default_image

4 years ago

December 31, 2020

बागमती र सुदूरपश्चिमको ‘क्वाटरफाइनल’ खेल हुँदै

75 views

0 Bookmark

दाङ (हाम्रो खेलकुद) – लमहीमा जारी सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता अन्तर्गत समूह ‘बी’ का आज अन्तिम दुई खेल हुँदै छन् ।

आजको दुई खेलको नतिजाले सेमिफाइनल समिकरण पनि पूरा हुने छ । पहिलो खेलमा बागमती र सूदरपश्चिम खेल्ने छन् । दुबै टोली ‘गर वा मर’ को अवस्था छन् । यस अर्थमा उक्त खेललाई क्वाटरफाइनलको रुपमा पनि लिन सकिन्छ । जित निकाले सेमिफाइनल र पराजित भएमा बाहिरने स्पष्ट समिकरण छ । दोस्रो खेलमा प्रदेश १ र गण्डकीबीच प्रतिस्पर्धा हुने छ । खेल देउखुरी क्रिकेट मैदानमा हुने छन् ।

पहिलो खेलको नतिजा निकै महत्त्वपूर्ण छ । दुवै टोली अन्तिम खेलमा जितका साथ सेमिफाइनलमा स्थान बनाउन चाहन्छन् । बागमती पहिलो खेलमा प्रदेश १ सँग ४६ रनले पराजित भएकाे थियाे । दोस्रो खेलमा गण्डकीलाई ६५ रनले हराउँदै अघिल्लो चरणको सम्भावना जीवितै राखेको छ । यता सुदूरपश्चिम पहिलो खेलमा गण्डकीलाई ५९ रनले हराएको थियो । दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश १ सँग ५ विकेटले पराजित हुन पर्यो ।

सुदुरपश्चिम दोस्रो खेलमा प्रदेश १ सँग पराजित भएपनि कडा चुनौती दिएको थियो । सुदूरपश्चिमका खेलाडी जितका साथ सेमिफाइनलमा स्थान पक्का गर्न चाहन्छन् । सुदूरपश्चिम ब्याटरलाई भने जिम्मेवारी इनिङ खेल्न आवश्यक देखिन्छ । आक्रामक ब्याटर डली भटट्, कविता कुवँर, रेवती धामी, मञ्जु बोगटीलाई जिम्मेवारी उठाउन निकै महत्त्वपूर्ण देखिन्छ ।

बलिङमा कविता कुवँर प्रमुख हतियार हुन् । युवा मध्यगतीकी बलर दीपा जोरा पनि बागमतीलाई घातक बन्न सक्छिन् । यता बागमतीका ओपनर कन्चन श्रेष्ठ र विन्दा कटवालले राम्रो प्रर्दशन गरेका थिए । अलराउन्डर सुमन खतिवडा टोलीकी प्रमुख हतियार हुन् । बलिङमा कप्तान अस्मिना कर्मचार्य र सुमनको प्रर्दशन निकै महत्वपूर्ण हुने छ ।

दोस्रो खेलमा प्रदेश १ र गण्डकीबीच प्रतिस्पर्धा हुने छ । प्रदेश १ लाई समूह विजेता बन्न जित आवश्यक पर्दछ । गण्डकी अप्रत्यासित नतिजा निकाल्न चाहन्छ । गण्डकीको कप्तान शीला रेग्मी क्षेत्री र सृष्टि पौडेल प्रमुख हतियार हुन् । उनको प्रर्दशन टोलीलाई निकै महत्वपूर्ण हुने छ । स्पिनर एलिसा लामिछानेले पनि सुरुवाती दुई खेलमा राम्रो प्रर्दशन गरेकी छिन् ।

यता बलिङमा उत्कृष्ट प्रर्दशन गरेपनि उपाधिको दाबेदार प्रदेश १ ब्याटिङमा संघर्षरत देखिएको छ । कप्तान रुविना क्षेत्रीको प्रर्दशन टोलीको लागि निकै महत्वपूर्ण हुने छ । रोमा थापा र काजल श्रेष्ठलाई राम्रो प्रर्दशन गर्न आवश्यक देखिन्छ । बलिङमा सबनम राई र निग्मा तामाङ घातक बन्न सक्छन् ।

समूह ‘ए’ बाट एपिएफ विजेता र लुम्बिनी उप विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरि सकेका छन् । समूह ‘बी’ को विजेताले लुम्बिनी र उप विजेताले एपिएफसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छन् । सेमिफाइनल पुस १८ र फाइनल १९ मा हुने छ ।

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

March 17, 2025

ललितको ६ विकेटमा पुलिसको लगातार पाँचौ जित

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]

March 17, 2025

पिएम कप – मधेशमाथि लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]

Success

Thank you for your time.