default_image

4 years ago

December 30, 2020

टिनएज नपुग्दै राष्ट्रिय क्रिकेटर बनेकी ज्योत्स्निका

241 views

0 Bookmark

भुपेन्द्र जिसी, दाङ

स्याङ्जाकी ज्योत्स्निका मरासैनी बुधबारबाट १३ वर्ष लागिन् । टिनएज, अर्थात् १३ वर्ष नपुग्दै उनी राष्ट्रिय क्रिकेटर बन्न सफल भइन् आफ्नो १३ औं जन्मदिनको अघिल्लो दिन मंगलबार दाङको लमहीमा जारी प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशबाट सुदूरपश्चिमविरुद्ध खेल्दा उनको डेब्यू यादगार रहयो ।

ज्योत्स्निकालाई सुरुमा देख्दा कमैले मात्र उनी क्रिकेट खेल्न नै आएकी हुन् भन्ने विश्वास गरेका थिए । मंगलबार गण्डकी सुदूरपश्चिम प्रदेशविरुद्ध ५९ रनले पराजित हुन पुगेपनि तर १३ वर्षिय ज्योत्स्निकाको प्रर्दशन भने उत्कृष्ट रह्यो । उमेरले मात्र होइन, प्रतियोगितामा खेलिरहेका अन्य ठूला खेलाडीको तुलनामा पनि उनको प्रदर्शन तारिफयोग्य थियो ।

ज्योत्स्निकाले ३ ओभरमा १३ रन खर्चेर १ विकेट लिइन् । उनले सुदूरपश्चिमबाट प्लेयर अफ द म्याच चुनिएकी रेवती धामीलाई १४ औं ओभरको अन्तिम बलमा २७ रनमा विकेटकिपर सोनिया थापाबाट क्याच गराउँदै लिएकी थिइन् । मरासैनीको बलमा ठूलो सट खेल्नेक्रममा धामी एज लागेर क्याच आउट हुन पुगेकी थिइन् ।

मध्यगतिमा बलिङ गर्ने उनले मध्यक्रममा राम्रो ब्याटिङ गर्ने क्षमता देखाई सकेकी छिन् । १ सय ८ रनको विजयी पछ्याउने क्रममा उनी १५ औं ओभरमा ब्याटिङका लागि आएकी थिइन् । उनी १४ बलमा ६ रनमा अविजित रहिन् । जसक्रममा उनका राम्रा सटहरुको प्रयास गरेकी थिइन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका र डली बल भट्ट र कविता कुवँरको बल सजिलै सामना गर्दै रन जोडेकी थिइन् ।

ज्योत्स्निका यस प्रतियोगिताकै सर्वाधिक कान्छी खेलाडी पनि हुन् । स्याङ्जाबाट आएकी उनमा आत्माविश्वास परिपक्क खेलाडीको भन्दा कम छैन । ‘तीव्र गतिका बलर खेल्न राम्रोसँगनै जानेकी छु र सहज पनि लाग्छ । स्पिन बल चाहिँ खेल्न अलि गाह्रो हुन्छ’, पहिलो खेल सकिएर होटल गएपछि हाम्रो खेलकुदसँग कुरा गर्दै भनिन्, ‘मनमा हल्का डर थियो । ब्याटिङमा अन्तिम सम्म खेल्छु भन्ने सोचेर मैदान प्रवेश गरेकी थिए । खेलेपछि सबैले राम्रो खेल्यौं भन्नुभयो । र अझै मिहिनेत गर्नुपर्छ भन्नु भएको छ ।’

‘हामी जुन समूहमा परेका छौं ती सबै बलिया छन् । हामीले हाम्रो उत्कृष्ट प्रर्दशन भने गर्ने छौं’, उनले भनिन्, ‘नेटमा त राम्रो भएको थियो । अब मैदानमा पनि राम्रो नतिजा ल्याउने प्रयास गर्नेछौं ।’

स्याङ्जाको नारायणस्थानमा उनको बुबा दीपक शर्मा मरासैनी र आमा विद्यादेवी मरासैनीको कोखबाट पहिलो सन्तानको रुपमा जन्म २०६४ पुष १५ मा पहिलो सन्तानको रुपमा जन्म भएको थियो । उनको एक भाई छन् । बुबा आफू पढ्ने रोशनी बोर्डिङकै प्रधानाध्यापक र आमा स्कुलकै लेखामा रहेकोले खेल्न सहज भएको छ ।

