default_image

4 years ago

December 29, 2020

क्रिकेट टोलीको जर्सी प्रायोजनको अधिकार एडप्याडलाई

74 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजनाको अधिकार विक्री भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले जर्सी प्रायोजनको अधिकार एएनएस ग्रुप अफ कम्पनी मातहत रहेको एडप्याड प्रालिलाई विक्री गरेको हो ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्द र एएनएसका अध्यक्ष सुदीप थापाले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार एडप्याडले राष्ट्रिय टोलीको जर्सीमा विज्ञापन खोज्ने र विक्री गर्ने अधिकार प्राप्त गरेको क्यानले जानकारी दिएको छ । लामो समययता राष्ट्रिय टोलीका प्रायोजक विहिन रहँदै आएको छ ।

सम्झौता १५ महिना रहने बताइएको छ । प्रायोजन रकमका बारेमा भने क्यानले सार्वजनिक गरेको छैन । एडप्याडसँग विज्ञापन क्षेत्रमा २५ वर्ष काम गरेको अनुभव रहेको बताइएको छ । एडप्याड मिडिया मार्केटिङ सम्बिन्धि काम गर्ने कम्पिनी हो ।

सम्झौता पछि क्यान अध्यक्ष चन्दले सम्झौता नेपाली क्रिकेटका लागि महत्वपूर्ण दिन भएको र यसले सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे । यसले आर्थिक रुपमा मात्र होइन क्रिकेटको लोकप्रियतालाई पनि सघाउ पुग्ने उनको विश्वास छ ।

सम्झौताको अवसर दिएको एएसएसका अध्यक्ष थापाले क्यानलाई धन्यवाद दिए । उनले व्यापारिक प्रयोजनका लागि नभई क्रिकेटको विकासमा साथ दिन सम्झौता गरिएको बताए ।

कोभिड १९ का कारण झन्डै ९ महिनादेखि नेपालले कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेट खेलेको छैन । विश्व कप लिग टु अन्तर्गत ओमान र अमेरिकाविरुद्ध मार्चमा दोस्रो त्रिकोणात्म श्रृखंला खेल्ने तयारीमा छ ।

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

March 17, 2025

ललितको ६ विकेटमा पुलिसको लगातार पाँचौ जित

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]

March 17, 2025

पिएम कप – मधेशमाथि लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]

Success

Thank you for your time.