको थियो ।
योसँगै समूह बी बाट प्रदेश १ समूह विजेता बनेको छ । शनिबार हुने सेमिफाइनलमा प्रदेश १ ले समूह ए को उपविजेता लुम्बिनीसँग खेल्ने छ । ३ खेलमा २ मा जित १ मा हार सहित समूह बी बाट उप विजेताको रुपमा सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले समूह ए को विजेता एपिएफसँग खेल्ने छ ।
यो पनि :
टियू मैदानमा आदिलको दोहोरो शतक
कविताले ह्याट्रिकसँगै पाँच विकेट लिँदा सुदूरपश्चिम सेमिफाइनलमा
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]