ज्योत्स्निकाले क्रिकेट सिक्न लागेको पनि धेरै समय भएको छैन । गत वर्षबाट मात्रै क्रिकेट सिक्न थालेकी हुन् । स्याङ्जामा खेल्न थालेकी उनले खेलाडी बन्ने सपना देखिकी छिन् । उनले ड्युज बलले खेल्न थालेको भने ६ महिना मात्र भएको छ ।

ज्योत्स्निका हाल कक्षा ८ मा अध्ययनरत छिन् र समय आएपछि एकेडेमीबाट क्रिकेट सिक्ने आशा छ । उनले गत वर्ष स्याङ्जाबाट स्थानिय स्तरमा भएको गल्स सुपर सिक्स र मेयर कप खेलेकी थिइन् । यसभन्दा अघि उनले खेलेको त्यहिँनै ठूला प्रतियोगिता हुन् ।

ज्योत्स्निका नेपाली महिला क्रिकेटमा रुविना क्षेत्रीलाई राम्रोसँग चिन्छिन् । पूर्व कप्तान पारस खड्का उनलाई सबैभन्दा मनपर्ने खेलाडी हुन् । उनले गाउँमा मध्यक्रममा ब्याटिङ गर्ने बताउँछिन् । नेपाली क्रिकेटमा राम्रो खेलाडी बन्ने सपना देखेको देखि सकेकी छिन् ।

गण्डकीले खेलाडी छनोटको लागि पोखरामा कास्की र स्याङ्जाबीच दुई खेल खेलाएको थियो । स्याङ्जाको टोलीबाट उनी आएकी थिइन् । तर सरुमा उनलाई देख्दा गण्डकी प्रदेशका प्रशिक्षक गोविन्द प्रधानले पनि क्रिकेट खेल्न सक्लिन भनेर पत्याउन सकेका थिएनन् ।

‘उनी पोखरामा आउनु अघि मैले खासै नाम सुनेको पनि थिएन र देखेको पनि । कास्की र स्याङ्जाबीच खेल भएका थियौं । उनले बलिङ गरिन् । साह्रै सानी । बल पनि पुर्याउन सक्दिनन् जस्तो लागेको थियो । तर उनले जुन हिसाबले बल पुर्याएर एउटा लाइनपछि लाइनमा फालिरहिन् त्यसले उनी प्रतिभाशाली खेलाडी भएको बुझ्यौं । फिल्डिङ गर्नेक्रममा नआत्तिने, नडराउने र अनुभवी खेलाडीले जस्तो सामान्य तरिकाले लिइन्’, प्रशिक्षक गोविन्द प्रधानले पहिलो खेलपछि भने ।

‘बलिङपछि ब्याटिङ गर्न आइन् । सबै बल खेलिन् । आज त उनको स्तरको ब्याट भएन । त्यसैले एकदम गाह्रो भयो । उनको स्तरको ब्याट भएको भए अझ राम्रो गर्न सक्थिन् । डाइभहरु हान्छिन् । स्क्वायर कटहरु हान्ने क्षमता राख्छिन् । स्याङजामा उनलाई राम्रो प्रशिक्षण भएर नै उनको सुरुवात राम्रो भएको हो, ‘ प्रधानले भने, ‘राम्रो प्रशिक्षण पाउने हो भने धेरै माथी जानेछिन् । आगमी एक दुई वर्षमा उनको उमेर बढ्दै जादा अझ उत्कृष्ट प्रर्दशन गर्नेछिन् ।’

स्याङ्जाको सिकाइ

ज्योत्स्निकाको क्रिकेट यात्राको सुरुवात प्रतिभा पहिचान गर्ने श्रेय भने स्याङ्जा क्रिकेट क्लबलाई जान्छ । स्याङ्जा क्लब तथा जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर थापाले गत वर्ष स्थानीय क्रिकेटको विकासका लागि विद्यालय स्तरमा ट्यालेन्ट हन्ट गर्ने योजना अघि सारे । त्यसक्रममा स्याङ्जाका १३ विद्यालयमा निशुल्क प्रशिक्षण क्याम्पसहित ट्यालेन्ट हन्ट सम्पन्न भयो ।

