default_image

4 years ago

December 30, 2020

सुमनको अलराउन्ड प्रर्दशनमा बागमती विजयी

135 views

0 Bookmark

दाङ (हाम्रो खेलकुद) – लमहीमा जारी प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगितामा बागमतीले गण्डकीलाई ६५ रनले पराजित गर्दै सेमिफाइनल पुग्ने सम्भावना जीवित राखेको छ ।

जितका लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएका गण्डकीले २० ओभरमा ५ विकेट गुमाउँदै ८८ रन बनाए । गण्डकी कप्तान शीला रेग्मी क्षेत्री ५० बलमा १ चौका सहित २६ रनमा स्टम्पिङ आउट हुन पुगिन् । सृष्टि पौडेल ४४ बलमा २ चौका सहित ३० रनमा क्याच आउट भइन् ।

चौथो ओभरको पहिलो बलमा सुमन खतिवडाले ओपनर पुर्णता शाहीलाई २ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएकी थिइन् । पाँचौं ओभरको पाँचौं बलमा प्रमिला बानियाँलाई कप्तान अस्मिना कर्मचार्यले २ रनमा बोल्ड आउट गरिन् ।

तेस्रो विकेटका लागि शीला र सृष्टिले ६० रनको साझेदारी गरेका थिए । निसा तामाङको १७ औं ओभरको पाँचौ बलमा ठूलो सट खेल्नेक्रममा सृष्टि विन्दा कटवालबाट क्याच आउट भएकी थिइन् । निसा तामाङ, आरती बिडारी, सुमन खतिवडा र अस्मिना कर्मचार्यले १–१ विकेट लिइन् ।

त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको बागमतीले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५३ रन बनाएका थिए । बागमतीकी ओपनर विन्दा कटवालले ५८ बलमा ३ चौका सहित सर्वाधिक ३८ रनको योगदान दिइन् । विन्दाको यो राष्ट्रिय प्रतियोगितामा डेब्यू खेल हो । युवा अलराउन्डर सुमन खतिवडाले २६ बलमा ४ चौका सहित ३१ रनको योगदान दिइन् ।

बागमतीले गण्डकीविरुद्ध ओपनिङ जोडीलाई परिवर्तन गर्दै अस्मिता खरेलको स्थानमा विन्दालाई ओपनिङ पठाएको थियो । ओपनर विन्दा र कन्चन श्रेष्ठले पहिलो विकेटका लागि १०।२ ओभरका लागि ७६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । अन्चन विन्दासँग राम्रो तालमेल गर्न नसक्दा २७ रनमा रन आउट हुन पुगेकी थिइन् । कन्चनले २९ बलमा १ चौका प्रहार गरिन् ।

१८ औं ओभरमा एलिसा लामिछानेले सुमन र विन्दालाई आउट गरेकी थिइन् । चौथो बलमा सुमन एलबिडब्लू आउट हुन पुगिन् । लगत्तै अर्को बलमा विन्दा अन्जली विश्वकर्माबाट क्याच आउट हुन पुगेकी थिइन् । आरती बिडारी ६ बलमा २ चौका सहित १० रनमा अविजित रहिन् । कप्तान अस्मिना कर्माचार्य ८ रनमा रन आउट भइन् । एलिसा लामिछानेले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिइन् । गण्डकीका अन्य ६ बलर भने विकेट बिहिन रहे ।

समूह बी मा सुरुवाती दुबै खेल जिते निकाल्दै ४ अंक जोडेको प्रदेश १ सेमिफाइनलमा पुगेको छ । सुरुवाती दुई खेलमा १-१ खेल जितेका सुदूरपश्चिम र बागमतीको २-२ अंक छ । सुरुवाती दुबै खेल हारेको गण्डकी सेमिफाइनल यात्राबाट बाहिरिएको छ ।

बिहिबार समूह बी का अन्तिम दुई खेलले समूह विजेता र उप विजेता निर्धारण गर्ने छ । पहिलो खेलमा हुने सुदूरपश्चिम र बागमतीबीच हुने खेलको विजेता सेमिफाइनमा पुग्ने छन् । दोस्रो खेलमा प्रदेश १ र गण्डकी खेल्ने छन् । समूह ए बाट एपिएफ विजेता र लुम्बिनी समूह उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरि सकेका छन् । सेमिफाइनल पुस १८ र फाइनल पुस १९ मा हुने छ ।

March 17, 2025

ललितको ६ विकेटमा पुलिसको लगातार पाँचौ जित

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]

March 17, 2025

पिएम कप – मधेशमाथि लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]

March 17, 2025

मधेशविरुद्ध लुम्बिनीको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]

Success

Thank you for your time.