4 years ago
December 31, 2020
दाङ (हाम्रो खेलकुद) – स्पिनर कविता जोशीले ह्याट्रिक सहित घातक बलिङ गर्दै पाँच विकेट लिएसँगै बागमतीलाई हराउँदै सुदूरपश्चिम लमहीमा जारी सगमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगितामा समूह बी बाट सेमिफाइनलमा प्रवेश गरेको छ ।
सुदूरपश्चिमले आफ्नो समूह चरणको अन्तिम खेलमा बागमतीलाई २८ रनले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । जितका लागि ७७ रनको विजयी लक्ष्य पछ्याएको बागमती निर्धारित ११ ओभरमा ९ विकेट गुमाउँदै ४८ रन बनाए ।
बागमतीकी युवा अलराउन्डर सुमन खतिवडाले २८ बलमा ४ चौका सहित सर्वाधिक २७ रन जोडेपनि जिताउन सकिनन् । सुदूरपश्चिमलाई सेमिफाइनलमा पुर्याउन कविता जोशीले नवौं ओभरमा ह्याट्रिक सहित चार विकेट लिदै जित सहज बनाइन् । बागमतीका ७ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
कविता कुवँरले पहिलो ओभरको दोस्रो बलमै ओपनर कन्चन श्रेष्ठलाई शून्यमा बोल्ड आउट गरेकी थिइन् । पाँचौ ओभरको तेस्रो बलमा स्पिनर कविता जोशीको बलमा विन्दा कटवाल ७ रनमा विन्दु रावलबाट क्याच आउट हुन पुगिन् । छैटौं ओभरको चौथो बलमा ऋतु कनौजियाले हेलिसा गुरुङलाई शून्यमा बोल्ड आउट गरिन् ।
कविता जोशीको नवौं ओभरको दोस्रो बलमा ठूलो सट खेलेकी सुमन लङ अनमा कप्तान विन्दु रावलले क्याच लिएपछि बागमतीको जितको सम्भावना टाढिएको थियो । अर्को बलमा जोशीले अनिसा मजाकोटीलाई शून्यमा बोल्ट आउट गरिन् । चौथो बलमा क्यानुका बस्नेतलाई एलबिडब्लू आउट गर्दै ह्याट्रिक पूरा गरिन् ।
अन्तिम बलमा कविताले खुशी डंगोललाई एलबिडब्लू आउट गर्दै ब्यक्तिगत पाँच विकेट पूरा गरिन् । सुजिता थापा शून्य र आरती बिडारी ३ रनमा आउट भइन् । कविता जोशीले २ ओभरमा १० रन खर्चेर ५ विकेट लिइन् ।
त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित ११ ओभरमा ४ विकेट गुमाउँदै ७६ रन बनाए । सुदूरपश्चिमकी डली भट्ट १४ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक २८ रन अविजित रहिन् ।
डलीलाई ११ औं ओभरको पहिलो बलमा कप्तान अस्मिना कर्मचार्यल बोल्ड आउट गरेपनि नो बलका कारण जीवनदान पाएकी थिइन् । व्यक्तिगत १५ रनमा आउट भएर पेभिलिएन तर्फ फर्केकी डलीले त्यसपछि तेस्रो बलमा चौका र चौथो बलमा छक्का प्रहार गर्दै टोलीलाई बलियो योगफलमा पुर्याइन् ।
तेस्रो ओभरको चौथो बलमा स्पिनर निशा तामाङले ओपनर रेवती धामीलाई २ रनमा एलबिडब्लू आउट गर्दै पहिलो सफलता दिलाइन् । छैटौं ओभरको दोस्रो बलमा स्पिनर आरती बिडारीको बलमा ओपनर मन्जु बोगटी ५ रनमा एलबिडब्लू आउट हुन पुगिन् ।
लगत्तै अर्को बलमा कप्तान विन्दु रावल कट एण्ड बोल्ड भइन् आउट भएकी थिइन् । ह्याट्रिक बलको सामना गरेकी कविता जोशीले डीप मिडविकेटमा उत्कृष्ट छक्का प्रहार गरेकी थिइन् । आरतीलेनै नवौं ओभरको दोस्रो बलमा कवितालाई सुजिता थापाबाट १२ रनमा क्याच आउट गराइन् । जोशीले १२ बलमा १ छक्का प्रहार गरिन् ।
कविता कुवँर ३० बलमा १ चौका सहित १९ रनमा अविजित रहिन् । स्पिनर आरती विडारीले २ ओभरमा १३ रन खर्चेर ३ विकेट लिइन् । निसा तामाङले १ विकेट लिइन् ।
समूह ‘ए’ बाट एपिएफ विजेता र लुम्बिनी उप विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरि सकेका छन् । समूह ‘बी’ बाट प्रदेश १ र सुदूरपश्चिम सेमिफाइनलमा पुगेका छन् । प्रदेश १ ले दोस्रो खेलमा गण्डकीसँग खेल्दै छ । उक्त खेलमा प्रदेश १ विजयी भएमा सोझैं समूह विजेता बन्ने छ । पराजित भएमा नेटरनरेटमा निर्भर रहने छ । गण्डकी र बागमती भने बाहिरिएका छन् । सेमिफाइनल पुस १८ र फाइनल १९ मा हुने छ ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबका स्पिनर ललित नारायण राजवंशी लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदर्शन अब्बल रहँदै आएको छ। पुलिसले अहिले सम्म खेलेका सबै ६ खेलमा जित निकाल्न सफल रहँदा ललितको प्रदर्शन प्रमुख बनेको छ। उनको बलिङको जादु चलिरहेको छ। क्रिकेटमा ५ विकेट हलको महत्त्व विशेष मानिन्छ। लेफ्ट आर्म […]
March 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको इतिहासमा त्रिभुवन आर्मी क्लबविरुद्ध मधेश प्रदेशले पहिलो पटक जित हासिल गरेको छ । बुधवार भएको खेलमा मधेशले आर्मीलाई ३ विकेटले हराउँदै ऐतिहासिक जित हात पारेको हो । मधेशले आर्मीलाई समग्रमा दोस्रो पटक र पिएम कपमा पहिलो पटक हराएको हो । सन् २०२३ मा पोखरामा भएको […]
March 19, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) को आफ्नो पहिलो खेलमा नियमित कप्तान हार्दिक पाण्ड्याको अनुपस्थितीमा मुम्बई इन्डियन्सको कप्तानी सुर्यकुमार यादवले गर्ने भएका छन् । मुम्बईका मुख्य प्रशिक्षक महेला जयवर्धनेले बुधबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा सुर्यकुमारले पहिलो खेलमा कप्तानी गर्ने बताएका हुन् । नियमित कप्तान हार्दिक पाण्ड्यालाई सन् २०२४ को आइपिएलको अन्तिम खेलमा स्लो ओभर रेटका कारण […]