4 years ago
December 30, 2020
दाङ (हाम्रो खेलकुद) – लमहीमा जारी सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता अन्तर्गत समूह बी को पहिलो खेलमा आज सुदूरपश्चिम र प्रदेश नम्बर १ बीच प्रतिस्पर्धा हुँदै छ । खेल देउखुरी क्रिकेट मैदानमा ९ः३० बाट बजे सुरु हुने छ ।
सुदूरपश्चिम र प्रदेश १ यस प्रतियोगिताका उपाधिका दाबेदार टोली हुन् । पहिलो खेलमा सहज जित निकालेका दुबै टोली आजको खेलमा जित निकाल्दै सेमिफाइनलमा स्थान बलियो बनाउन चाहन्छन् । सुदूरपश्चिम विन्दु रावल र प्रदेश १ रुविना क्षेत्री बेलबासेको कप्तानीमा मैदान उत्रने छन् ।
दुवै टोलीमा नेपाली महिला क्रिकेट टोलीबाट खेली रहेका खेलाडीको बाहुल्यता छ । पहिलो खेलमा सुदूरपश्चिमले गण्डकीलाई ५९ रनले हराउँदै विजयी सुरुवात गरेको थियो । प्रदेश १ ले बागमतीलाई ४६ रनले हराउँदै विजयी सुरुवात गरेका थिए ।
पहिलो खेलमै कप्तान रुविनाले ५५ रनको उत्कृष्ट अर्धशतकीय इनिङ खेलेकी थिइन् । ब्याटिङमा प्रदेश १ को गहिराई छ । काजल श्रेठ, रोमा थापा, लाखिता, रुविना र अप्सरी बेगम लगायतका खेलाडी छन् । निग्मा तामाङ पहिलो खेलमा उत्कृष्ट प्रर्दशन गरेकी थिइन् । यस प्रतियोगिताकै प्रदेश १ उपाधिको प्रमुख दाबेदार टोली मानिन्छ ।
यता सुदूरपश्चिम पनि बलियो टोली छ । मन्जु बोगटी, रेवती धामी, कविता कुवँर, डली भट्ट, ऋतु कनोजिया जस्ता ब्याटर टोलीमा हुँदा बलियो छ । पहिलो खेलमा डली र कविता सस्तैमा आउट भएपनि आजको खेलमा उत्कृष्ट प्रर्दशन गर्ने आशा गरिएको छ । तल्लोक्रममा कविता जोशी, कप्तान विन्दु रावल, रुवि पोदार पनि ब्याटिङको क्षमता राख्ने गर्दछन् । बलिङतर्फ सुनिता लुहर, लक्ष्मी, कविता, डली लगायतका खेलाडी छन् । प्रतियोगितामा उपाधिको दाबेदार मानिएका यी दुई टोलीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
आज दोस्रो खेलमा गण्डकी र बागमती भिड्ने छन् । पहिलो खेलमा पराजित भएका यी दुबै टोली आजको खेलमा जित निकाल्दै सेमिफाइनको सम्भावना कायमै राख्न चाहन्छन् । दुबै टोलीे पहिलो खेलमा बलिङमा उत्कृष्ट प्रर्दशन गरेपनि ब्याटिङमा भने कमजोर प्रर्दशन गरेका थिए । ब्याटिङ दुबै टोलीलाई सुधार गर्न आवश्यक पर्दछ ।
बलिङमा एलिसा लामिछाने र सृष्टी पौडेलले ३–३ विकेट लिँदै उत्कृष्ट प्रर्दशन गरेका थिए । यी दुबै बलर दोस्रो खेलमा पनि घातक बन्न सक्छन् । ब्याटिङमा भने पूर्णता शाही, सृर्जना पौडेल, कप्तान शीला रेग्मी क्षेत्री, सृष्टी पौडेल लगायतका खेलाडीलाई उच्च प्रर्दशन गर्न आवश्यक देखिन्छ ।
यता बागमतीले पनि पहिलो खेलमा प्रदेश १ विरुद्ध राम्रो प्रर्दशन गरेको थियो । ब्याटिङमा बागमतीका ओपनर कञ्चन श्रेष्ठ, सुमन खतिवडा, अस्मिता खरेल लगायतका ब्याटरलाई उच्च प्रर्दशन गर्न आवश्यक देखिन्छ । बलिङमा कृष्मा गुरुङ, कप्तान अश्मिना कर्माचार्य, स्पिनर खुशी डंगोल, आरती बिडारी जस्ता खेलाडी छन् । पहिलो डेब्यू खेलमा निसा तामाङले पनि राम्रो प्रर्दशन गरेकी थिइन् ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]