दिवाकर आफैं पनि ज्योत्स्निकाको सुरुवाती प्रदर्शनले नै उनीबाट प्रभावित भएका थिए । ‘हामीले ट्यालेन्ट हन्टका क्रममा रोशनी स्कुलमा ज्योत्स्निकालाई भेटेका हौं । उनी निकै उत्साहका साथ सहभागी भएकी थिइन् र छोटो समयमा नै हामीले भनेको पछ्याउने । उनको सिक्ने चाहना पनि भएको र अभिभावकले पनि खेल्न प्रेरणा दिएपछि हामीलाई झनै सजिलो भयो,’ थापाले भने ।

आफैं पनि प्रदेश स्तरमा खेलिसकेका थापा पछिल्लो समय भने आफ्नो क्षेत्रको क्रिकेट सुधार गर्न पूर्ण रुपमा क्लब र संघमार्फत लागिपरेका छन् । मात्र २९ वर्ष भएपनि उनले क्रिकेट छोडेको ३ वर्ष पुगिसक्यो । ‘ हाम्रो क्षेत्रमा पनि प्रतिभा छन् । अब उनीहरुलाई कहाँ र कसरी अवसर दिन सकिन्छ भन्ने मेरो ध्यान हुनेछ । आफूले त खेलियो अब अरुलाई अझ माथि पुग्ने बाटो बनाउनुछ,’ थापाले भने ।

यसपटक प्रधानमन्त्री कप खेल्न स्याङ्जा जिल्लाका ७ खेलाडी गण्डकी प्रदेशको टोलीमा रहेका छन् । एभरग्रीन स्कुलकै ५ खेलाडी टोलीमा छन् । ‘हामीले ट्यालेन्ट हन्ट गर्दा विद्यालयमा खेलाडीलाई निशुल्क प्रशिक्षण दियौं । सम्भावना भएका खेलाडीलाई थप प्रशिक्षणका लागि क्लबमा बोलायौं । ज्योत्स्निकाले पछिल्लो एक वर्षमा राम्रो सुधार गरेकी छिन् । र आउने दिनमा उनले उमेर बढेसँगै अझ राम्रो प्रदर्शन गर्नेमा ढुक्क छु,’ थापाले भने ।

ज्योत्स्निका आफ्नो टोलीको पहिलो रोजाइमा खेलको स्तरले नै परेकी हुन् । दोस्रो दिन पनि उनले आफ्नो टोलीका लागि दोस्रो स्पेलमा बलिङ गरेकी थिइन् । लमहीको पिचमा नाम चलेका खेलाडीलाई पनि लाइन पकड्न कठिन हुँदा उनी आफ्नो गतिले नभ्याएपनि लाइन र लेन्थमा भने चुकिनन् । ३ ओभरमा १३ रन खर्चने क्रममा जम्मा १ वाइड फ्याँकेकी उनको बलमा मात्र एउटा चौका लाग्यो । टोलीमा सबैभन्दा कम इकोनोमी उनकै थियो ।

बागमतीसँग पराजित भएपछि गण्डकीको सेमिफाइनल पुग्ने सम्भावनामा पूर्णविराम लागेको छ । गण्डकीले लगभग सबै टिनएजमा रहेका खेलाडी जम्मा गरेर बनाएको टोली भएपनि विपक्षीलाई सहज रुपमा जित्ने अवसर भने दिएको छैन । दुवै खेलमा सम्हालिएको ब्याटिङ गरेको टोलीले बलिङमा पनि अनुशासन देखाएको छ । जित भन्दापनि अनुभव बटुलेका यी खेलाडीले आउने दिनमा क्रिकेटमै रहे पक्कै सकारात्मक नतिजा दिलाउनेछन् ।

बुधबार खेल सकिएपछि ज्योत्स्निकाको जन्मदिनको खुसी मनाउन टोलीका सदस्य मैदानमा नाचेका थिए । ज्योत्स्निका केहि लजाउँदै भाग्न खोजेपनि टोलीका सिनियर खेलाडीले उनलाई बिचमा राखेर नाच्न लगाए । उमेरले १३ वर्ष पुगेपनि मैदानमा भने उनले देखाएको खेल उमेर अनुसार निकै परिपक्व देखिएको थियो । जुन आँट र क्षमता उनले देखाएकी छिन्, त्यसले उनीबाट नेपाली क्रिकेटले भविष्यमा आशा गर्ने ठाउँ भने देखाएको छ ।

कर्णालीबाट झन्डै २ साताअघि क्रिकेट सिकेर आएकी अन्जु गुरुङको कथा : अब त क्रिकेट नै खेल्ने हो, तर..

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.