4 years ago
December 30, 2020
दाङ (हाम्रो खेलकुद) – स्पिनर संगिता राईको उत्कृष्ट प्रर्दशनको सहयोगमा लमहीमा जारी सगरमाथा प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता अन्तर्गत समूह बी को तेस्रो खेलमा सुदूरपश्चिम प्रदेश नम्बर १ लाई ५४ रनको सामान्य लक्ष्य दिएको छ ।
देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित १६ ओभरमा ८ विकेट गमाउँदै ५३ रन बनाउँन सके । सुदूरपश्चिमकी कविता जोशीले १७ बलमा १ चौका सहित सर्वाधिक १४ रनमा अविजित रहिन् । लक्ष्मी साउँद १२ बलमा १ चौका सहित ९ रनमा अविजित रहिन् । अन्य ब्याटरले भने राम्रो प्रर्दशन गर्न सकेनन् ।
दोस्रो ओभरको तेस्रो बलमा कप्तान रुविना बेलबासे क्षेत्रीले ओपनर रुवि पोद्दरलाई २ रनमा बोल्ड आउट गर्दै टोलीलाई पहिलो सफलता दिलाएकी थिइन् । तेस्रो ओभरको ओभरको पहिलो बलमै प्रमुख ब्याटर कविता कुवँरलाई सबनम राईले शून्यमा एलबिडब्लू आउट गरिन् ।
पाँचौं ओभरको अन्तिम बलमा ओपनर रेवती धामी ८ रनमा रन आउट हुन पुगेकी थिइन् । स्पिनर संगिता राईले नवौं ओभरको दोस्रो बलमा विन्दु रावललाई २ रनमा बोल्ड आउट गरिन् । दुई बलपछि मन्जु बोगटी शून्यमा बोल्ड आउट हुँदा सुदूरपश्चिम ५–१९ को अवस्थामा पुगेको थियो । संगिताले अन्तिम बलमा ऋतु कनौजियालाई १ रनमा बोल्ड आउट गरिन् । सबनमले सम्झना खड्कालाई १ रनमा बोल्ड आउट गरिन् ।
निग्मा तामाङको १३ औं ओभरको दोस्रो बलमा आक्रामक ब्याटर डली भट्ट खराब सट खेल्दै कभरमा लाखिता राजवंशीबाट ५ रनमा क्याच आउट भएपछि सुदुरको राम्रो योगफलको झिनो आशा पनि टाढिएको थियो ।
स्पिनर संगिता राईले ४ ओभरमा १० रन खर्चेर प्रमुख ३ विकेट लिइन् । सबनम राईले ३ ओभरमा १४ रन खर्चेर २ विकेट लिइन् । रुविना र निग्माले एक एक विकेट लिइन् ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ५ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]