4 years ago
December 30, 2020
दाङ (हाम्रो खेलकुद) – सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगितामा बागमतीले गण्डकी प्रदेशलाई १ सय ५४ रनको बलियो लक्ष्य दिएको छ ।
देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको बागमतीले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५३ रन बनायो । बागमतीकी ओपनर विन्दा कटवालले ५८ बलमा ३ चौका सहित सर्वाधिक ३८ रनको योगदान दिइन् । विन्दाको यो राष्ट्रिय प्रतियोगितामा डेब्यू खेल हो । युवा अलराउन्डर सुमन खतिवडाले २६ बलमा ४ चौका सहित ३१ रनको योगदान दिइन् ।
बागमतीले गण्डकीविरुद्ध ओपनिङ जोडीलाई परिवर्तन गर्दै अस्मिता खरेलको स्थानमा विन्दालाई ओपनिङ पठाएको थियो । ओपनर विन्दा र कन्चन श्रेष्ठले पहिलो विकेटका लागि १०.२ ओभरका लागि ७६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । अन्चन विन्दासँग राम्रो तालमेल गर्न नसक्दा २७ रनमा रन आउट हुन पुगेकी थिइन् । कन्चनले २९ बलमा १ चौका प्रहार गरिन् ।
१८ औं ओभरमा एलिसा लामिछानेले सुमन र विन्दालाई आउट गरेकी थिइन् । चौथो बलमा सुमन एलबिडब्लू आउट हुन पुगिन् । लगत्तै अर्को बलमा विन्दा अन्जली विश्वकर्माबाट क्याच आउट हुन पुगेकी थिइन् । आरती बिडारी ६ बलमा २ चौका सहित १० रनमा अविजित रहिन् । कप्तान अस्मिना कर्माचार्य ८ रनमा रन आउट भइन् ।
एलिसा लामिछानेले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिइन् । गण्डकीका अन्य ६ बलर भने विकेट बिहिन रहे ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेश मधयम योगफल तयार गरेको छ । रुपेन्देहीमा जारी खेलमा सुदूरपश्चिमविरुद्ध पुलिस १ सय ६० रनको योगफलमा समेटिएको हो । सिद्धार्थनगर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १ सय ६० रनको योगफलमा समेटिएको हो । पुलिसका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई जितका लागि सामान्य लक्ष्य दिएको छ । भैरहवामा जारी खेलमा एपिएफले आर्मीलाई जितका लागि १ सय ४२ रनको लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ ४२.३ ओभरमा १ सय ४१ रनमा अल आउट भयो […]