4 years ago
December 30, 2020
एजेन्सी – न्युजिल्यान्डले पाकिस्तानलाई पहिलो टेष्टमा १ सय १ रनले हराएको छ । जितका लागि ३ सय ७३ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तान दोस्रो इनिङमा १२३.३ ओभरमा २ सय ७१ रनमा अल आउट भएपछि न्युजिल्यान्डले फराकिलो जित हात पारेको हो ।
दोस्रो इनिङमा पाकिस्तानका फवाद आलमले २ सय ६९ बलमा १४ चौका सहित १ सय २ रनको योगदान दिए । मोहम्मद रिजवान ६०, अजहर अली ३८ र फहिम अशराफले १९ रन बनाउन बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । न्युजिल्यान्डका टिम साउथी, ट्रेन्ट बोल्ट, काइल जामिसन, निल वाग्रर र मिचेल सान्टनारले समान २ विकेट लिए ।
पहिलो इनिङमा १ सय ९२ रनको अग्रता लिएको न्युजिल्यान्डले दोस्रो इनिङमा १८०–५ को अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो । टम लाथम ५३ र टम ब्लेन्डलले ६४ रनको योगदान दिए । मोहम्मद अब्बासले २ विकेट लिएका थिए ।
तेस्रो दिन पाकिस्तान पहिलो इनिङमा १०२.२ ओभरमा २ सय ३९ रनमा अल आउट हुँदा खेल सकिएको थियो । एक समय ८०–६ को कमजोर अवस्थामा पुगेको पाकिस्तानका लागि तल्लोक्रममा तीब्र गतिका बलर फहिम असराफले १ सय ३४ बलमा १५ चौका र १ छक्का सहित ९१ रनको उत्कृष्ट इनिङ खेलेका थिए ।
असराफलाई काइल जामिसनले विकेटकिपर बिजे वाटलिङबाट क्याच गराउँदै शतक सम्म पुग्न दिएनन् । कप्तान मोहम्मद रिजवानले १ सय ४२ बलमा ८ चौका सहित ७१ रन बनाए । खराब प्रर्दशन गरेको पाकिस्तानलाई सातौं विकेटका लागि रिजवान र फहिमले १ सय ७ रनको महत्वपूर्ण साझेदारी गर्दै इनिङ उकासेका थिए ।
आविद अली २५ र शन मसुद १० रन बनाउन बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । न्युजिल्यान्डका काइल जामिसनले सर्वाधिक ३ विकेट लिए । निल वाग्रर, ट्रेन्ट बोल्ट र टिम साउथीले समान २ विकेट लिए ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ५ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]