4 years ago
December 31, 2020
दाङ (हाम्रो खेलकुद) – युवा हिटर डली भट्ट चम्कँदा लमहीमा जारी सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता अन्तर्गत समूह बी को निर्णायक खेलमा सुदूरपश्चिमले बागमतीलाई ७७ रनको बलियो लक्ष्य दिएको छ ।
देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित ११ ओभरमा ४ विकेट गुमाउँदै ७६ रन जोडे । सुदूरपश्चिमकी डली भट्ट १४ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक २८ रन अविजित रहिन् ।
डलीलाई ११ औं ओभरको पहिलो बलमा कप्तान अस्मिना कर्मचार्यल बोल्ड आउट गरेपनि नो बलका कारण जीवनदान पाएकी थिइन् । व्यक्तिगत १५ रनमा आउट भएर पेभिलिएन तर्फ फर्केकी डलीले त्यसपछि तेस्रो बलमा चौका र चौथो बलमा छक्का प्रहार गर्दै टोलीलाई बलियो योगफलमा पुर्याइन् ।
तेस्रो ओभरको चौथो बलमा स्पिनर निशा तामाङले ओपनर रेवती धामीलाई २ रनमा एलबिडब्लू आउट गर्दै पहिलो सफलता दिलाइन् । छैटौं ओभरको दोस्रो बलमा स्पिनर आरती बिडारीको बलमा ओपनर मन्जु बोगटी ५ रनमा एलबिडब्लू आउट हुन पुगिन् ।
लगत्तै अर्को बलमा कप्तान विन्दु रावल कट एण्ड बोल्ड भइन् आउट भएकी थिइन् । ह्याट्रिक बलको सामना गरेकी कविता जोशीले डीप मिडविकेटमा उत्कृष्ट छक्का प्रहार गरेकी थिइन् । आरतीलेनै नवौं ओभरको दोस्रो बलमा कवितालाई सुजिता थापाबाट १२ रनमा क्याच आउट गराइन् । जोशीले १२ बलमा १ छक्का प्रहार गरिन् ।
कविता कुवँर ३० बलमा १ चौका सहित १९ रनमा अविजित रहिन् । स्पिनर आरती विडारीले २ ओभरमा १३ रन खर्चेर ३ विकेट लिइन् । निसा तामाङले १ विकेट लिइन् ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]