4 years ago
December 30, 2020
एजेन्सी – अष्ट्रेलियामा जारी बिग ब्यास लिग २०२०/२१ को २० औं खेलमा होबार्ट हुरिकेन्सले ब्रिस्बेन हीटमाथि १ रनले रोमान्चक जित हात पारेको छ ।
बुधबार जितका लागि १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको हीटले २० ओभर पुरै खेल्दै ८ विकेटको क्षतिमा १ सय ४९ रन बनायो । हीटलाई अन्तिम ओभरमा जितको लागि ७ रन चाहिएको थियो । होबार्टका स्कर्ट बोल्यान्डले सुरुवाती पाँच बलमा पाँच रन दिएपछि खेल रोमान्चक बनेको थियो ।
अन्तिम बलमा जितको लागि २ रन चाहिएको अवस्थामा मार्क स्टिकेटिलाई कोलिन इनग्रामले रन आउट गरेपछि होबार्ट १ रनले विजयी हुन पुगेको थियो । हीटका जेम्श बजलेले तल्लोक्रममा ३१ बलमा ४ चौका र २ छक्का सहित ४९ रनमा अविजित रहेपनि जिताउन सकेनन् ।
म्याक्स ब्रायन्ट ३२, लुईस ग्रेगरी २९, जिमी पिरसन र मार्क स्टिकेरी १४–१४ रनमा आउट भए । होबार्टका राइली मेरेडिथले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । स्कट बोल्यान्ड २, किमो पल र नाथन इल्सले १–१ विकेट लिए ।
त्यसअघि गाब्बामा टस हारेर ब्याटिङ थालेको होबार्ट १९.४ ओभरमा १ सय ५० रनमा अल आउट भएको थियो । डेविड मलानले ३२ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ३९ रनको योगदान दिए । टिम डेभिड ३६, कोलिन इनग्राम २४ र पिटर ह्यान्डसकोम्बले १८ रनको योगदान दिए ।
हीटका स्पिनर मुजिब उर रहमानले ४ ओभरमा १५ रन खर्चेर ५ विकेट लिए । टोली पराजित भएपनि मुजिब ‘प्लेयर अफ द म्याच’ चुनिए । होबार्ट ६ खेलमा ४ मा जित र २ मा हार सहित १५ अंक जोड्दै तेस्रो स्थानमा छ । सन्दीप पनि होबार्टबाट बिग ब्यास लिग खेल्ने छन् ।
गत मंसिर ३० मा अष्ट्रेलियातर्फ लागेका सन्दीपको १४ दिनको क्वारेन्टनइ बसाइ आजबाट सकिएको छ । उनी भोलिबाट प्रशिक्षण गर्दैछन् । होबार्टले शनिबार मेलबर्न स्टार्ससँग खेल्ने छ । जुन खेलमा सन्दीप प्लेइङ ११ मा छनोटका लागि उपलब्ध हुने छन् ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]