4 years ago
December 30, 2020
दाङ (हाम्रो खेलकुद) – लमहीमा जारी सगरमाथा प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता अन्तर्गत समूह बी को तेस्रो खेलमा प्रदेश १ ले सुदूरपश्चिममाथि ५ विकेटले रोमाञ्चक जित हात पारेको छ । जितका लागि ५४ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश नम्बर १ ले १५.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
जितको लागि अन्तिम ओभरमा ४ रन चाहिएको थियो । युवा अलराउन्डर निग्मा तामाङले सम्झना खड्कालाई पहिलो बलमा डिप स्क्वायर लेगमा उत्कृष्ट चौका प्रहार गर्दै जित पक्का गरिन् । निग्मा ७ र संगिता २ रन बनाइन् ।
चौथो ओभरको दोस्रो बलमा युवा मध्यगतिकी बलर दीपा जोराले विकेटकिपर काजल श्रेष्ठलाई १ रनमा एलबिडब्लू आउट गर्दै पहिलो सफलता दिलाएकी थिइन् । लेग साइडमा सट खेल्नेक्रममा मिस भएपछि एलबिडब्लू आउटको शिकार बन्नु परेको थियो ।
अर्को बलमा कप्तान रुविना क्षेत्री कभरमा सट खेल्नेक्रममा प्वाइन्टमा कविता कुवँरले उत्कृष्ट क्याच लिएपछि खेल सुदूरपश्चिम दबाबमा परेको थियो । रुविनाले १२ बलमा १ छक्का सहित १२ रन बनाइन् । छैटौं ओभरको चौथो बलमा तालमेल नमिल्दा रोमा थापा ५ रनमा रन आउट हुन पुगिन् ।
कविता जोशीको दशौं ओभरको अन्तिम बलमा लाखिता राजवंशी अघि बढेर सट खेल्ने धुनमा मिस भएपछि विकेटकपिर मन्जु बोगटीबाट रन आउट हुँदा टोली ३९–४ को अवस्थामा पुगेको थियो । १३ औं ओभरको दोस्रो बलमा कविता कुवँरले अप्सरी बेगमलाई ९ रनमा बोल्ड आउट गरेपछि खेल रोमान्चक बन्न पुगेको थियो ।
कविता कुवँरले ४ ओभरमा १ मेडन सहित १२ रन खर्चेर १ विकेट लिइन् । मध्यगतिकी बलर दीपा जोराले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिइन् । स्पिनर कविता जोशीको नाममा १ विकेट रह्यो ।
त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित १६ ओभरमा ८ विकेट गमाउँदै ५३ रन बनाउँएका थिए । सुदूरपश्चिमकी कविता जोशीले १७ बलमा १ चौका सहित सर्वाधिक १४ रनमा अविजित रहिन् । लक्ष्मी साउँद १२ बलमा १ चौका सहित ९ रनमा अविजित रहिन् । अन्य ब्याटरले भने राम्रो प्रर्दशन गर्न सकेनन् ।
दोस्रो ओभरको तेस्रो बलमा कप्तान रुविना बेलबासे क्षेत्रीले ओपनर रुवि पोद्दरलाई २ रनमा बोल्ड आउट गर्दै टोलीलाई पहिलो सफलता दिलाएकी थिइन् । तेस्रो ओभरको ओभरको पहिलो बलमै प्रमुख ब्याटर कविता कुवँरलाई सबनम राईले शून्यमा एलबिडब्लू आउट गरिन् ।
पाँचौं ओभरको अन्तिम बलमा ओपनर रेवती धामी ८ रनमा रन आउट हुन पुगेकी थिइन् । स्पिनर संगिता राईले नवौं ओभरको दोस्रो बलमा विन्दु रावललाई २ रनमा बोल्ड आउट गरिन् । दुई बलपछि मन्जु बोगटी शून्यमा बोल्ड आउट हुँदा सुदूरपश्चिम ५–१९ को अवस्थामा पुगेको थियो । संगिताले अन्तिम बलमा ऋतु कनौजियालाई १ रनमा बोल्ड आउट गरिन् । सबनमले सम्झना खड्कालाई १ रनमा बोल्ड आउट गरिन् ।
निग्मा तामाङको १३ औं ओभरको दोस्रो बलमा आक्रामक ब्याटर डली भट्ट खराब सट खेल्दै कभरमा लाखिता राजवंशीबाट ५ रनमा क्याच आउट भएपछि सुदुरको राम्रो योगफलको झिनो आशा पनि टाढिएको थियो ।
स्पिनर संगिता राईले ४ ओभरमा १० रन खर्चेर प्रमुख ३ विकेट लिइन् । सबनम राईले ३ ओभरमा १४ रन खर्चेर २ विकेट लिइन् । रुविना र निग्माले एक एक विकेट लिइन् ।
विहीबार पहिलो खेलमा सुदूरपश्चिम र बागमती तथा दोस्रो खेलमा गण्डकी र प्रदेश १ भिड्ने छन् ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]