default_image

4 years ago

December 31, 2020

सुदूरपश्चिमले बागमतीविरुद्ध पहिला ब्याटिङ गर्ने

80 views

0 Bookmark

दाङ (हाम्रो खेलकुद) – लमहीमा जारी सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता अन्तर्गत समूह ‘बी’ को पहिलो खेलमा सुदूरपश्चिमले बागमतीविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

देउखुरी क्रिकेट मैदानमा सुदूरपश्चिमकी कप्तान विन्दु रावलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकी हुन् । हुस्सुका कारण निर्धारित समयमा सुरु हुन नसक्दा खेल ११-११ ओभरमा झारिएको छ ।

यस खेलको विजेता सेमिफाइनल पुग्ने छ । पहिलो खेलको नतिजा निकै महत्त्वपूर्ण छ । दुवै टोली अन्तिम खेलमा जितका साथ सेमिफाइनलमा स्थान बनाउन चाहन्छन् । बागमती पहिलो खेलमा प्रदेश १ सँग ४६ रनले पराजित भएको थियो । दोस्रो खेलमा गण्डकीलाई ६५ रनले हराउँदै अघिल्लो चरणको सम्भावना जीवितै राखेको छ ।

यता सुदूरपश्चिम पहिलो खेलमा गण्डकीलाई ५९ रनले हराएको थियो । दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश १ सँग ५ विकेटले पराजित हुन पर्यो । सुदूरपश्चिम दोस्रो खेलमा प्रदेश १ सँग पराजित भएपनि कडा चुनौती दिएको थियो । सुदूरपश्चिमले आज टोलीमा एक परिवर्तन गरेको छ । सम्झना खड्को ठाउँमा सुनिता लुहरलाई मौका दिएको छ । बागमतीले २ परिवर्तन् गरेको छ । रविना बिशुन्खे र अस्मिता खरेललाई बेन्चमा राखेको छ ।

सुदूरपश्चिमको प्लेइङ ११ ः विन्दु रावल (कप्तान), रुवि पोद्दर, ऋतु कनौजिया, मन्जु बोगटी, (विकेटपिकपर), डली भट्ट, लक्ष्मी साउँद, कविता कुवँर, सुनिता लुहर कविता जोशी, रेवती धामी, दीपा जोरा ।

बागमतीको प्लेइङ ११ ः अस्मिता खरेल, (कप्तान), सुमन खतिवडा, आरती बिडारी, कन्चन श्रेष्ठ, हेरिसा गुरुङ, सुजिता थापा, निशा तामाङ, खुसी डंगोल, एनिसा मजाकोटी, क्यानुका बस्नेत, विन्दा कटवाल ।

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

March 17, 2025

ललितको ६ विकेटमा पुलिसको लगातार पाँचौ जित

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]

March 17, 2025

पिएम कप – मधेशमाथि लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]

Success

Thank you for your time.