default_image

4 years ago

December 30, 2020

वार्नर अष्ट्रेलियन क्रिकेट टोलीमा फर्किए

96 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियन क्रिकेट टोलीका ओपनर डेभिड वार्नरले भारतसँगको चार टेष्ट खेलको सिरिज अन्तर्गत बाँकी दुई खेल खेल्ने भएका छन् ।

क्रिकेट अष्ट्रेलियाले भारतसँगको बाँकी दुई टेष्टको लागि १८ सदस्यीय टोली सार्वजनिक गरेको छ । घोषित टोलीमा वार्नरसँगै अर्का युवा ओपनर विल पुकोवस्की र अलराउन्डर सन एबट टोलीमा फर्किएका छन् ।

वार्नर भारतविरुद्ध दोस्रो ओडिआईमा फिल्डिङ गर्नेक्रममा घाइते हुँदा टोली बाहिर रहँदै आएका थिए । वार्नरले त्यसयता भारतविरुद्ध अन्तिम ओडिआई, तीन टि ट्वान्टी आई र दुई टेष्ट खेल गुमाएका थिए ।

वार्नरको आगमनले अष्ट्रेलिया ओपनिङ बलियो बन्ने छ । युवा स्टार विल पुकोवस्की पनि भारत ए विरुद्ध खेल्नेक्रममा घाइते भएका थिए । पुकोवस्कीको टेष्टमा डेब्यूको सम्भावना छ ।

अष्ट्रेलिया र भारतबीचको चार टेष्ट सिरिजमा दुई खेल सकिँदा १–१ को अवस्थामा छ । पहिलो खेलमा भारत ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भारतले ८ विकेटले नै हराएको थियो ।

तेस्रो टेष्ट जनवरी ७ देखि सिड्नीमा सुरु हुने छ । वार्नरलाई फर्किदा सुरुवाती दुबै टेष्टमा कमजोर प्रर्दशन गरेका जो बन्र्सलाई टोली बाहिर राखेको छ । वार्नरको आगमनले अष्ट्रेलियाको ब्याटिङ थप मजबुत बन्ने आशा गरिएको छ ।

अष्ट्रेलिया ओपनिङ म्याथ्यु वेड र डेभिड वार्नरले गर्ने सम्भावना देखिन्छ । अष्ट्रेलियाले पुकोवस्की र वार्नरका साथ मैदान उत्रन पनि सक्छ ।

भारतविरुद्ध बाँकी दुई टेष्ट खेल्ने अष्ट्रेलियन टोली

टिम पेइन (कप्तान), सन एबट, प्याट कमिन्स, क्यामरन ग्रिन, मार्कस हरिस, जोश हेजलवुड, ट्रविस हेड, मोइजेस हेनरिक्स, मार्नस लाबुसेन, नाथन लायन, मिचेल नसीर, जेम्स प्याटिसन, विल पुकोवस्की, स्टिभ स्मिथ, मिचेल स्टार्क, मिचेल स्वीपसन, म्याथ्यु वेड र डेभिड वार्नर ।

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

March 17, 2025

ललितको ६ विकेटमा पुलिसको लगातार पाँचौ जित

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]

March 17, 2025

पिएम कप – मधेशमाथि लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]

Success

Thank you for your time.